सोमबार , अषोज २७, २०८२

दिल्लीबाट आउने पत्रीका ‘आजकल’, जे पढेपश्चात् देवकोटाले ‘पागल’ कविता रचे

image

Photo by: Himal Darpan

कुनै कुनै कविताको इतिहास हुन्छ, सो इतिहास नबुझी कविताको पृष्ठभूमि बुझ्न सकिँदैन । नेपाली साहित्यका महान् लेखक, महाकवि लक्ष्मीप्रसाद देवकोटाको पागल कवितासँग पनि यस्तै उक्ति लागु हुनेगर्छ । पागल कविताको काव्यिक शक्ति जति छ, कविता रचनागर्भ पनि  त्यति नै रोचक छ ।

साहित्यको साइनो पर्ने तर, राहुल सांकृत्यायनसँग परिचित नभएको सायदै होलान् । पागल कविताको कुरा गरिरहँदा  राहुल सांकृत्यायनको प्रसंग किन आयो भन्ने प्रश्न आउँला, तर यो प्रासंगिक छ । सांकृत्यायनको कुरा नगरी ‘पागल’ कविताको कुरा गर्न मजै आउन्न । अतः पागल कविताको सोझो नाता राहुल सांकृत्यायनसँग जोडिएको हुनाले पागल कविताबारे बुझ्न र त्यसको एतिहासिक रोचकतातर्फ जानुभन्दा अघि हामी उनको नेपाल आगमन र प्रभावबारे चर्चा गर्नेछौँ ।

राहुल सांकृत्यायन र नेपाल

नेपालमा राहुल सांकृत्यायनलाई ल्याउने र यहाँ एक महिना जति बसोबास गर्न लाउने व्यक्ति थिए- जनकलाल शर्मा । जति बेला राहुल तिब्बतको भाषा र संस्कृतबारे खोजअनुसन्धानमा लागेका थिए, त्यो बेला जनकलाल शर्माको भेट राहुलसँग भएको थियो । राहुलले शर्मालाई नेपाली देवनागरी भाषा टाइप गर्न जान्ने व्यक्ति खोजी दिन आग्रह गरेका थिए ।  त्यो बेला राहुलले शर्मालाई भनेका थिए, ‘टाइपिस्ट केटी होस्, नेपाली भाषी होस्, भरसक दलित होस्, हेर्दा राम्री होस्, म त्यसको जीवनकै कायापलट गरी दिन्छु ।’

शर्माले परियार थरकी मेट्रिकसम्म पढेकी एक ‘दमिनी केटी’लाई सांकृत्यायनको टाइपिस्टको रूपमा नियुक्त गरीदिए । राहुल त्यो केटीको कामबाट कतिसम्म प्रभावित भए भने उनले उसैसँग आफ्नो जीवन बिताए ।  पछि उनीहरू जीवनसाथी बने साथै उनले पिएचडी सम्म पढाए पनि। उनै टाइपिस्टको रूपमा नियुक्त गरिएकी केटी नै डा. कमला सांकृत्यायन भइन्, जो राहुलसँग नेपाल भ्रमण गर्न आउँदा एक महिना नेपालामा राहुलसँगै बसेकी थिइन ।

अर्को रोचक पनि जोडिएको छ राहुलकै सन्दर्भमा । २००९ सालमा राहुल नेपाल आउने भए र, उनको बसोबासको प्रबन्ध मिलाउनमा शर्माले कुनै कसल बाँकी राखेनन् । त्यस समयमा नेपालामा सुविधायुक्त शौचालय सहित जोडिएका घर र कोठा कमै हुन्थे । शौचालय नेपाल सरकारका उच्च कर्मचारीले मात्र प्रयोग गर्ने गर्थे । तर, जनकलाल शर्मालाई कुनै कर्मचारीले उनले भने जस्तो घर दिने नियत नदेखेपछि शर्मा एकाबिहानै बि.पि कोइराला निवास पुतलीसडक पुगे ।

एकाबिहानै शर्मा दस्तक दिन आएको देखेर बिपीले सोधे, ‘जनकलाल जी, यति बिहानै कहाँबाट आउनु भयो ?’
जनकलालले भने- ‘बि.पि.जी म माग्न आएको ।’
‘के माग्नु हुन्छ?’, बि.पि.ले सोधे ।
शर्माले ‘पक्का दिने भए माग्छु, नत्र माग्दिनँ’ भने ।
‘माग्नु, म पक्का दिन्छु । के चाहियो ?’ शर्माले  सोधे ।

‘मलाई तपाईँको घर एक महिनालाई चाहियो ।’
बि.पि. अलि सम्हालिँदै प्रश्न तेर्साएँ, ‘किन चाहियो ?’
‘पहिले घर खाली गराउनु होस्, अनि भन्छु’ शर्माले उत्तर फर्काएँ ।

बिपीले तुरुन्तै फोन गरेर ट्रक ल्याएर एक महिनालाई घर खाली गर्न लगाए अरे ।
त्यसपछि बिपीले भने,  ‘खाली गराएँ, अब भन्नुहोस् किन चाहियो ।’
‘राहुल सांकृत्यायन आउँदै छन्, उनैका लागि चाहिएको हो ।’ यो सुनेर बिपी खुसी भए ।

२००९ साल पुस २५ गते माघ १९ गते  सांकृत्यायन जोडी आएर बि.पि.को घरमा बसे ।

यिनैताका बिचमा जति समय सांकृत्यायन काठमाडौँमा रहे, दिनहुँजसो कार्यक्रम, गोष्ठी एंव सभासमारोहमा तल्लिन भइरहे । एकपटक यस्तै एक कार्यक्रममा (१४ जनवरी १९५३) सांकृत्यायनलाई सम्मान कार्यक्रम राखिएको थियो । कार्यक्रममा कवि केदारमान व्यथितले स्वागत मन्तव्य दिँदै गर्दा ‘आज विश्वमा ख्याति पाएका महापण्डित राहुल सांकृत्यायनजस्ता विदेशी विद्वानलाई स्वागत गर्न पाउनु हाम्रो गौरवको कुरा हो’ भन्ने वाक्य प्रयोग गरे । यो सुनेर सांकृत्यायन रिसाए, उनलाई आफूलाई विदेशी भनेर गरेको सम्बोधन मनपरेन ।  सांकृत्यायनले आफ्नो मन्तव्यमा व्यथितको सम्बोधनको प्रतिवाद गरेको कुरा जनकलाल शर्माले आफ्नो पुस्तक ‘महाकवि देवकोटा- एक व्यक्तित्व दुई रचना’ मा उल्लेख गरेका छन् ।

राहुल सांकृत्यायन, देवकोटा र पागल कविता

जब सांकृत्यायनले बालकृष्ण समलाई सोधे, ‘यहाँका कोको साहित्यकार सित म भेटौँ ?’ सांकृत्यायनले यति सोधिसकेपश्चात् समले देवकोटाको नाम पनि लिनु स्वाभाविक थियो । देवकोटाले त्यो समयसम्म मुनामदन, कुन्जिनी र अन्य कृति लेखिसकेका थिए । सांकृत्यायन देवकोटाका लेख रचना पढेपछि निकै प्रभावित भएका थिए ।

सांकृत्यायन फिर्ता भएको चार महिनापछि देवकोटामाथि लेखिएको लेख देवकोटाको हात पर्‍यो, जसको प्रसङ्ग यस प्रकारको छ ।

बागबजारमा नेपाली साहित्यकार जमघट हुने एउटा पसल थियो, लप्टनको होटेल । लप्टनको होटेलमा सधैँजसो कोही न कोही गफमा झुमिरहेका हुन्थे । जनकलाल शर्मा र महाकवि देवकोटा पनि एकदिन यसै लप्टनको चिया पसलमा पसेछन् । यस होटेलको प्रसंगबारे शर्मा लेख्छन्, “त्यस समयमा यो लप्टनको होटेलमा नपस्ने र उधारो नखाने कोही थिएन । वास्तवमा भन्ने हो भने यो बुद्धिजीवीहरूको क्लब थियो यो । यहाँ सबैजसो ठुला ओहोदाका देखि साना ओहोदाका बुद्धिजीवी देखि जुवाडे सबै आउने गर्थे ।’

यस्तो ठाउँमा पत्रीका नहुने कुरै भएन । दिल्लीबाट आउने पत्रीका ‘आजकल’ पनि यहाँ थियो । देवकोटा, सम, शर्मा र अरू नाम चलेका साहित्यकार भएकै बेला यो पत्रीकाको पछिल्लो पृष्ठमा  ‘नेपाली महाकवि देवकोटा` भन्ने लेख भेटियो, जो सांकृत्यायनले लेखेका थिए । यो लेख १९५३ को कविता-अंशमा छापिएको थियो ।

देवकोटा आफ्नो नाम देखेपश्चात् पत्रिका पढ्न उत्साहित भए, र जसै पढिसिध्याएँ उनी आगबबुला भए । यसपश्चात् उनले ‘पागल’ कविता रचना गरेका थिए (यसबारे पछिल्लो अंकमा चर्चा गरिनेछ)।

39 Timeless Photographs Of Historic Nepal You Must See

लेख यसप्रकार थियो,

जनवरी १९५३ मे में पांचवी बार नेपाल गया । उस दिन नेपाली कवियों और साहित्यकारों की गोष्ठी में एक सहृदय कवि ने जब मेरा स्वागत करते हुए “विदेशी प्रतिथि’ का सब्द प्रयुक्त किया तो मेरे हृदय में एकाएक सुई-सी चुभ गई । नेपाल स्वतन्त्र देश है, उसको स्वतन्त्र राष्ट्रीय एकाई है, इस लिये राजनीतिक तौर से उसे में भारत के अन्तर्गत भारतका एक प्रदेश नहीं मानता । किन्तु और कितनी ही बातें हैं जिसके कारण में उसे विदेश नहीं मान सकता । उसी हिमाचल के वरपुत्र हमारे पन्त है, जिसके दूसरे श्रेष्ठ पुत्र महाकवि लक्ष्मीप्रसाद देवकोटा है । यह कैसे हो सकता है कि पन्त को तो में हमारा कहूँ, और देवकोटाको विदेशी ? अब की यात्रा में देवकोटा को प्राप्ति मेरे लिये एक नया आविष्कार था । नेपाली साहित्यका आदिकवि भानुभक्त १८१४ ई. में पैदा हुआ और १८६६६. में उसकी मृत्य हुई ।

नेपाली कविता-साहित्यका प्रारम्भ इस प्रकार १९ वीं शताब्दी मध्य में हुआ । हिन्दी कविताको १६ विं सदी से २० वीं सदी के मध्य तक जिन अवस्थाओ से गुजरना पड़ा, नेपाली कविता को हमारी चार शताब्दीयों की मन्जित एक शताब्दी में पूरी करनी पड़ो । परन्तु इस जल्दी के कारण उसे अपरिपक्व नहीं समझना चाहिए । इस का एक सबूत महाकवि देवकोटा है, जिन में हम अपने हिन्दी के पन्त-प्रसाद निराला को ही पूर्ण रूप में नहीं पाते, बल्कि उन में एक और यदि हम ‘प्रियप्रवास’ के कवि ‘हरिऔघ’ को विकसित रूप में देखते हैं, तो दूसरे ओर एक दूसरी भी महाकवि को पाते हैं, जो कि अभी हिन्दी में पैदा नहीं हुआ । देवकोटा जनता को सरल और सुचलित भाषा मे ‘ मुना-मदन’ औंर ‘कुन्जिनि’ के महान् गायक है ।

वाल्मीकि करुण रस के महाकवि थे । ‘रघुवंश’ के अजविलाप को देखकर कालिदास को करुण रस का कवि माना जा सकता है, उसी तरह देवकोटा को भी प्रधानतः करुण रसका महाकवि मान जान सक्ता हैं । दूसरे प्राचीन सजातीय कवियों के वैयक्तिक जीवन के बारे में हमें पता नहीं इसलिये, हम नहीं कह सकते कि उनको अपने जीवनका उनकी कविता पर कितना प्रभाव पडा, लेकिन देवकोटाका जीवन तो वाल्यकाल से ही दुःखी और संघर्षका जीवन रहा । प्रौढ अवस्था में एक के बाद एक तीन पुत्रों को खो चुके है, ऐसी हालत में यदि उनके बारे में कोई लिखता है- दुःख से विदीर्ण हृदय रखते भी वह मुँह पर जबर्दस्ती हँसी की रेखा लाना चाहते हैं, तो कोई आश्चर्य नहीं है ।

गत प्रतीत जीवन के किसी दिन में भीषण दुःखान्त घटना होने के पश्चात् एक वेदना उनमें पैदा हुई, जो कि जितनी-जितनी उनकी उमर बढ़ती गई, उतनी ही बढती गई। उनको पहली बार ही देखते समय कोई भी आदमी आसानी से समझ सकता है, कि वह किसी पुँजीभूत वेदना से मरमाहत हो छटपटा रहे हैं । सिगरेट उनका चिर साथी है, भावना चिर सहचरी और वेदना जीवन के वरदान जैसी उनके लिये है।

देवकोटा नेपाली के पन्त प्रसाद निराला तीनों हैं, इसमें अतिसक्ति नहीं है । निराला के कुछ दूसरे गुण भी उन में मौजूद हैं, यद्यपि उतनी मात्रा में नहीं । निराला को रांची ले जाने की बात कितनि हि बार कितनी उठी, किन्तु जब देवकोटा को घरवालों ने विक्षिप्त समझके रांची चलने के लिए कहा, तो उन्हों ने जरा भी आपत्ति नहीं की और रांची के पागलखाने में कुछ दिन रह भी आय ।”

Tags:

सम्बन्धित समाचार