काठमाडौं । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले चितवनकाे कुरिनटारस्थित रिभर फन रिसोर्टमा रहेको जीपलाइन उद्घाटन गरेका छन् ।
कम्पनीका प्रबन्ध निर्देशक शङ्कर अधिकारीका अनुसार आज बिहान साढे १० बजे जीपलाइन उद्घाटन गर्दै श्रेष्ठले अनुभव पनि लिएका छन् । हिजो साँझ त्यहाँ पुगेका मन्त्री श्रेष्ठले जीपलाइन गर्न पाउँदा नयाँ र अनौठो अनुभव भएको बताए ।
करिब तीन करोडको लगानीमा तयार भएको रिसोर्टमा एड्भेञ्चर टुरिजम अन्तर्गत जीपलाइनका साथै रोप साइकलिङ, वाल क्लाइमिङ, र्याफ्टिङ, स्पिड बोटिङ आदि सुविधा छ ।