सोमबार , बैसाख १७, २०८१

युरोपेली संसदको टोली आज नेपाल आउँदै

image

एजेन्सी । युरोपेली संसदीय प्रतिनिधिमण्डल आज नेपाल भ्रमणमा आउने भएको छ । उक्त टोलीको नेतृत्व इभलिन रेग्नरले गर्नेछिन् । उनी युरोपेली संसदकी उपाध्यक्ष हुन् ।

भ्रमण टोलीमा इभलिनसँगै उलरिक मुलर, टमस ज्डेचोभ्स्की र म्याक्सिमिलियन क्र रहनेछन् । युरोपेली प्रतिनिधिमण्डलको कार्यालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै उनीहरू नेपाल आउने जानकारी दिएको हो ।

नयाँ संविधान जारी भएपछि संघीय लोकतान्त्रिक प्रणाली कार्यान्वयनमा भइरहेका कामबारे जानकारी लिन युरोपेली संसदीय प्रतिनिधिमण्डल आउन लागेको जनाइएको छ ।

युरोपेली प्रतिनिधिमण्डलले नेपालमा प्रमुख राजनीतिक दलका नेता, संघीय सरकारका मन्त्रीहरू, नागरिक समाजका प्रतिनिधि, महिला नेतृ तथा पत्रकारसँग अन्तर्क्रिया गर्ने जनाइएको छ ।

Tags:

सम्बन्धित समाचार