बिहिबार , बैसाख २४, २०८३

याैनकर्मीलाई दु:ख नदिन भारतकाे सर्वाेच्च अदालतकाे आदेश

image

काठमाडौं । भारतको सर्वोच्च अदालतले यौनकर्मीको कामलाई वैधानिकता दिएको छ । सर्वोच्चले सबै राज्य र केन्द्र शासित राज्यका प्रहरीलाई यौनकर्मीको काममा हस्तक्षेप नगर्न आदेश दिएको हो ।

बालिग भएका र सहमतिमा यौन व्यवसाय गर्ने महिलामाथि अपराधिक कारबाही गर्न नहुने अदालतको ठहर छ ।

यौनकर्मीमाथि प्रहरीबाट हुने ज्यादतीलाई लिएर दायर भएको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले उक्त आदेश दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यौन व्यवसाय गर्नेहरु पनि सम्मान र समान सुरक्षाको हकदार भएको अदालतको ठहर छ ।

‘यस देशका हरेक नागरिकलाई संविधानको अनुच्छेद २१ अनुसार सम्मानजनक जीवन बाँच्ने अधिकार छ । यौनकर्मीलाई गिरफ्तार गरी दुःख दिने काम नगर्नू । आफ्नो इच्छामा यौनकर्मी बन्नु अवैध होइन, केवल वेश्यालय चलाउनु गैरकानुनी हो,’ सर्वोच्चले भनेको छ ।

सम्बन्धित समाचार