शनिबार , भाद्र २७, २०८३

हास्यव्यङ्ग्य कार्यक्रम ‘कमेडी हब’ प्रसारणमा आउने

नयाँ हास्यव्यंग्य कार्यक्रम ‘कमेडी हब’ प्रसारणमा आउने भएको छ

image

काठमाडौं । नयाँ हास्यव्यङ्ग्य कार्यक्रम ‘कमेडी हब’ प्रसारणमा आउने भएको छ । कार्यक्रम एपी वान च्यानलबाट प्रसारण गरिनेछ । कार्यक्रमबारे जानकारी दिन सोमबार राजधानीमा एक पत्रकार सम्मेलन आयोजना गरिएको थियो । जहाँ कार्यक्रम जेठ ११ गते बुधवारबाट प्रत्येक हप्ता राति ८ बजेदेखि ९ बजेसम्म प्रसारण हुने बताइएको थियो ।

मिडिया हबको उक्त कार्यक्रममा दार घिमिरे ‘माग्ने बुढा’, राजा राजेन्द्र पोखरेल, सुबोध गौतम, हिमेश पन्त, राजेन्द्र नेपाल लट्टे, जानुका पौडेल प्याकुली, दिलीप तामाङ हुरहुर, खड्ग बहादुर पुन खबपु, प्रभात लामा, संगम राई लब्ली, नारिया गिरी, राधिका कँडेल, बेदना राई मैना, सीता न्यौपाने, अनिल राई आम्बो, दीपन्द्र प्रसाईं, कल्पना खतिवडा, दीपेश घिमिरे आदि कलाकारहरुको अभिनय रहनेछ ।

कलाकार केदार प्रसाद घिमिरेको निर्देशन रहने कार्यक्रममा नाटक, प्रहसन, स्ट्याण्डअप कमेडी, प्यारोडी, हास्य कविता आदि कुरा समेटिने बताइएको छ । राजा राजेन्द्र पोखरेलको परिकल्पना, जनकदीप पराजुलीको प्राविधिक निर्देशन रहने कार्यक्रमका शृंखला निर्देशक पूर्वा शेर्पा रहेका छन् । सागर प्रधानको छायाङ्कन रहने कार्यक्रम तीन सिजनसम्म तयार पारिने र कार्यक्रमको पहिलो सिजन २६ भागको हुने जनाइएको छ ।

कार्यक्रमको जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, सन्तोष पन्तसहित दीपकराज गिरी, दीप श्री निरौला, जितु नेपाल, मनोज गजुरेल आदिको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार