hacklink betebet betebet giriş betebet mobil interbahis interbahis giriş interbahis mobil vidobet güncel vidobet giriş vidobet vidobet güncel giriş piabet vidobet vidobet giriş piabet giriş vidobet güncel vidobet güncel giriş piabet mobil zirvebet zirvet giriş zirvebet güncel portobet zirvebet güncel giriş portobet giriş portobet mobil anadoluslot anadoluslot giriş anadoluslot güncel anadoluslot güncel giriş milosbet galabet milosbet giriş galabet giriş milosbet güncel galabet mobil milosbet güncel giriş interbahis betasus interbahis giriş betasus giriş betasus güncel interbahis mobil betasus güncel giriş vidobet vidobet giriş vidobet güncel giriş vidobet güncel betebet betebet giriş betebet mobil kingroyal kingroyal giriş kingroyal güncel giriş kingroyal kingroyal giriş kingroyal mobil betparagon betparagon giriş betparagon güncel giriş betparagon betparagon giriş betparagon güncel giriş vevobahis vevobahis giriş vevobahis güncel vevobahis güncel giriş vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş meybet meybet giriş meybet güncel giriş meybet mobil casinolevant casinolevant giriş casinolevant güncel casinolevant güncel giriş wbahis wbahis giriş wbahis güncel wbahis güncel giriş vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş betasus betasus giriş betasus güncel betasus güncel giriş piabet piabet giriş piabet güncel giriş piabet güncel betlike betlike giriş betlike güncel betlike güncel giriş casinovale casinovale giriş casinovale güncel casinovale güncel giriş kingroyal kingroyal giriş kingroyal güncel kingroyal güncel giriş interbahis interbahis giriş interbahis güncel interbahis güncel giriş jojobet jojobet giriş jojobet güncel jojobet güncel giriş vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş casinolevant casinolevant giriş casinolevant güncel casinolevant güncel giriş kingroyal kingroyal giriş kingroyal güncel giriş kingroyal mobil adres wbahis wbahis giriş wbahis güncel wbahis güncel giriş kingroyal kingroyal giriş kingroyal güncel giriş kingroyal mobil adres kingroyal kingroyal giriş kingroyal güncel giriş kingroyal mobil adres casinolevant casinolevant giriş casinolevant güncel casinolevant güncel giriş vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş idata betasus betasus giriş betasus güncel giriş betasus güncel giriş casinolevant casinolevant giriş casinolevant güncel casinolevant güncel giriş orisbet orisbet giriş orisbet güncel orisbet güncel giriş interbahis interbahis giriş interbahis güncel giriş interbahis mobil interbahis interbahis giriş interbahis güncel giriş interbahis mobil

शनिबार , फागुण २३, २०८२

हुलाक टिकटको रहस्यमय कथाहरू

हुलाकको पहिलेको टिकट आजको जस्तो टाँसिने थिएन । पत्रहरूमा केवल तारीखको छाप रहन्थ्यो । त्यसलाई 'विशप मार्क' भनिन्थ्यो ।

image

  • अनु. सुश्री शान्ता न्यौपाने

टिकटको संग्रह र यसको प्रदर्शन पाश्चात्य देशमा सांस्कृतिक जीवनको एक अंग भएको छ । त्यहाँ टिकटको संग्रह र वर्गीकरणको एउटा शास्त्र नै बनेको छ । त्यस शास्त्रलाई फिलाटेली भनिन्छ ।

फिलाटेली कसरी र कहाँ प्रारम्भ भयो यसको इतिहास प्रशस्त चाखलाग्दो छ । ब्रिटेनकी एउटी बुढी आइमाईको मनमा आयो- आफ्नो घरको ढोकामा हुलाक टिकट लगाएर सिंगार्ने । उसले खबर कागजमा यसको लागि विज्ञापन दिई । यो विज्ञापन पढेर अरू पनि कतिलाई टिकट संग्रह गर्ने इच्छा भयो । विस्तार विस्तार यो इच्छा सोखको रूपमा परिवर्तन भयो । तर आज यस सोखको जुन व्यावसायिक रूप प्राप्त भएको छ, त्यसको श्रेय वजेर लेवरां नामक युवकलाई छ । लेवरांले सन् १८६१ मा त्यसबेला संसारमा प्रचलित समस्त हुलाक टिकटको सूची बनाएको थियो।

हुलाकको पहिलेको टिकट आजको जस्तो टाँसिने थिएन । पत्रहरूमा केवल तारीखको छाप रहन्थ्यो । त्यसलाई ‘विशप मार्क’ भनिन्थ्यो । किनभने त्यसलाई सन् १६६१ मा इंग्ल्यान्डको तत्कालीन पोष्ट माष्टर जनरल हेनरी विशपले चलाएको थियो । त्यति बेला टिकटको मूल्य चिठ्ठीको योजनअनुसार नभएर चिट्ठी पुग्ने ठाउँको दूरीको अनुसार धेरै वा कम्ति हुन्थ्यो । सन् १८४० को छेउछाउ बेलायमा हिल नामको व्यक्तिले सबै चिठ्ठीमा एक पेनीको टिकट लगाउने आन्दोलन चलाए । अनि त्यसै सालको महिनामा एक पेनिको टिकट छापियो । यसमा महारानी विक्टोरियाको मूर्ति थियो । सन् १८५० देखि अरू देशले पनि इंग्ल्यान्डको अनुकरण गर्यो । अब त प्रत्येक देशको अलग-अलग टिकट छापिएको छ ।

टिकटको मुख्य दाम चाहिँ जतिसुकै होस्, जुन टिकट जति नै दुष्प्राप्य होस्, त्यसको दाम टिकट संग्रहकर्ताको दृष्टिमा उतिनै बढेर जान्छ । कहिलेकहिले त एक, एक टिकटको दाम लाख, दुई लाखसम्म पनि पुग्छ । यति मात्र होइन, दुष्प्राप्य टिकट पाउनको लागि टिकटका सौखिनहरूले चोरी, खून जस्ता अपराध पनि गर्छन् । कहिले, कहिले छपाइको भूलले गर्दा कुनै एकाध टिकट गल्तिद्वारा पनि छापिन्छन् । हुलाकको दृष्टिकोणमा यो एक दोष मानिन्छ । तर टिकट संग्रहका सोखीहरू जति दाम माग्यो उति दिन तयार हुन्छन् ।

सन् १९१८ मा मेरिकामा एयरमेलको २४ सेन्ट जाने टिकट छापिएको थियो । एउटा उड्दै गरेको हवाई जहाजको चित्र त्यसमा छापिएको थियो । राव नामाक व्यक्तिले यो टिकट टाँसेर न्यूयोर्क र फिलाडेलफीयाको आफ्नो साथीलाई पत्र पठाउने निश्चय गर्यो । जुन दिन यी नयाँ टिकटको बिक्रि आरम्भ हुने दिन थियो, राव छेउकै हुलाकमा टिकट किन्न गर्यो । जब मंचका दराज खुल्यो, अनि टिकटको थान निक्सियो । रावको दृष्टिमा त्यसमाथि परेर अनुहार खुसीले फुल्यो । टिकट उल्टो छापिएको थियो । उसले टिकटको यो जम्मै थान किन्यो । फेरी जाँचको लागि यस प्रकारको अरू गलत टिकट छापिएको छ, छैन भनि अरू टिकट माग्यो । तर अरू जुन टिकट थिए ती सबै राम्रै छापिएका थिए । उसले केहि शहरको अन्य हुलाक घरमा गैर यो निश्चय गर्यो कि यस्तो गल्ती अरू टिकटमा छैन । घर आएर रावले त्यो थान आफ्नो एक संग्रही साथीलाई देखायो । विस्तार, विस्तार खबर शहरभरि फैलियो । अनि सबै त्यस्तो टिकट पाउँ प्रयत्न गर्न लागे । रावले विचार गर्यो यी टिकटमा प्रशस्त पैसा पाउन सकिन्छ । एक व्यवसायी त्यस थानको निम्ति ५०० डलर दिन तयार भयो । तर रावलाई विश्वास थियो उसलाई योभन्दा धेरै दाम मिल्न सक्दछ । आखिरमा त्यो थान फिलाडेलफीयाको युजिन कीनलाई १८,००० डलरमा बेच्यो ।

भारतमा पनि १८४५ मा रानी विक्टोरियाको मूर्ति भएको टिकट छापिएको थियो । त्यसमध्ये कुनैमा रानीको ब्लक उल्टो छापिएको थियो । आज यस्तो टिकटमा दाम ५,००० भन्दा पनि बढी छ (२०२५ सालमा, सन् २०१८ मा यस टिकटलाई ७० हजार पाउण्डमा लिलामीमा राखिएको थियो– सम्पादक)

रानी विक्टोरियाको मूर्ति भएको तर उल्टो छापिएको टिकट

यस प्रकारको टिकट न्युजिल्यान्डको एउटी केटीको अलवममा प्राप्त भएको थियो । अप्राप्य टिकटकको लागि खुनी खराबी हुने पनि हेर्नुहोस् । सन् १८५२ मा एक टिकट संग्रही गेस्टन लिओरांलाई उसको घरमा नै हत्या गरियो । प्रहरीले प्रशस्त खोज जाँच छानवीन गरेर पनि हत्याको कुनै कारण पाउन सकेन । प्रमाणले स्पष्ट थियो कि हत्या सम्पतिको लोभले भएको थिएन ।

त्यो हत्याको रहस्य पत्ता लगाउने काम पेरिसका अत्यन्त चतुर गुप्तचरहरूलाई सुम्पियो । अनि तीमध्ये एकले कारण पत्ता लगायो पनि । लिओरांको टिकट संग्रह हेर्दा उसलाई विचार भयो । राखिएको सबै टिकट आफ्ना ठाउँमा छन्, तर दुई सेन्टको एक हवाइन टिकट गायब छ । हावाइयान मिसिनरी नामले प्रसिद्ध यी दुई र तीन सेन्टका  दुर्लभ टिकट संसारभरि केवल बाह्रवटा प्राप्त भएका छन् ।  ती मध्ये चारवटाले फेरारी संग्रहका सोभा बढाई रहेको छ ।

अन्तमा गुप्तचरलाई निश्चय भयो कि त्यो हत्या कुनै टिकट सौखीनको नै काम हो । टिकार बेच्नेहरूसँग खोजतलाश गरियो । तर उनीहरूसँग  यो टिकट थिएन । यस अनुमान लगाइयो कसैद्वारा आफ्नो टिकट संग्रहको लागि नै ती टिकट चोरिए । विस्तार, विस्तार थाहा भयो । हेक्टर गिरां नाम् एक व्यतिले हवाइएन् टिकट प्राप्त गर्न प्रशस्त दौडधूप गरेको थियो । गुप्तचर पुलिसले हेक्टरसँग परिचय बढाएर बडो ठुलो उपायले उसको मुखबाट यो कबुल गएर कि दुई सेन्टको एक हवाइएन् टिकार ऊसँग छ । भोलिपल्ट नै उसलाई पकडियो । उसले स्वीकार गारो लेवारां कुनै पनि शर्तमा त्यो तिअक्त दिन मन्जूर थिएन । यसैले उसलाई यो भयंकर तरिका अपनाउनु पर्यो । कतिपल्ट टिकट संग्रहकर्ता कुनै टिकट प्राप्त गर्न या बचाउनलाई ठूला-ठूला खतराको सामना गर्दछन् । तर पनि भाग्यले उनीहरूलाई धोका दिन्छ ।

रूसको राजकुमारसँग सम्बन्धित प्रिन्स आल्डनवर्गको टिकट संग्रह बेजोडको थियो । जब रूसमा १९६७ मा राज्य क्रान्ति भयो, ओल्डनवर्गले देश छोडेर स्वीडेन भाग्ने तारतम्य मिलायो । ऊ आफ्नो टिकट संग्रह पनि लिएर जान चाहन्थ्यो । तर यो लिएर हिंडनु जोखीम थियो । जो देश त्यागी मूल्यवान् चीज लिएर त्यो पकडा खाएमा फाँसी दिइन्थ्यो । अन्तमा ओल्डनवर्गले आफूसँग रहेको अत्यन्त कीमती टिकट लिएर जाने निश्चय गर्यो । यसमा १८६१ को ‘प्रिमीयर ग व्यूअर्स’ टिकट पनि थियो । ओल्डनवर्गले टिकटहरू कोटको कलरमा लुकायो । स्वीडेनमा उसले बिर्स्यो कि आफ्नो कोटको कलरमा टिकटहरू छन् र कोट उसले एक शरणार्थीलाई दियो । शरणार्थीले कोट अल्टर गर्न दमाईलाई दियो । उसले टिकट देख्यो । अनि टिकार शरणार्थीलाई फर्कायो । शरणार्थीले टिकट आफ्नो छोरालाई दियो । छोराले करीब १५ वर्षपछी एक प्रसिद्ध संग्रहकर्तालाई ती टिकटहरू दिए। आखिरमा टिकटको दाम ५२५ पाउन्ड प्राप्त भयो । 

स्वीडेनले १८७२ मा टिकटको एक तालिका निकाल्यो । १८७६ मा टिकटको पुन: मुद्रण गरियो । तब त्यसमा भूलले २ संख्याको बद्लामा ३० छापियो । यी टिकटको लागि मान्छेमा निकै होड चल्यो । आज यस्तो टिकटको कम्तिमा ५० पाउण्ड पर्छ । एक संग्रहकर्ताले प्रशस्त प्रयत्नपछी टिकट नपाउँदा दाम दिएर किन्यो । त्यो टिकट धुने उद्देश्यले उसले टिकटलाई पानीको गिलासमा हाल्यो । बस्दाबस्दै उसलाई निद्रा लाग्यो । जब निद्रा हरायो, त्यति बेला उसलाई तिर्खा लागिरहेको थियो । उसले पानी भएको त्यहीं गिलास समातेर एकै खेपमा स्वाट्ट पियो । जब उसलाई टिकटको स्म्ह्हना भयो, त्योभन्दा अघि नै पानी सँगसँगै त्यो टिकट पनि उसको पेटमा गई सकेको थियो ।

यो भन्दा दु:खद घटना छ, लार्ड कार्लटनको- जो टिकटको सार्है सोखिन थिए । टिकटको सिलसिलामा जब उनी हालिउड पुगे, तब त्यहाँको एक सुन्दर अभिनेत्री नेवेरासँग उनको प्रेम भएर एक हप्तामा बिहे गरेर लन्डन पुगे । केहि समयको निमित्त कार्लटन कतै बाहिर गए । उनी गएपछि नेवेराले साथीहरूलाई चिट्ठी लेखी । उसलाई टिकटको आवश्यकता थियो । तर हुलाक घर त्यहाँबाट तीन, चार मील टाढा थियो । आखिर उसको मगजमा एक मौलिक कुरा आयो । तिनले आफ्नो पतिको टिकटको अलबम देखेकी थिइ । त्यो अलबमबाट आफूलाई मन परेको टिकट निकालेर ती पत्रहरूमा लगाएर नजिकैको पत्र मन्जुषामा हाली । जब कार्लटन घुमेर आयो । उसलाई कुनै कारणवश आफ्नो टिकटको अलबम हेर्न पर्यो । टिकट नदेखेर उसले घरमा जुन ताण्डव मच्चायो ती बिचारी नवराको स्मरणदेखि बाहिर थियो । सुन्दर पत्नीको मौलिक बुद्धि कार्ल्रटनको लागि सार्है असुन्दर साबित भयो । उसले टिकट कयौं हजारमा किनेको थियो । 

हिन्दी डाइजेस्ट १९५९ को पेज ९९ बाट साभार गरि अनुदित गरिएको यस लेख हुलाक शिक्षण केन्द्रद्वारा प्रकाशित हुलाक (वर्ष ६, गृष्म २०२५, पूर्णाङ्क २१) बाट साभार गरिएको हो- सम्पादक ।  

सम्बन्धित समाचार