शनिबार , भाद्र २७, २०८३

हलिउड चलचित्र ‘मिसन इम्पोसिबल : डेड रेकोनिङ’को टिजर सार्वजनिक

बहुप्रतिक्षित हलिउड चलचित्र ‘मिसन इम्पोसिबल : डेड रेकोनिङ’को आधिकारिक टिजर सार्वजनिक गरिएको छ

image

काठमाडौं । बहुप्रतिक्षित हलिउड चलचित्र ‘मिसन इम्पोसिबल : डेड रेकोनिङ’को आधिकारिक टिजर सार्वजनिक गरिएको छ । अभिनेता टम क्रुज मुख्य भूमिकामा रहेको चलचित्र मिसन इम्पोसिबल श्रृंखलाअन्तर्गत डेड रेकोनिङको पहिलो भागको टिजर सार्वजनिक गरिएको हो  ।

वितरण कम्पनी प्यारामाउन्ट पिक्चर्सले आफ्नो आधिकारिक युट्युब च्यानलबाट टिजर सार्वजनिक गरेको हो ।  चलचित्रमा टमले एक मिसन लिएर खटिएको इथान हन्ट नामक चरित्रको भूमिका निभाएका छन् ।

मिसन इम्पोसिबलको सात र आठ शृङ्खलाको छायांकन सकिएको छ । ‘मिसन इम्पोसिबल-७’ सन् २०२३ मा प्रदर्शनमा ल्याउने तयारी रहेको छ । नेपालमा टम क्रुजका चलचित्रले राम्रो कमाइ गर्ने गरेका छन् ।

भिडियो

सम्बन्धित समाचार