बिहिबार , बैसाख २४, २०८३

फिफा विश्वकप कतारको पोस्टर सार्वजनिक

image

एजेन्सी । एसियाली राष्ट्र कतारमा यसै वर्षको अन्त्यतिर आयोजना हुने फिफा विश्वकप कतार २०२२ को आधिकारिक पोस्टर सार्वजनिक भएको छ ।

फिफाले बुधबार राति कतारको दोहास्थित हमाद अन्तराष्ट्रिय विमानस्थलमा एक कार्यक्रमकाबीच विश्वकपको पोस्टर सार्वजनिक गरेको हो । पोस्टरको अनावरण कतारी आर्टिस्ट बुथायना अल मुफ्ताहले गरेकी हुन् । उनले नै पोस्टर डिजाइन गरेकी हुन् ।

मुख्य पोस्टरमा परम्परागत अरबी हेडवेयर हावामा फ्याकिएको देखाइएको छ । यो उत्सव र फुटबलको प्रतिक हो । त्यहाँ सात समर्थन पोस्टर पनि छन् । तिनीहरुले फुटबलको विश्वव्यापी खेलको लागि अबर संसारको जोश देखाउँछन् । विश्वकप इतिहासमा पहिलोपटक अरब क्षेत्रमा आयोजना हुँदैछ ।

‘मेरो मुख्य प्रेरणा सामुहिक सम्झनाको अवधारणा थियो ।’ अल मुफ्ताहले भने, मेरो धेरै जसो काम विगतका अनुभवहरु, सम्झनाहरु, तिनीहरुलाई वर्तमानसँग जोड्ने र समसामयिक रुपमा अभिलेखमा केन्द्रित हुन्छ । म यो पोस्टहरुले यो विषयवस्तुलाई पछ्याएर कतारको फुटबल संस्कृतिको कथा सुनाउन चहान्छु ।’

फिफाको मार्केटिङ निर्देशक जिन फ्रान्कोइस पाथीले कतार २०२२ को लागि आधिकारिक पोस्टर कतारको कलात्मक र फुटबल सम्पदाको वातावरणीय प्रतिविम्व रहेको बताएका छन् ।

‘कतारको फुटबलप्रतिको लगावलाई चित्रण गर्ने र त्यस्ता प्रतिभाशाली महिला स्थानिय कलाकारलाई विश्वव्यापी रुपमा प्रकाश पार्ने पोस्टरहरुको यो सुन्दर श्रृंखलामा हामी गर्व गर्छौं ।’ यि आश्चर्यजनक पोस्टरहरुले हाम्रो फुटबल प्रेम रमध्य पुर्व र अरब संसारमा पहिलो फिफा विश्वकप आयोजना गर्न पाउँदाको उत्साहको प्रतिक हो ।’ डेलिभरी र लिगेसीका सर्वोच्च समितिका उपमहानिर्देशक खालिद खल मालावीले भने ।

नोभेम्वर २१ बाट कतारमा शुरु हुने विश्वकप आठ शहरमा आयोजना हुँदैछ । फाइनल १८ डिसेम्वरमा हुनेछ । एसियामा विश्वकप आयोजना हुन लागेको यो दोस्रोपटक हो । यसअघि सन् २००२ मा जापान र कोरियामा संयुक्त रुपमा आयोजना भएको थियो ।

विश्वकपमा सहभागी हुने सबै ३२ राष्ट्रको टुंगो लागिसकेको छ । समूह विभाजन र खेल तालिका पनि सार्वजनिक भइसकेको छ ।

सम्बन्धित समाचार