लोकप्रिय गायिका इन्दिरा जोशी आज वैवाहिक बन्धनमा बाँधिदैछिन्
काठमाडाैं । लोकप्रिय गायिका इन्दिरा जोशी आज वैवाहिक बन्धनमा बाँधिदैछिन् । उनी प्रेमी शरद केडियासँग वैवाहिक बन्धनमा बाँधिन लागेकी हुन् । अहिलेसम्म वैवाहिक समारोह आयोजना हुने स्थानको बारेमा भने जानकारी दिइएको छैन ।
सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आइतबार गायिका जोशीले विवाहको मिति तोकिएको कार्ड सार्वजनिक गरेकी थिइन् । साथै आइतबार उनको हल्दी कार्यक्रम समेत आयोजना भएको थियो । सामाजिक सञ्जालमार्फत सोमबार उनले हल्दी समारोहका केही तस्बिर समेत सार्वजनिक गरेकी थिइन् ।
दुई वर्षदेखि प्रेममा रहेका इन्दिरा र शरदको जोडीले गत वर्ष सगरमाथाको नाम्चेमा पुगेर इन्गेजमेन्ट गरेका थिए । हेलिकोप्टर मार्फत नाम्चे गएर इन्गेजमेन्ट गरेको खबर सो समयमा निकै चर्चाको विषय बनेको थियो ।
शरद केडिया फेसन डिजाइनर रहेका छन् ।