Photo by: Himal Darpan
प्रतिबन्धित लागूऔषध गाँजा लगाउनुपर्छ भन्दै धनकुटाको सहिदभूमि गाउँपालिका–२ अखुवाटारमा चैत २० देखि २२ सम्म बृहत् छलफल र सचेतना मेलाको आयोजना गरियो । ‘गाँजाबारे बृहत् छलफल र सचेतना मेला’ नामकरण गरिएको कार्यक्रममा जनप्रतिनिधि, बर्दीर्धारी प्रहरी अधिकृत र समाजका अगुवाको सहभागिता थियो । प्रमुख अतिथि गाँजा वैधानिक अभियानका केन्द्रीय सल्लाहकार राजीव काफ्लेले गाँजाको बिरुवामा पानी हाल्दै उद्घाटन गरिरहँदा मञ्चमा रहेका जनप्रतिनिधि र प्रहरीले समेत ताली बजाएर स्वागत गरेका खबरहरूलाई सञ्चारमाध्यमहरूले राम्रै स्पेस दिए ।
लागूऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार खेती गरिएको हकमा २५ बोटसम्म ३ महिना कैद वा ३ हजार जरिवाना छ । २५ बोटभन्दा बढी भए ३ वर्ष कैद वा ५ देखि २५ हजार जरिवाना सजाय हुन्छ । यस्तै ५० ग्रामसम्म गाँजा राखे ३ महिनासम्म कैद र ३ हजारसम्म जरिवाना हुन सक्छ । तर, प्रतिबन्धित गाँजालाई वैधानिक रूपमा खुला गरिनुपर्नेमा बहस सुरु भएका छन् । प्रतिबन्ध फुकुवाको माग गर्दै संघ, प्रदेशका सांसददेखि स्थानीय जनप्रतिनिधिसम्म अभियानमा छन् ।
जेजसरी भने पनि कुराको चुरो के हो भन्दाखेर, गाँजा नेपालमा अहिलेसम्म सुरक्षित छैन । लुकीलुकी गाँजा खेती गरिरहेका किसान पनि सुरक्षित छैनन् । दुबैलाई पुलिसको डर छ । गाँजा जसोतसो सांसद भवन भित्र त पस्यो, मान्छे जसलाई आफ्नो आफ्नो घर भित्र राख्न डराउँथे । यो सानो कुरा हैन ।
हेरौँ, गरौँ । अब के हुन्छ ? कुनै पनि सिडिओले आफूलाई ‘काम गर्ने सिडिओ हुँ’ भनेर देखाउनका लागि गाँजाबारीमा पुलिस पठाउने छैन । यदि गाँजाको खेती गर्न पाइने नै हो भने । यसको प्रयोग के कसरी गर्न सकिन्छ त्योबारे चर्चा गरौँ । गाँजाका लुगा फाटो, झोल , तेल, अचारका कुराहरू त ‘त्याला दिन (पुराना दिन)हरू’मा पनि भइरहेकै छन् । ती यथोचित कुरा हुन् भन्ने कुरामा कुनै शंकै छैन ।
गाँजाबाट बन्न सक्ने घर
आज चाहिँ हामी कुरा गरौँ, गाँजाबाट बन्न सक्ने घरबारे । त्यस्ता घरहरूको महत्त्व , फाइदा एवं बेफाइदाहरू । अझ, गाँजा सर्वसुलभ बनाइँदा समाजमा त्यसले पार्न सक्ने भनिएका कथित असरहरूको पनि चिरफार गरौँ ।
एकातिर गाँजाको बोटलाई र अर्कातिर राम्रो काठलाई टुक्राटुक्रा पार्ने हो भने दुवैतर्फ एउटै प्रकारको धुलो बन्न जान्छ । एकै प्रकारको धुलो बन्छ भने यसबाट के बुझ्न सकिन्छ भन्दा गाँजा ‘निर्माण कार्य’मा पनि प्रयोग गर्न सकिन्छ । नेपालमा अहिलेसम्म गाँजाको यो उपयोगिताबारे चर्चा भएको छैन तर, अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया जस्ता देशहरूले गाँजाको प्रयोग गरी घर बनाइसकेका छन् । उदाहरणस्वरूप: इजरायलको तेल अवीभमा स्थित टीएभ ग्रुप (Tav Group)ले आर्किटेक्चर फर्मले बनाएको गाँजाको घरलाई लिन सकिन्छ।

A look inside a home in Israel designed using hemp, which provides high insulation values.
सन् २०१२ मा बेलायतमा बेलायत त के प्रमाणित गर्यो भने ‘यदि गाँजा मिसाएर घर बनाउने हो भने त्यो घरको विद्युत् खपत ६० प्रतिशतले कम गर्न सकिन्छ ।’ कसरी ? तपाईँको पक्की घरको कोठा तताउन लाग्ने विद्युत्को ४० प्रतिशत ऊर्जाले नै गाँजाले बनाएको घर तात्छ ।
यहाँ नीर एउटा प्रसङ्ग जोडौं । मेरी बजै भन्नुहुन्छ, “बा भैसो हुने घरले दूध खाने हैन, घर बनाउने हो ।”
बजैलाई म सोध्ने गर्छु, ‘किन ?’
बजै सजिलै भन्नूहुन्छ, “दूधबाट धन कमाउने, घर बनाउने । आफूले साँझ बिहान एक एक गिलास दूध खाए पुगिहाल्छ ।”
बजैको तात्पर्य : ६० प्रतिशत बिजुली बचाउन सक्छौ र बेच्न सकिन्छ ।
त्यसो भए आजैदेखि बिजुली बचाउने कोसिस गरौँ । यो देश ‘सतीले सरापेको’ भनिरहौँ या ‘गृह युद्धमा फसेर पछाडि पर्यो’ भनिरहौँ । तर, यो सत्य हो कि हामी पछाडि छौँ । हामी सङ्घीयता धान्न सक्ने अवस्थामा छैनौँ । कर्मचारीले घुस खाए पनि, नेताले भुस खाए पनि, सङ्घीयताको असर हामीले नदेखैझैँ गर्दागर्दै पनि देखिसक्यौं ।
चौरमा बसेर पढिरहेको छोरो । कक्षा कोठामा पढेर फर्की आए भन्छ । विदेश रक्सी बोकेर ट्याक्टर घर छेउ आइपुगेको छ । सुत्केरी एक घण्टा अगाडी हस्पिटल पुगी र एक घण्टा अगाडी जन्मेको हो । गाई, साह्रै सोझो ।
नोट – यदि सङ्घीयता नभएको भए ? यी उपलब्धिलाई नजर अन्दाज गर्नु किमार्थ सही हैन ।

गाँजाबाट बनेको इट्टा
तथ्याङ्कले के पनि भन्छ भने एक सय ५० मिटर क्युब गाँजाको टुक्राले एउटा घर बन्छ । बिना कार्बन उत्सर्जन गरेर । जबकि अहिले हामीले प्रयोग गर्ने इट्टाको एउटा घर बनाउँदा न्यूनतम ४८ टन कार्बन उत्सर्जन भएको हुन्छ । अझ अध्ययन तथा प्रतिवेदन त के पनि भन्छन् भने एक औसत घरले ५.५ घन मिटर कार्बन एक घरले सधैँका लागि आफैँभित्र राख्छ । यो गज्जबको बात हो नि हाम्रो पर्यावरणका लागि ! वातावरणका लागि !
अब शान्तिको दूत हुनलाई देश ‘सुन्दर, शान्त, विशाल’ हुनुपर्छ भन्ने छैन । भोलि आउने पीँढीका लागि हामीले कस्तो हावा बचाएर राखेका छौँ भन्ने हेर्नुपर्छ । हाम्रो सन्तान जहाँ जन्मिनेछन्, त्यहाँ कार्बन रहित होस् न । तब पो काइदा हुन्छ ?
हामीले स्थानीय तहमा यही लागू गरौँ न । रोजगारी सिर्जना पनि हुने, घर पनि बन्ने । भएन त काइडा ? धेरै स्थानीय तहहरूको घर बनाउने तरिका राजनीति नामको दलदलमा फसेर घर न घाटको भैसकेका छन् ? भाँडाको घरमा स्थानीय तहको कार्यालय आफ्नो नाक काटी बसेको छ । तर, ऊसँग खाने ‘खाप्चो’ छँदै छ । त्यस्ता नगरपालिकाले आफ्ना भवनहरू गाँजाबाट बनेका इट्टा प्रयोग गरि बनाइदिए जाति नै हुने थियो ।
नगरपालिका भवन गाँजाले नै बन्यो भने ?
सोच्नुत नेपालमा हरेक नगरपालिका भवन गाँजाबाट बनेको भए कति सुन्दर हुने थियो ।
तब पो हुनेछ, ‘बडाले जो गर्यो काम हुन्छ त्यो सर्व-सम्मत । छैन शङ्करको नङ्गा, मगन्ते भेष निन्दित ।’
म को हुँ र मेरो घर इट्टाबाट नै बनोस् भन्ने ? हामी देखासिकी गर्न खप्पिस छौं । एउटा स्थानीय सरकार केही राम्रा काम गरोस् न मात्रै ! अझ, यो देशले गाँजाबाट औषधि बनाओस् । झोला बनाओस् । टोपी बनाओस् । र, घर पनि बनाओस् ।
यहाँनेर प्रश्न उठ्न सक्छ, त्यति गाँजाको बोट (विरुवा) उत्पादन हुन्छ र यो देशमा ? आजभोलिकै अवस्था नियाल्ने हो भने त्यति धेरै गाँजा का बिरुवा देशमा छैनन् । यद्यपि पहाडी भेगका जङ्गल , नदी किनारमा प्रशस्तै गाँजाका बिरुवाहरू अझै पनि भेटिन्छन् । गाँजाका बेर्नाहरू अझै पनि देश छोडेर गइसकेका छैनन् । यिनलाई यति नै बेला खेतिपाती गरि संख्यावृद्धितर्फ अग्रसर गराउने हो भने गाँजाका घरहरू बनाउन मज्जाले सकिन्छ । घर बनाउनपूर्व अन्य प्रयोजनका लागि सोहि बिरुवालाई उपयोग गर्न सकिन्छ । गाँजाको अस्थिपञ्जरलाई मात्रै घरका लागि प्रयोग गरौँ ।
आजभोलि तराईबाट लोडेड ट्रकहरू पहाडदेखि हिमालसम्म पुग्ने गरेका छन् । यी लोडेड ट्रकहरू सामलतुमल घोप्टाएर प्राय: रित्तै फर्कन्छन् । यिनलाई प्रयोगमा कहिले ल्याउने ? र, मुख्य कुरा किन नल्याउने ? गाँजाको बाँकी रहेको अस्थिपञ्जरको खपत पहाडमा हुने सम्भावना देखिन्न, त्यसैले खाली ट्रक गाँजा सहित तराई फर्किने छन् । यसप्रकार गाँजाका घर तराईमा पनि बन्ने छन् । यसो हुँदा जन्मँदै टाउकोमा दुई लाख ऋण बोकी आएका जो कसैले पनि सस्तोमा राम्रो घर बनाउन, आनन्दसाथ् सो घरमा बस्न सक्नेछन् ।
यसरी हामी कति घर बनाउन सक्छौ भन्ने प्रश्न उठ्न सक्छ । पाँच वर्षभित्र पुरै देशमा बढीमा एक प्रतिशत घर बनाउन सकिन्छ । यस्ता घरको डिजाइन स्थानीय तहले प्रदान गरोस् र प्राविधिकको रेखदेखमा त्यस्ता घरको निर्माण सम्पन्न गरियोस् । र, निर्माण सम्पन्न भएकै दिन स्थानीय तहले होम स्टे सञ्चालनका लागि सानो अनुदान प्रधान गरोस् ।
केही कुरा
१. गाँजा घरले कार्बन कम गर्ने छ । विद्युत् बचाउने छ । र, सस्तोमा घर बन्ने छ ।
२. गाँजाको व्यापारमा समस्या आउने अनुमान गरिएको छ । यदि हामीले जसलाई पनि गाँजा व्यापारको इजाजत दियौ भने त्यो नियन्त्रण बाहिर जान सक्छ । गाँजाको खेती नै नगर्ने दलालको हातमा पुग्न सक्छ गाँजाको व्यापार । त्यसैले जसले गाँजाको घर बनाउँछ, उसलाई मात्रै दिऊ यसको व्यापार गर्ने इजाजत । यसरी गाँजाको खेती बढ्दै जानेछ । घरहरू पनि थपिँदै जाने छन् । होम स्टेले केही मात्रामा भए पनि बेरोजगारी घटाउने छ ।
३. यो प्रस्ताव स्थानीय तहको हकमा मात्रै हो ।