सोमबार , साउन ११, २०८३

चिनियाँ कम्युनिष्ट पार्टीको नयाँ नेतृत्व अर्को आइतबार घोषणा हुने

image

एजेन्सी । चिनियाँ कम्युनिष्ट पार्टीको २० औं राष्ट्रिय अधिवेशन एक सातासम्म चल्ने भएको छ ।

साउथ चाइना मर्निङ पोष्टका अनुसार भोलि (आइतबार) सुरू हुने अधिवेशन शनिबारसम्म चल्नेछ। अर्को आइतबार पाँच वर्षका लागि चिनियाँ कम्युनिष्ट पार्टीको नयाँ नेतृत्व घोषणा हुनेछ ।

पार्टीको महासचिवमा सी चिनफिङ तेस्रो कार्यकालका लागि चुनिने लगभग पक्कापक्की छ । चीनका राष्ट्रपतिसमेत रहेका चिनफिङले यसैका लागि दुई कार्यकालको समयसीमा यसअघि नै हटाएको देखिन्छ ।

शीर्ष नेतृत्वमा चिनफिङले निरन्तरता पाए पनि सात सदस्यीय पोलिटब्युरो, स्थायी कमिटी र केन्द्रीय कमिटीमा भने धेरै फेरबदल हुने सम्भावना छ । केन्द्रीय कमिटीमा त झन्डै आधा सदस्य नयाँ आउने अपेक्षा गरिएको छ ।

अहिलेका प्रधानमन्त्री ली खछ्याङ पनि यही अधिवेशनबाट बाहिरिने अनुमान छ ।

चिनियाँ कम्युनिष्ट पार्टीका विभिन्न कमिटीमा को, को परिवर्तन भए भन्ने कुरा आगामी मार्चमा स्पष्ट हुनेछ । किनकी त्यतिबेला चिनियाँ जनकंग्रेसको वार्षिक अधिवेशन सुरू हुन्छ र महत्वपूर्ण सरकारी पदमा जिम्मेवारी तोकिन्छ ।

सम्बन्धित समाचार