बुधबार , अषोज ७, २०८३

महेश संन्यास आश्रममा गीतामा मनोचिकित्सा विषयमा उद्बोधन

image

  • एसआर दुवाडी

देवघाट । महेश संन्यास आश्रममा, रामानन्द अनुसन्धान केन्द्र -RRC को संवर्धनार्थ आयोजित भूमिदान महाअभियान एवम् गीताज्ञान महोत्सव २०७९ को तृतीय दिन भव्यताका साथ सम्पन्न भएको छ । आजबाट रामानन्द प्रज्ञा शास्त्रार्थ सभा पनि सुरु भएको छ ।

जनमानसमा संस्कृत प्रतिको मोह देखिए पनि आधारभूत ज्ञानको अभावका कारण सुसंस्कृत वैदिक सभ्यताको ज्ञान गर्न असमर्थ परिस्थितिको मध्यनजर गर्दै प्रकरण ग्रन्थका रुपमा लघुसिद्धान्त कौमुदी र अमरकोशमा शास्त्रार्थ प्रतियोगिता गरिएको आयोजक संस्थाले जनाएको छ ।

शास्त्र कण्ठस्थिकरण, बोध प्रश्न र सङ्कासमाधान गरी तीन चरणमा शास्त्रार्थ प्रतियोगिता सम्पन्न भएको छ । दुवै ग्रन्थमा देशका विभिन्न गुरुकुलका ७/७ प्रतियोगि रहेका थिए । शास्त्रार्थ सभा विहान ८ बजेबाट सुरु भएको थियो । त्यसैगरी गीता विषयक उद्बोधनमा महामण्डलेश्वर अनन्तविभूषित स्वामी आत्मानन्द गिरिले गीतारहस्य प्रस्तुत गरेका थिए ।

त्यसपछि काठमाण्डौँ विश्वविद्यालय मनोचिकित्सा विभागका प्रा डा. अजय रिसालले श्रीमद्भागवतगीतामा मनोचिकित्सा विषयमा श्रव्य दृश्य माध्यमबाट उद्बोधन गरेका थिए । अर्जुन मनोरोगको श्रीकृष्ण चिकित्साद्वारा उपचार गरेकाले मनोचिकात्सामा गीताको महत्त्व रहेको र डा रिसाललाई गीताले मार्गदर्शन गरेको प्रसङ्ग पनि सुनाएका थिए ।

डिप्रेसन तथा एन्जाइटिको सिकार भएका मनोरोगीहरूलाई गीताद्वारा तनाव मुक्त गर्न सकिने र समाजलाई नै मानसिक रुपमा सन्तुलित राख्न गीतामात्र एक साधन भएको कुरा पनि डा रिसालले प्रस्तुत गरेका थिए । त्यसैगरी डा विमलानन्द सरस्वतीले गीतामा ज्ञानयोग विषयमा उद्बोधन गरेका थिए ।

अन्त्यमा, पीठाधीश स्वामी रमणानन्द गिरिले आजको समीक्षा सहित गीतामा व्यावहारिक पक्ष प्रस्तुत गरे । दाता सम्मान तथा अन्य अनुष्ठानहरू पनि भव्यताका साथ सम्पन्न भैरहेका छन् । गीताज्ञान महोत्सव १२ गतेसम्म चल्नेछ भने भूमिदान अभियान माघ महिनाभरिनै चलिरहने छ । पूर्वदेखि पश्चिमसम्मका भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको पनि आयोजक संस्थाले जनाएको छ ।

Tags:

सम्बन्धित समाचार