मंगलबार , साउन ८, २०८१

भिटाेफ नेपालकाे अगुवाइमा बाग्लुङकाे पर्यटकीय अध्ययन तथा अवलोकन भ्रमण सम्पन्न

image

काठमाडौँ । गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल ( भिटोफ-नेपाल) को अगुवाइमा बागलुङको पर्यटकीय अध्ययन तथा अवलोकन भ्रमण सम्पन्न भएको छ ।

पाैष ११ बाट सुरु भएको कार्यक्रम पुष १५ मा समापन भएको हाे । मञ्चका अध्यक्ष गोपाल थापाको नेतृत्त्वमा भएको अबलोकन भ्रमण टोली बाग्लुङ कालिका मन्दिर, पञ्चकोट, सालग्राम संग्रहालय, रामकोट त्रिपुरेश्वर मन्दिर, गल्कोट, बुर्तिबाङ, ढोरपाटन, जलजला एवम् गर्पे देउराली, दहखर्क र फुस्रे देउरालीसम्म पुगेको थियो ।

टोलीमा प्रा. डा. प्रेम शर्मा, पर्यटन अभियन्ता एवम् यात्राका संयोजक अग्निधर कँडेल, पर्यटन व्यवसायी एवम् भिटोफका पूर्व अध्यक्ष बोधराज भण्डारी, गोरखापत्रका सह-सम्पादक केपी गौतम, सामाजिक अभियन्ता उत्तम आचार्य, छवीलाल श्रेष्ठ, पोखरा महानगरपालिका- २१ का पूर्व अध्यक्ष एवम् पर्यटनकर्मी खगराज आचार्य, नियात्राकार राजेन्द्रमान डङ्गोल लगायत सहभागिता थियो ।

सो यात्राको व्यवस्थापन ढोरपाटन पर्यटन विकास संस्था तथा यात्रा संयोजक अग्नीधर कँडेलले गरेका थिए ।

Tags:

सम्बन्धित समाचार