बुधबार , अषोज ७, २०८३

बाहिरियो मनसुन, खुल्यो मौसम

सरदरमा अक्टोबर २ का दिन नेपालबाट बाहिरिने मनसुन, यस वर्ष औसत मितिभन्दा केही दिन ढिलो गरी बहिर्गमन हुन सुरू भएको छ ।

image

काठमाडौं । नेपालका ६ वटा प्रदेशबाट मनसुन बाहिरिएको छ । मौसम पूर्वानुमान महाशाखाल शनिबार विशेष बुलेटिन जारी गर्दै गत जेठ २२ गते नेपाल पसेको मनसुन सुदूरपश्चिमबाट बाहिरिँदै गएको जानकारी दिएको छ ।

आज शनिबारबाट नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र मधेश प्रदेशको पश्चिमी भू-भागबाट बाहिरिएको छ । नेपालको बाँकी भू-भागबाट मनसुन बहिर्गमन हुन अझै केही दिन लाग्ने सम्भावना रहेको छ,’ बुलेटिनमा भनिएको छ ।

सरदरमा अक्टोबर २ का दिन नेपालबाट बाहिरिने मनसुन, यस वर्ष औसत मितिभन्दा केही दिन ढिलो गरी बहिर्गमन हुन सुरू भएको छ ।

सम्बन्धित समाचार