बुधबार , अषोज ७, २०८३

अक्टोबरमा भित्रिए झन्डै एक लाख पर्यटक 

अक्टोबर महिनामा कोरोना भाइरस महामारी सुरु भएयताकै सर्वाधिक संख्यामा पर्यटक भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

image

काठमाडौं । नेपालमा पर्यटक आगमन बढेकाे छ । अक्टाेबरमा मात्रै ८८ हजार ५८२ जना पर्यटक नेपाल भित्रिएकाे पर्यटन बाेर्डले जनाएकाे छ । अक्टोबर महिनामा कोरोना भाइरस महामारी सुरु भएयताकै सर्वाधिक संख्यामा पर्यटक भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

बोर्डको अनुसार सेप्टेम्बर महिनामा ५८ हजार ३१४ जना पर्यटक नेपाल आएका थिए । यससँगै जनवरीदेखि अक्टोबरसम्म कुल ४ लाख ७३ हजार ५६३ जना पर्यटक भित्रिएको तथ्यांकमा देखिएको छ ।

अक्टोबरमा भारत र अमेरिकाबाट सबैभन्दा धेरै पर्यटक भित्रिए । भारतबाट १६ हजार ९१० पर्यटक आएका छन् । अमेरिकाबाट यस महिनामा ११ हजार ८५९ जना पर्यटक नेपाल आएका छन् । बेलायतबाट ७ हजार ११७, जर्मनीबाट ४ हजार ९३५, फ्रान्सबाट ४ हजार ९२९, अष्ट्रेलियाबाट ३ हजार ९४६, बंगलादेशबाट २ हजार ७२० जना पर्यटक अक्टोवर महिनामा नेपाल आएको बोर्डले जनाएको छ ।

कुन महिनामा कति पर्यटक ?

जनवरी : १६,९७५
फेब्रुअरी : १९,७६६
मार्च : ४२,००६
अप्रिल : ६१,५८९
मे : ५३,६०८
जुन : ४६,९५७
जुलाई : ४४,४६२
अगष्ट : ४१,३०४
सेप्टेम्बर : ५८,३१४
अक्टोबर : ८८,५८२

सम्बन्धित समाचार