शनिबार , भाद्र २७, २०८३

अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ २०२३) को छैटौँ संस्करणका लागि आवेदन खुला

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ २०२३) को छैटौँ संस्करणका लागि आवेदन खुला भएको छ ।

image

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ २०२३) को छैटौँ संस्करणका लागि आवेदन खुला भएको छ । एक विज्ञप्ति निकाल्दै यो कुराको जानकारी दिइएको हो । कथाहरूको उत्सव भन्ने नारासहित विगत ६ वर्षदेखि नियमित आयोजना भइरहेको निफमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा, छोटा चलचित्र, डकुमेन्ट्री तथा सर्ट एनिमेटेड चलचित्रको ७ वटा विधामा आवेदन दिन सकिने विज्ञप्तिमा जनाइएको छ ।

राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्ट फिल्म, डकुमेन्ट्री फिल्म र फिचर फिल्मको आवेदन भर्न सकिने पनि विज्ञप्तिमा जनाइएको छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको लागि शुल्क लाग्नेछ भने राष्ट्रिय प्रतिस्पर्धाको लागि निःशुल्क आवेदन दिन सकिनेछ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आवेदन अनलाइन प्ल्याटफर्म www.filmfreeway.com/niff2023 मार्फत पुस १० (डिसेम्बर२५) सम्म दिन पाइनेछ । छैटौँ निफ २०२३ आगामी चैत २ गतेदेखि ६ गतेसम्म काठमाडौंमा आयोजना हुनेछ ।

सम्बन्धित समाचार