शनिबार , भाद्र २७, २०८३

सम्बन्धको महत्त्व बोकेको चलचित्र ‘जुग जुग जियो’को ट्रेलर सार्वजनिक

राज मेहताको निर्देशनमा तयार भएको चलचित्रमा सम्बन्धको महत्त्व, अहिलेको समयमा बढिरहेको सम्बन्ध विच्छेदको कुरा आदि कुरा समेटिएको छ

image

काठमाडौं । बलिउड चलचित्र ‘जुग जुग जियो’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रमा अनिल कपुर, वरुण धवन, कियारा आडवाणी, नितु कपुर, मनिष पौल, प्राजक्ता कौल आदि कलाकारहरूको अभिनय रहेको छ ।

पारिवारिक कथामा आधारित चलचित्रमा अनुराग सिंहको कथा रहेको छ भने पटकथा र संवाद रिशव शर्माको रहेको छ । राज मेहताको निर्देशनमा तयार भएको चलचित्रमा सम्बन्धको महत्त्व, अहिलेको समयमा बढिरहेको सम्बन्ध विच्छेदको कुरा आदि कुरा समेटिएको छ ।

भारतको पटियाला क्षेत्रको कथा रहेको चलचित्र २४ जुन २०२२ बाट प्रदर्शनमा आउनेछ ।

भिडियो

Tags:

सम्बन्धित समाचार