बिहिबार , बैसाख २४, २०८३

भारतले चिनी निर्यातमा गर्यो प्रतिबन्ध

केही दिनअघि गहुँ निर्यातमा प्रतिबन्ध लगाएको भारतले चिनी निर्यातमा पनि प्रतिबन्ध लगाएको हो ।

image

काठमाडौं । भारतले चिनीको निर्यातमा प्रतिबन्ध लगाएको छ । आगामी जुन १ बाट लागू हुनेगरी भारतले चिनी निर्यातमा रोक लगाएको हो ।

घरेलु मागलाई सम्बोधन गर्न भन्दै यस्तो प्रतिबन्ध लगाएको भए पनि चिनी उत्पादनको सिजनमा भने एक करोड मेट्रिक टनसम्म चिनी निर्यात नरोकिने बताइएको छ ।

सन् २०२१ अक्टोबरदेखि सन् २०२२ सेप्टेम्बरसम्म भने यो परिमाणमा निर्यात गर्न सकिने भारतीय सञ्चार माध्यमहरूमा उल्लेख छ ।

भारतले चिनी निर्यातमा लगाएको रोकले नेपालमा केही प्रभाव पर्ने देखिन्छ । हाल नेपालमा औद्योगिक र उपभोग प्रयोजनको लागि वार्षिक करिब दुई लाख ५० हजार मेट्रिक टन चिनी खपत भइरहेको छ। यसमध्ये करिब एक लाख ३० हजार स्वदेशी उत्पादनले धानिरहेको छ । बाँकी विभिन्न मुलुकबाट आयात गरिन्छ ।

भारतबाट मात्रै चालु आवको १० महिनामा ८९ हजार मेट्रिक टन चिनी आयात भएको थियो। कुल चार अर्ब ७० करोड बराबरको चिनी आयात भएको हो ।

भारतले सूर्यमुखी र भटमासको कच्चा तेल आयातमा भने भन्सार छुटको घोषणा गरेको छ । दुई आर्थिक वर्षसम्मको लागि २० लाख मेट्रिक टन बराबरको सूर्यमुखी र भटमासको कच्चा तेल आयातमा भन्सार नलाग्ने घोषणा गरेको हो ।

केही दिनअघि गहुँ निर्यातमा प्रतिबन्ध लगाएको भारतले चिनी निर्यातमा पनि प्रतिबन्ध लगाएको हो ।

सम्बन्धित समाचार