मंगलबार , साउन १२, २०८३

३९ वर्षकी महिलाको ४४ वटा सन्तान

image

काठमाडौं । मरियम नाबातन्जीले १२ वर्षको उमेरमा बिहे गरेकी थिइन् । त्यसलगत्तै उनले १३ वर्षकै उमेर देखि बच्चा जन्माउन थालिन् । पछिल्लो २६ वर्षमा उनले झन्डै ४ दर्जन सन्तान जन्माइसकेकी छिन् । विवाह गर्दा उनी आफैं बाल्यकालमा थिइन् तर उनको लोग्नेको उमेर ४० वर्ष थियो ।

यो दुनियाँ आश्चर्यले भरिएको छ । यस्तै आश्चर्यको एउटा उदाहरण पछिल्लो समय उनी बनेकी छिन् । ३९ वर्षकी उनले अहिलेसम्म ४४ वटा सन्तान जन्माइसकेकी छिन् । तीमध्ये ३८ जना अहिले पनि जीवितै छन् भने ६ जनाको मृत्यु भैसकेको छ । संसारकै जब्बर ती महिला युगान्डाकी हुन् ।

३९ वर्षको उमेरमा ३८ वटा सन्तान हुनु सामान्य कुरा होइन । उनका ती सन्तानमध्ये धेरै जुम्ल्याहा छन् । उनले ६ पटक जुम्ल्याहा, चारपटक तिम्ल्याहा तथा तीनपटक चम्ल्याहा सन्तान सम्म जन्माएको बताइएको छ ।

सम्बन्धित समाचार

विश्वकै विशाल गुफा ‘हाङ सोन डोङ्ग’का आश्चर्यजनक तथ्यहरू

यो गुफा यति विशाल छ कि, जसकाे भित्र थुप्रै थुप्रै ४० तल्ले घरहरू बनाउन सकिन्छ ।

हुलाक टिकटको रहस्यमय कथाहरू

हुलाकको पहिलेको टिकट आजको जस्तो टाँसिने थिएन । पत्रहरूमा केवल तारीखको छाप रहन्थ्यो । त्यसलाई 'विशप मार्क' भनिन्थ्यो ।

त्यो पहिलो प्रेमपत्र जसमा पहिलोपटक ‘तिम्रो भेलेन्टाइन’ लेखिएको थियो..

६०० वर्ष पुरानो प्रेमपत्र यसरी सुरक्षित राखिएको छ । आजका प्रेमिल जोडीको प्रेम पनि यसरी नै अमर रहुन् ।