काठमाडाैं । यस वर्षको वसन्त याममा सगरमाथा आरोहणका लागि ४५४ जनाले अनुमति पाएका छन् । पर्यटन विभागले ४१ टिमका ३६१ पुरुष र ९३ महिलाले अनुमति पाएको जनाएको छ ।
वसन्त ऋतुमा एक हजार नौ जनाले आरोहणका लागि अनुमति पाएका छन् । सबैभन्दा बढी सगरमाथा आरोहणका लागि अनुमति लिएका छन् भने दोस्रोमा अमादब्लाम हिमाल आरोहीको रोजाइमा परेको छ ।
उनीहरूले २३ वटा हिमाल आरोहणका लागि अनुमति पाएका छन् । विभागले ७१ करोड ८१ लाख रुपैयाँ आरोहीबाट राजस्व उठाएको छ ।