बुधबार , अषोज ७, २०८३

एकाबिहानै पर्यटनमन्त्री किराती विमानस्थलको अनुगमनमा पुगेपछि…!

image

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमनमा पुगेका छन् ।

आज (बिहिबार) बिहान ५ः३० बजे विमानस्थल पुगेका मन्त्री किरातीले विमानस्थल सरसफाई गर्ने मदजुरको तारिफ गरेका छन् ।

‘दिनरात चौविसै घण्टा खटेर देशको अनुहार (एयरपोर्ट) सफा बनाउने मजदूर (ब्युटिसियन)हरूलाई हार्दिक धन्यवाद’, उनले भने, ‘आंशिक सुधार हुँदैछ, आशा गरौं पूर्ण सुधार हुनेनै छ । एयरपोर्ट मात्र होइन एक दिन यो देश नै सफा हुनेछ ।’

अनुगमनका क्रममा उनले विमानस्थलको भित्री र बाहिरी कक्ष, शौचालय, आगमन कक्षको अवलोकन गर्दै व्यवस्थित र सुरक्षित राख्न निर्देशनसमेत दिएका छन् ।

मन्त्री भएपछि किराती पटक पटक विमानस्थलको अनुगमनमा गइरहेका छन् ।

Tags:

सम्बन्धित समाचार