आइतबार , अषोज ४, २०८३

अन्नपूर्ण हिमालमा दुई आरोहीको मृत्यु

image

काठमाडौं । विश्वको दशौं अग्लो चुचुरो अन्नपूर्ण हिमालको उच्च शिविरमा गएराति दुई जना ख्यातिप्राप्त आरोहीको मृत्यु भएको छ । यस सँगै यो सिजनमा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।

आरोहण आयोजकका अनुसार उत्तरी आयरल्याण्डबाट १० पटक सगरमाथा आरोहण गरेका नोएल हन्नाले हिजो राति सगरमाथाबाट फर्किएपछि क्याम्प ४ मा अन्तिम सास फेरेका थिए ।

त्यस्तै कीर्तिमानी भारतीय महिला आरोही बलजीत कौरको समिट पोइन्टबाट ओर्लने क्रममा क्याम्प ४ नजिकै मृत्यु भएको हो ।

पायोनियर एडभेन्चरका अध्यक्ष नोएल हन्ना पासाङ शेर्पाले अक्सिजन प्रयोग नगरी चुचुरो आरोहण गर्ने क्रममा क्याम्प ४ माथिबाट तल ओर्लिने क्रममा बलजीतको मृत्यु भएको बताएका छन् ।

उनी एक महिनाभन्दा कम समयमै चार ओटा आठ हजार मिटरको चुचुरो आरोहण गर्ने पहिलो भारतीय पर्वतारोही हुन् । सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाका अनुसार उनीहरूको शवलाई आधार शिविरमा ल्याउने प्रयास भइरहेको छ ।

यसअघि भारतीय पर्वतारोही अनुराग मालुको हिजो क्याम्प ४ बाट ओर्लने क्रममा ६ हजार मिटरबाट खसेर मृत्यु भएको थियो ।

Tags:

सम्बन्धित समाचार