शनिबार , भाद्र २७, २०८३

असार ७ गतेबाट नाटक ‘ऐया ! माया’ मञ्चन हुने

असार ७ गतेबाट नाटक ‘ऐया ! माया’ मञ्चन हुने भएको छ ।

image

काठमाडौं । असार ७ गतेबाट नाटक ‘ऐया ! माया’ मञ्चन हुने भएको छ । काठमाडौंको टेकुस्थित कौसी थिएटरमा नाटक असार ३२ गतेसम्म मञ्चन हुनेछ । च्यातिएको पर्दा, आन्दोलन र ‘पाँच’ नाटक निर्देशन गरिसकेका सुदाम सीकेको निर्देशन रहेको नाटकमा काश नेपाली, आयान खड्का, पवित्र राई, सरिता कठायत, शिशिर सिवाकोटी र मुक्तिको अभिनय रहनेछ ।

कथा घेराको प्रस्तुति रहेको नाटकमा शिवराज जोशी र शर्मिला गुरुङको संगीत रहनेछ । नाटकमार्फत हामीले बिर्सिरहेका कुराहरू सम्झाउन खोजिएको बताइएको छ ।नाटक सोमबार र मंगलबार बाहेक हरेक दिन साँझ साढे ५ बजे र शनिबार अतिरिक्त सो दिउसो २ बजे मञ्चन हुनेछ । करिब दुई महिना रिहर्सल भएपछि नाटक तयार भएको हो ।

 

 

Tags:

सम्बन्धित समाचार