मंगलबार एक विज्ञप्ति जारी गर्दै सिरोहियाले आफू र कान्तिपुरमाथि रास्वपाका सभापति लामिछानेले गत आइतबारको पत्रकार सम्मेलनमा लगाएका आरोप पुष्टि गर्न चुनौती दिएका हुन् ।
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका पूर्व उपप्रधान तथा गृहमन्त्री रबी लामिछानेले लगाएका आरोपहरू पुष्टि गर्न चुनौती दिएका छन् ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै सिरोहियाले आफू र कान्तिपुरमाथि रास्वपाका सभापति लामिछानेले गत आइतबारको पत्रकार सम्मेलनमा लगाएका आरोप पुष्टि गर्न चुनौती दिएका हुन् ।
लामिछानेले नेपाली सञ्चारजगत र सञ्चारकर्मीविरूद्ध विषबमन गर्ने शैलीमा जथाभावी निराधार लाञ्छनाहरू लगाएको भन्दै सिरोहियाले खेद प्रकटसमेत गरेका छन् ।
‘उहाँले सम्मानित सर्वोच्च अदालतले नागरिकता मुद्दामा आफूलाई दोषी ठहर गर्दै पदमुक्त गरेकामा वा त्यसपश्चात् गैरसांसदका रूपमा पुनः गृहमन्त्री बन्न नपाएकामा झोंक पोख्नुभएको होला,’ विज्ञप्तिमा भनिएको छ, ‘कारणहरू जे–जे होऊन्, उहाँले आफ्ना गल्ती–कमजोरी ढाकछोप गर्न वा त्यससम्बन्धी समाचारहरू आउन नदिन समग्र नेपाली मिडियाको प्रतिष्ठा र विश्वसनीयतामाथि जसरी सुनियोजित प्रहार गर्न खोज्नुभएको छ, त्यो हामी स्वतन्त्र प्रेस र लोकतन्त्र पक्षधर जोकसैलाई पनि सह्य हुने छैन ।’
सिरोहियाले आफूमाथि लामिछानेले लगाएका आरोपबारे ५ बुँदामा जवाफसमेत दिएका छन्। ‘के रवि लामिछानेले पनि नागरिकता, दोहोरो पासपोर्ट र दोहोरो राष्ट्रियतालाई लिएर आफूमाथि उठेका तमाम प्रश्नहरूको साँचो जवाफ दिन सक्नुहुन्छरु,’ उनले भनेका छन्।
उनले कुनै पनि पत्रकार वा कर्मचारी तथा कार्यालयमाथि भौतिक आक्रमण भए त्यसको जिम्मा लामिछाने र रास्वपाले लिनुपर्ने पनि बताएका छन् ।
‘लामिछानेले धम्की दिएझैं हाम्रा कुनै पनि पत्रकार वा कर्मचारी अथवा कार्यालयमाथि कुनै पनि किसिमको भौतिक आक्रमण गरियो भने त्यसको जिम्मा उहाँ र उहाँकै पार्टीले लिनुपर्नेछ,’ सिरोहियाले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्ति:


