hacklink betparagon betparagon giriş betparagon güncel giriş betparagon betparagon giriş betparagon güncel giriş orisbet orisbet giriş orisbet güncel orisbet güncel giriş matadorbet matadorbet giriş matadorbet güncel giriş matadobet güncel vevobahis vevobahis giriş vevobahis vevobahis giriş vevobahis güncel vevobahis güncel giriş pulibet pulibet giriş pulibet güncel pulibet güncel giriş dedebet dedebet giriş dedebet güncel dedebet güncel giriş piabellecasino piabellecasino giriş piabellecasino güncel piabellecasino güncel giriş vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş casinolevant casinolevant giriş casinolevant güncel casinolevant güncel giriş pulibet pulibet giriş pulibet güncel pulibet güncel giriş casinovale casinovale giriş casinovale güncel casinovale güncel giriş vevobahis vevobahis giriş vevobahis güncel vevobahis güncel giriş vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş casinolevant casinolevant giriş casinolevant güncel casinolevant güncel giriş orisbet orisbet giriş orisbet güncel orisbet güncel giriş pulibet pulibet giriş pulibet güncel pulibet güncel giriş polobet polobet giriş polobet güncel giriş polobet güncel vidobet vidobet giriş vidobet güncel vidoebet güncel giriş vidobet vidobet giriş vidobet güncel vidoebet güncel giriş kingbetting kingbetting giriş kingbetting güncel kingbetting güncel giriş meritbet meritbet giriş meritbet güncel meritbet güncel giriş vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş meritbet meritbet giriş meritbet güncel meritbet güncel giriş pulibet pulibet giriş pulibet güncel pulibet güncel giriş betasus betasus giriş betasus güncel betasus güncel giriş polobet polobet giriş polobet güncel polobet güncel giriş pulibet pulibet giriş pulibet güncel pulibet güncel giriş betmoney betmoney giriş betmoney güncel betmoney güncel giriş realbahis realbahis giriş realbahis güncel realbahis güncel giriş holiganbet holiganbet giriş holiganbet güncel holiganbet güncel giriş pulibet pulibet giriş pulibet güncel pulibet güncel giriş kingroyal kingroyal giriş kingroyal güncel giriş kingroyal mobil piabet piabet giriş piabet güncel giriş piabet mobil vevobahis vevobahis giriş vevobahis güncel vevobahis güncel giriş kingroyal kingroyal giriş kingroyal güncel kingroyal mobil tlcasino tlcasino giriş tlcasino mobil tlcasino güncel portobet portobet giriş portobet güncel giriş portobet mobil pulibet pulibet giriş pulibet güncel pulibet güncel giriş meritking meritking giriş meritking güncel meritking güncel giriş meritking adres galabet galabet giriş galabet güncel giriş galabet güncel galabet mobil vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş pulibet pulibet giriş pulibet güncel giriş pulibet güncel betebet betebet giriş betebet güncel giriş betebet mobil tlcasino tlcasino giriş tlcasino güncel giriş tlcasino mobil interbahis interbahis giriş interbahis mobil interbahis güncel giriş

बिहिबार , फागुण २८, २०८२

६० वर्ष पुरानाे विद्यालयकाे नलेखिएकाे इतिहास र अभावकाे दर्दनाक कथा (विशेष रिपोर्ट)

image

“जरुङ गाउँमा स्कुल त ल्यायो, तर विद्यार्थीलाई कहाँ राखेर पढाउने भन्ने टुङ्गो थिएन । गाउँलेसँग सल्लाह गर्दा गाउँभन्दा माथिको सानो डाँडामा राखेर पढाऔँ भन्ने निर्णय भयो । डाँडामा दुई वटा सानो–सानो भिरालो चौर थियो । त्यही चौरमा पढाउन थालियो”, करिब पाँच दशकअघि गाउँमा विद्यालय स्थापना गर्दाको क्षणलाई स्मृतिको पानाबाट पल्टाउँदै ८४ वर्षीय इन्द्रजीत स्याङतनले सुनाए, “विद्यार्थीहरू काखीमा चकटी च्यापेर पढ्न आउन थाले । चौरमा ओछ्याएर बस्न चकटी ल्याउनुपर्थ्यो । अहिले जस्तो किताब थिएन । कापी कलम पनि थिएन । कापीको रूपमा काठको सानो–सानो कालोपाटी र कलमको रूपमा चक थियो । विद्यार्थीहरू त्यही बोकेर आउँथे, पढ्ने र लेख्ने गर्थे ।”

इन्द्रजीत तामाङ (८४), पूर्व शिक्षक, श्री जरुङ सिम्टार आधारभूत विद्यालय, बेनीघाट राेराङ-१, धादिङ ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका–१ मा अवस्थित श्री जरुङ सिम्टार आधारभूत विद्यालयको स्थापनाकालको चित्रण गर्ने कोसिस गर्दै थिए, इन्द्रजीत । उक्त विद्यालयको स्थापनाकालका शिक्षक समेत रहेका इन्द्रजीतले भने, “६ महिना जति खुला आकाशमा चौरमा राखेर पढाइयो । पछि गाउँलेहरू मिलेर ढुङ्गामाटोकाे गाह्रो लगाएर खरले छाएर एक कोठाको विद्यालय बनाइयो । यो २०३१ सालको कुरा हो यो ।”

तर, यस विद्यालयको स्थापना भने एक दशकअघि नै भएको थियो । २०२१ सालमा नजिकैको गाउँ (तत्कालीन महादेवस्थान–६) सिम्टारमा विद्यालयको स्थापना भएको थियो । इन्द्रजीतका अनुसार सिम्टारमा स्कुल स्थापना गर्न तत्कालीन महादेवस्थान–७, लवाङका सुरजङ जिम्वाले महत्त्वपूर्ण योगदान दिएका थिए । उनकै पहलमा सरकारले विद्यालय खोल्ने अनुमति दिएको थियो । सुरजङ तत्कालीन महादेवस्थान–८, जरुङका भीम बहादुर तामाङका जुवाइँ थिए । भीम बहादुर तत्कालीन समयमा जरुङ गाउँका शासक जस्तै थिए । उनी केन्द्रका शासकहरूसँग पनि सिधा सम्पर्क गर्ने सक्ने हैसियत राख्थे । जस कारण भीम बहादुरले “सानो राजा” को उपमा पाएको थियो । ससुरा भीम बहादुरकै सहयोगमा सुरजङले विद्यालय खोल्न अनुमति प्राप्त गरेका थिए ।

श्री जरुङ सिम्टार आधारभूत विद्यालय । बेनीघाट राेराङ-१, धादिङ ।

इन्द्रजीतका अनुसार तत्कालीन समयमा धादिङको दक्षिणी भेग र मकवानपुरको उत्तरी भेगमा पर्ने महाभारत क्षेत्रमा विद्यालयको स्थापना भएको थिएन । श्री जरुङ सिम्टार आधारभूत विद्यालय उक्त क्षेत्रकै सबैभन्दा पुरानो हो ।

तत्कालीन महादेवस्थान–९, का पूर्व वडाध्यक्ष समेत रहेको स्थानीय काले बहादुर पाख्रिनले पनि यो विद्यालय धादिङको दक्षिणी पहाडी भेगकै पुरानो भएको बताए । उनका अनुसार यस विद्यालयको स्थापना भएको बेला हालको पृथ्वी राजमार्ग रहेको क्षेत्रभन्दा माथिल्लो पहाडी भेगमा विद्यालय नै थिएन ।

काले बहादुर पाख्रिन, पूर्व वडाध्यक्षः महादेवस्थान-९, जरुङ । हाल बेनीघाट राेराङ-१ ।

“यो विद्यालय स्थापना हुँदा पृथ्वी राजमार्ग नै बनेको थिएन । तल गजुरी, मलेखुतिरको स्कुल चाहिँ राजमार्ग बनेपछि चाँडै मावि, उच्च मावि भयो । यो चाहिँ जस्ताकाे तस्तै रह्यो”, पाख्रिनले भने ।

सिम्टारमा विद्यार्थी नभएपछि जरुङमा सारियो

सिम्टारमा विद्यालयको स्थापना भयो तर, पढ्ने विद्यार्थी भएन । अन्य गाउँहरूबाट विद्यार्थी पढ्न आएनन् । सानो गाउँ सिम्टारमा विद्यार्थी नभएपछि पढाई भएन । यतिकै एक दशक बित्यो । पढाइ नभएपछि सरकारले विद्यालय फिर्ता लाने भयो । तर, फिर्ता लैजाँदा एक दशकसम्म शिक्षकलाई खुवाएको तलब सिम्टारका बासिन्दाले बेहोर्नु पर्ने भयो ।

“विद्यालय फिर्ता गर्दा सरकारले शिक्षकलाई खुवाएको तलब बराबरको रकम पनि फिर्ता मागेपछि सिम्टारबासीले जरुङमा विद्यालय पठाइदिए”, इन्द्रजीत भन्छन्, “जम्मा बाह्र–पन्ध्र घरधुरी भएको सिम्टारले त्यत्रो पैसा सरकारलाई फिर्ता गर्न सक्ने अवस्था थिएन ।”

इन्द्रजीतका अनुसार विद्यालयलाई सिम्टारबाट जरुङमा सार्नका लागि तत्कालीन प्रधानपञ्च लालजीत स्याङतन (टारको लाहुरे) ले महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनी भारतीय सेनाबाट सेवा निवृत्त लालजीत तत्कालीन समय (२०२६ सालतिर) गाउँका प्रधानपञ्च थिए । सिम्टारबाट सरकारले फिर्ता गर्न लागेको विद्यालयलाई जरुङमा सारेर चलाउन उनले पहल गरेका थिए । उक्त कार्यमा तत्कालीन उपप्रधानपञ्च हर्कमान थोक्रले पनि साथ दिएका थिए । हर्कमान सिम्टारका थिए । प्रधानपञ्च लालजीत र उपप्रधानपञ्च हर्कमानले सिम्टारमा भएको विद्यालय जरुङमा सारेर चलाउन चाँजोपाँजो मिलाए । तर, विद्यालय नसार्दैमा २०२९ मा उनीहरूको कार्यकाल सक्यो ।

२०२९ सालमा तत्कालीन महादेवस्थान–९ जरुङ, सम्बाङ टोलका नील बहादुर थिङ उपप्रधानपञ्च भए । उनले इन्द्रजीतसहित पञ्चायतका सदस्यहरूको सहमति लिएर २०३१ सालमा विद्यालय जरुङमा स्थानान्तर गरे । उनकै कार्यकालमा २०३४ सालमा विद्यालयलाई खरको छानो हटाएर ढुङ्गाले छाएको थियो । मलेखु बजारबाट ढुङ्गा बोकेर लगेका थिए । नील बहादुरका अनुसार विद्यालय छाउनका लागि सरकारले पाँच हजार रुपैयाँ दिएको थियो ।

नील बहादुर थिङ, पूर्व उपप्रधानपञ्च ।

कहिल्यै विद्यालय नदेखेका र नटेकेका इन्द्रजीत बने शिक्षक

सिम्टारबाट जरुङमा विद्यालय सारिएपछि इन्द्रजीत शिक्षक बने । उनी तत्कालीन समयमा जरुङ गाउँका पढ्न र लेख्न सक्ने एक मात्र व्यक्ति हुन् । “एक दुई जनालाई अलिअलि पढ्न आउँथ्यो, तर लेख्न फिटिक्कै आउँदैन थियो । प्रायः टाठो-बाठो भन्ने मान्छेलाई बोल्न मात्रै आउँथ्यो । अक्षर चिन्दैन थिए”, इन्द्रजीतले भने, “तर, मलाई पढ्न र लेख्न आउँथ्यो । गाउँमा प्रायः सबै कागजातहरू मैले नै लेख्थेँ ।”

इन्द्रजीतका अनुसार उनका बुबा बैदार थिए । पढ्न र लेख्न सक्ने व्यक्तिलाई त्यत्तिबेला बैदार भन्ने गरिन्थ्यो । उनका बुबाको खास नाम चाहिँ मान बहादुर तामाङ थियो । लेखपढ गर्न सक्ने भएपछि बैदार भनेर चिनिए ।

“मेरा बुबाको नाम धेरैलाई थाहा नै भएन । बैदार भनेर चिनिए । हामीलाई अहिले बैदारका सन्तान भन्छन् ।” इन्द्रजीतले मुस्कुराउँदै भने ।

लेखपढ गर्न जान्नुपर्छ भन्ने उनले आफ्नो बुबाबाट सिके । अरू कसैले गर्न नसकेको काम बुबाले मात्रै गरेको देखेर प्रभावित भए इन्द्रजीत ।

“बुबालाई सबैले मान-सम्मान गरेको र बुबाको भलाद्मी काम देखेर मलाई पनि लेखपढ गर्न मन लागिहाल्यो”, इन्द्रजीत भन्छन्, “माटोको धुलोमा औँलाले अक्षर कोर्न सिकेँ । कहिलेकाहीँ माटोले लिपेर निगालोको टुक्राले कोरेर पनि लेख्न थालेँ ।”

बुबाबाट लेखपढ गर्न सिकेका उनलाई अझ पोख्त बनाउन लालजीत तामाङ (तत्कालीन प्रधानपञ्च, जो टारको लाहुरे भनेर चिनिन्थ्यो) ले साथ दिएको इन्द्रजीत सम्झन्छन् । उनका अनुसार लालजीत भारतीय सेनाबाट निवृत्त भएर आएको हुनाले नेपाली भाषाका साथै बाहिरी संसारबारे धेरै जान्दथे । लालजीतलाई गाउँमा चाहिँ टारको लाहुरे भनेर चिनिन्थ्यो । इन्द्रजीतका अनुसार लालजीत उक्त क्षेत्रकै पहिलो लाहुरे थिए ।

इन्द्रजीत तामाङ (८४), पूर्व शिक्षक, श्री जरुङ सिम्टार आधारभूत विद्यालय, बेनीघाट राेराङ-१, धादिङ ।

“लेखपढ गर्न बुबाबाटै सिकेको थिएँ, तर नेपाली भाषा र अरू बाहिरी दुनियाँको कुरा चाहिँ लालजीतबाट सिकेको हुँ मैले”, इन्द्रजीतले भने ।

सामान्य लेखपढ गर्न मात्रै जानेको तर कहिल्यै विद्यालय नदेखेका, नटेकेका इन्द्रजीत कसरी शिक्षक बने भन्नेबारे छुट्टै कहानी छ । उनका अनुसार विद्यालय स्थापना भएपछि गाउँमा नेपाली भाषा बोल्ने शिक्षक आए । तामाङ समुदायको मात्रै बसोबास रहेको गाउँमा दुई चारजना बुढापाका भलाद्मीले बाहेक नेपाली भाषा बुझ्दैन थिए । केटाकेटी विद्यार्थीले नेपाली भाषा बुझ्नै कुरै भएन । नेपाली भाषा बोल्ने मानिस आएको देखे भने ढोका थुनेर लुक्थे गाउँका मानिसहरू । शिक्षकले तामाङ भाषा नबुझ्ने, विद्यार्थीले नेपाली नबुझ्ने भएपछि पठनपाठन सम्भव भएन । त्यसपछि नेपाली र तामाङ दुवै भाषा बुझ्ने र लेखपढ पनि गर्न सक्ने इन्द्रजीतलाई शिक्षक बन्ने अवसर प्राप्त भयो । २०३१ सालमा गाउँमा विद्यालय आएपछि उनी शिक्षक बने ।

त्यतिबेला शिक्षकको मासिक तलब ९१ रुपैयाँ ६ पैसा थियो । एक वर्षको तलब ११ सय रुपैयाँ हुन्थ्यो । एक जना शिक्षकको लागि ११ सय रुपैयाँ सरकारले दिन्थ्यो । इन्द्रजीतलाई शिक्षक बनाएपछि गाउँका जनता मिलेर वार्षिक ११ सय रुपैयाँ नै दिएको थियो । तर, इन्द्रजीतले जम्मा एक वर्ष मात्रै पढाउन पाए । विद्यालय छुट्टी भएको बेला चितवनमा जग्गाको लागि जङ्गल फडानी गर्न गएका उनी जेलमा परे । केहिसमय कारागारकाे बसाइपछि राजनीतिमा हाेमिए । २०४९ मा तत्कालीन महादेवस्थान गाविस वडा नम्बर ९ काे  वडाध्यक्ष बने । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित भएका थिए ।

२०५९ सालमा पुनः बसाइ सर्याे यो विद्यालय 

झन्डै तीन दशक गाउँमाथिको सानो थुम्कोमा एउटा सानो टहरामा सञ्चालन भएको यो विद्यालय वि.सं. २०५९ सालमा गाउँको बिचमा सर्याे । ढुङ्गामाटाेकाे गाह्रो लगाएर पाँच कोठाको भवन बन्यो । एउटै कोठामा बसेर पढ्दै आएका फरक फरक कक्षाका विद्यार्थीहरूले छुट्टाछुट्टै कोठामा बसेर पढ्न पाए । तैपनि कक्षाको स्तरोन्नति हुन अर्को दुई दशक नै कुर्नुपर्याे । ०७२ सालको महाभूकम्पपछि विभिन्न गैरसरकारी संस्थाहरूको सहयोगमा दुई/दुई  कोठे तीन वटा भवन बनेको छ । तर, जम्मा ८ वटा कोठा छन् । तर, कक्षा स्तरोन्नति गरिएसँगै फरक फरक कक्षाका विद्यार्थीहरूले फेरि एउटै कोठामा बसेर पढ्नुपर्ने बाध्यता दोहोरिएको छ ।

स्थापना भएको ५९ वर्षपछि बल्ल कक्षा आठसम्मको पठनपाठन सुरु

२०२१ सालमा स्थापना भएको श्री जरुङ सिम्टार आधारभूत विद्यालय उमेरले ५९ वर्ष भयो । अर्को वर्ष स्वर्ण महोत्सव मनाउने तयारी छ । स्थापना भएको छ दशकपछि बल्ला कक्षा आठ सम्मको पठनपाठन सुरु भएको छ । सुरुमा कक्षा तीन सम्मको पठनपाठन हुन्थ्यो । २०४२ सालमा कक्षा चारसम्मको पठनपाठन सुरु भयो । २०४७ सालमा कक्षा पाँचसम्म पढाउन थालिएको थियो । इन्द्रजीतका अनुसार धादिङ चैनपुरबाट आएका शिक्षक चन्द्र दनैले कक्षा बढाएका थिए । त्यसअघि कक्षा चार पास भएपछि विद्यार्थीहरू गाविस केन्द्र ताल्ती अथवा गजुरी जानुपर्थ्यो । तत्कालीन प्रधानाध्यापक दनैले कक्षा बढाएपछि विद्यार्थीहरूले गाउँमै कक्षा पाँचसम्म पढ्न पाएका थिए । दनैले २०४६ देखि २०५० सम्म पढाएका थिए ।

चन्द्र दनै, पूर्व शिक्षकः श्री जरुङ सिम्टार आधारभूत विद्यालय । चैनपुर धादिङका दनैले (२०४६-२०५०),सम्म यस विद्यालयमा शिक्षण गरेका थिए ।

त्यसपछि तीन दशकसम्म कक्षा बढाउन सकेन । पाँच कक्षासम्मको पठनपाठनमै सीमित रह्यो । कक्षा प्राथमिक शिक्षा हासिल गरेपछि थप अध्ययनका लागि विद्यार्थीहरूले गाउँ छोड्नुपर्ने बाध्यता कायम रह्यो । २०७७ मा कक्षा आठसम्मको पठनपाठन गर्ने अनुमति प्राप्त भयो । विद्यालयका तत्कालीन प्रधानाध्यापक जविन्द्र पाख्रिन र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्द प्रसाद तामाङको सक्रियतामा तीन दशकपछि विद्यालयमा कक्षा थपियो । २०७८ मा कक्षा ६ मा भर्ना भएका विद्यार्थीहरू यस वर्ष कक्षा ८ मा अध्ययन गरिरहेका छन् ।

शैक्षिक गुणस्तर सुधार्ने प्रयासमा प्रधानाध्यापक वीर बहादुर तामाङ

वीर बहादुर तामाङ, प्रधानाध्यापकः श्री जरुङ सिम्टार आधारभूत विद्यालय।

अहिले श्री जरुङ सिम्टार आधारभूत विद्यालयको प्रधानाध्यापकका रूपमा वीर बहादुर तामाङ कार्यरत छन् । शिक्षक वीर बहादुर जरुङ गाउँकै बासिन्दा हुन् । उनले २०८० वैशाखबाट प्रधानाध्यापकको रूपमा विद्यालय सम्हालेका हुन् । उनले सम्हालेयता विद्यालयको शैक्षिक तथा भौतिक सुधारमा थुप्रै काम भएका छन् । उनले विद्यालयलाई आधुनिक प्रविधिमैत्री बनाउने कोसिस गरेका छन् । विद्यालयमा स्राेत नभएपछि प्रधानाध्यापक वीर बहादुरले व्यक्तिगत लगानी गरेर विद्यालयका लागि ल्यापटप खरिद गरेका छन् । विद्यालयमा पहिलो पटक कम्प्युटर र प्रिन्टरको व्यवस्था गरेर विद्यालयमै प्रश्नपत्र छाप्ने, फोटो तयार पार्ने व्यवस्था गरिएकाे छ । त्यसैगरी चिठीपत्र तथा कागजातहरू हातले लेख्नुपर्ने बाध्यतालाई अन्त्य गरिएको छ । अहिलेको आधुनिक प्रविधिको युगमा यो निकै महत्त्वपूर्ण र अत्यावश्यक हो । यसअघि सामान्य छपाई तथा फोटो तयार पार्नका लागि बजारसम्म पुग्नुपर्ने बाध्यता थियो ।

त्यसैगरी विद्यालयमा पहिलो पटक विद्यार्थीहरूलाई परिचयपत्रको व्यवस्था गरिएको छ । विद्यालयमै छपाइ गरेर कार्ड वितरण गरिएको छ । त्यसैगरी विद्यार्थीहरूको पोसाकलाई पनि सुधारिएको छ । टाई, बेल्ट र जुत्ता अनिवार्य गरिएको छ । यसका साथै विद्यार्थीहरूको सरसफाइमा कडाइ गरिएको छ ।

शैक्षिक गुणस्तर पनि सुध्रिएको देखिएको छ । पहिलो आन्तरिक परीक्षामा विद्यार्थीहरूले राम्रो नतिजा ल्याएको प्रधानाध्यापक वीर बहादुर तामाङले बताए ।

“विद्यालयमा सुधार्नुपर्ने र गर्नुपर्ने कामहरू धेरै थिए र छन् । हामीले सुरु गरेका छौँ । विद्यालयलाई प्रविधिमैत्री बनाउने, विद्यार्थीहरूको पोसाकमा एकरूपता ल्याउने, सरसफाइ, विद्यालयमा विद्यार्थीहरूको नियमितता कडाइ, शिक्षण सिकाइ, अभिभावकलाई सचेत पार्ने लगायत काम गरेका छौँ”, प्रधानाध्यापक वीर तामाङले भने, “म एक शिक्षक, प्रधानाध्यापक मात्रै होइन, यहाँको एक सचेत अभिभावक पनि हो । विद्यालयलाई नयाँ उचाइमा पुर्‍याइ छाड्ने योजना अनुरूप काम गरिहरेको छु ।”

भवन तथा फर्निचरको अभाव झेल्दै

भुइँमा बसेर पढ्दै विद्यार्थीहरू ।

विद्यालयमा अहिले चार वटा भवन र नौ वटा कोठा छन् । तीन वटा भवन विभिन्न गैरसरकारी संस्थाहरूकाे सहयाेगमा बनेका हुन् । शिशु कक्षादेखि ८ कक्षासम्मको लागि नौ वटा कक्षाकोठा नै आवश्यक पर्दछ । कक्षाकोठाको अभावमा शिशु कक्षा र कक्षा एकलाई एकै ठाउँमा राखेर पढाउनुपर्ने बाध्यता छ । त्यसैगरी कक्षा सातलाई पनि पुस्तकालय कोठामा राखेर पढाउनुपरेको छ । फर्निचरको अभावका कारण कक्षा १, ६ र ७ लाई भुईँमा राखेर पठनपाठन गराइरहेको अवस्था छ ।

विद्यालयमा कक्षाकोठाको अभाव भएको विषयमा पटक–पटक पहल गर्दा पनि सुनुवाइ नभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल तामाङले बताए ।

बाबुलाल तामाङ, अध्यक्षः विव्यस, श्री जरुङ सिम्टार आधारभूत विद्यालय ।

“६ दशक लामो इतिहास बोकेको विद्यालयमा अझै पनि विद्यार्थीहरू एकै कोठामा कोच्चिएर भुईँमा बसेर पढ्न बाध्य छन्”, अध्यक्ष तामाङले भने, “हामीले पटक–पटक भनेका छौँ, गाउँपालिका र प्रदेशमा धेरै पटक पुग्यौँ, भन्यौँ तैपनि बजेट विनियोजन भएन ।”
पुरानो भवनको एउटा कोठालाई कार्यालय बनाइएको छ । पानी पर्दा पानी चुहिन्छ । राम्रो दराज टेबुल छैन ।

“बर्खामा पानी चुहिएर बिजोग बनाउँछ । अहिले कम्प्युटर प्रिन्टर कसरी जोगाउने भन्ने चिन्ता छ । अन्य कागजातहरू पनि नष्ट हुने डर छ । कार्यालयभित्र पनि प्लास्टिकले छोपेर राखेका छौँ”, प्रधानाध्यापक वीर बहादुर तामाङले भने ।

वडाकाे शैक्षिक गुणस्तर सुधार्न याेजनासहित अगाडि बढ्दै छाैँः वडाध्यक्ष जीवन सिं तामाङ 

जीवन सिं तामाङ, वडाध्यक्ष, बेनीघाट राेराङ-१, धादिङ ।

बेनीघाट राेराङ-१ का वडाध्यक्ष जीवन सिं तामाङले वडाका विद्यालयरूकाे शैक्षिक गुणस्तर अभिवृद्धिका लागि याेजनावद्ध ढङ्गले अघि बढिरहेकाे बताए । शैक्षिक गुणस्तर उकास्न विव्यस, शिक्षक र अभिभावकबीचकाे दुरी छाेट्याउने, अनुगमनलाई व्यापक बनाउने, विद्यालयकाे भवन, कक्षाकाेठा, फर्निचर लगायत भाैतिक स्राेत तथा साधनकाे व्यवस्थाकाे लागि पहल गरिरहेकाे उनले बताए ।

गुणस्तर बढाउन भाैगाेलिक विकटता र अन्य विकासका पूर्वाधारहरूकाे असुविधाका कारण शिक्षकहरू लामाे समय बस्ननसक्नु, सामाजिक चेतनाकाे कमी लगायतका चुनाैतिहरू सामाना गरिरहेकाे वडाध्यक्ष तामाङले बताए ।

शिक्षकहरूलाई टिकाउन गाउँपालिका शिक्षा समितिले नियम बनाइरहेकाे पनि उनले जानकारी दिए ।

तस्बिरः चन्द्र तामाङ/हिमाल दर्पण 

भिडियो

सम्बन्धित समाचार