शनिबार , भाद्र २७, २०८३

चलचित्र ‘महापुरुष’को छायांकन थालियो, मह जोडी मुख्य भूमिकामा 

नयाँ नेपाली चलचित्र 'महापुरुष'को छायांकन आजबाट थालिएको छ

image

काठमाडौं । नयाँ नेपाली चलचित्र ‘महापुरुष’को छायांकन आजबाट थालिएको छ । चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल र अरुण क्षेत्री आदि कलाकारहरू मुख्य भूमिकामा देखिनेछन् ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्रका निर्माता दीपेश खत्री रहेका छन् भने कार्यकारी निर्माता रवीन्द्र सिंह रहेका छन् । चलचित्रको अधिकतम छायांकन काठमाडौंमा हुने बताइएको छ ।

Tags:

सम्बन्धित समाचार