बहुप्रतिक्षित नेपाली चलचित्र 'चिसो मान्छे' आज (शुक्रबार)बाट प्रदर्शनमा आएको छ ।
काठमाडौं । बहुप्रतिक्षित नेपाली चलचित्र ‘चिसो मान्छे’ आज (शुक्रबार)बाट प्रदर्शनमा आएको छ । दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्र नेपालसँगै अमेरिका र क्यानडा आदि देशमा पनि प्रदर्शनमा आएको हो ।
चलचित्रमा स्वस्तिमा खड्का, अर्पण शर्मा, देशभक्त खनाल, आशान्त शर्मा, झकेन बीसी आदि कलाकारहरुको अभिनय रहेको छ । कोरोना कालमा एक सदस्यको मृत शरीर (चिसो मान्छे) लिएर घर फर्किँदै गरेको एक सुदूर पश्चिमेली परिवारको कथा चलचित्रमा देखाइएको छ । सुदूरपश्चिमको भूगोलमा छायांकन गरिएको चलचित्र शर्मिला पाण्डेले निर्माण गरेकी हुन् ।
त्यसैगरि सिनेमाघरमा ‘कबड्डी ४ः द फाइनल म्याच’, ‘चार्ली ७७७’, ‘विक्रम’, ‘भुलभुलैया २’, ‘जुरासिक पार्क डोमिनियोन’ र ‘डप गनः माभेरिक’ पनि प्रदर्शन भइरहेका छन् ।