hacklink betebet betebet giriş betebet mobil interbahis interbahis giriş interbahis mobil vidobet güncel vidobet giriş vidobet vidobet güncel giriş piabet vidobet vidobet giriş piabet giriş vidobet güncel vidobet güncel giriş piabet mobil zirvebet zirvet giriş zirvebet güncel portobet zirvebet güncel giriş portobet giriş portobet mobil anadoluslot anadoluslot giriş anadoluslot güncel anadoluslot güncel giriş milosbet galabet milosbet giriş galabet giriş milosbet güncel galabet mobil milosbet güncel giriş interbahis betasus interbahis giriş betasus giriş betasus güncel interbahis mobil betasus güncel giriş vidobet vidobet giriş vidobet güncel giriş vidobet güncel betebet betebet giriş betebet mobil kingroyal kingroyal giriş kingroyal güncel giriş kingroyal kingroyal giriş kingroyal mobil betparagon betparagon giriş betparagon güncel giriş betparagon betparagon giriş betparagon güncel giriş vevobahis vevobahis giriş vevobahis güncel vevobahis güncel giriş vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş meybet meybet giriş meybet güncel giriş meybet mobil casinolevant casinolevant giriş casinolevant güncel casinolevant güncel giriş wbahis wbahis giriş wbahis güncel wbahis güncel giriş vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş betasus betasus giriş betasus güncel betasus güncel giriş piabet piabet giriş piabet güncel giriş piabet güncel betlike betlike giriş betlike güncel betlike güncel giriş casinovale casinovale giriş casinovale güncel casinovale güncel giriş kingroyal kingroyal giriş kingroyal güncel kingroyal güncel giriş interbahis interbahis giriş interbahis güncel interbahis güncel giriş jojobet jojobet giriş jojobet güncel jojobet güncel giriş vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş casinolevant casinolevant giriş casinolevant güncel casinolevant güncel giriş kingroyal kingroyal giriş kingroyal güncel giriş kingroyal mobil adres wbahis wbahis giriş wbahis güncel wbahis güncel giriş kingroyal kingroyal giriş kingroyal güncel giriş kingroyal mobil adres kingroyal kingroyal giriş kingroyal güncel giriş kingroyal mobil adres casinolevant casinolevant giriş casinolevant güncel casinolevant güncel giriş vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş idata betasus betasus giriş betasus güncel giriş betasus güncel giriş casinolevant casinolevant giriş casinolevant güncel casinolevant güncel giriş orisbet orisbet giriş orisbet güncel orisbet güncel giriş interbahis interbahis giriş interbahis güncel giriş interbahis mobil interbahis interbahis giriş interbahis güncel giriş interbahis mobil

शनिबार , फागुण २३, २०८२

ओम शब्दको वास्तविक अर्थ

विशेष कारणले पशुपति मन्दिर भित्र प्रवेश गर्न पाएका एक स्थानीयको अनुसार भित्र मन्दिरको ढोकाको दायाँबायाँ लोकेश्वरको मूर्तिहरू छन् । जुन मूर्तिहरू बाहिरबाट देखिँदैन ।

image

– प्रकाश शाक्य

(यो लेख विशेष गरेर बौद्धहरूले अलि संयतता साथ पढ्नु होला । किनभने ब्रह्मा, लक्ष्मी, सरस्वती, काली, भगवती, तारा, महादेव आदि देवदेवीहरूको ऐतिहासिकता खुलाउनु बाँकी नै छ ।)

ॐ ब्राह्मी लिपिको ओम अक्षर हो । ओ र म को बिचको तीन धर्केले ओ शब्द अलि लामो उच्चारण (महाप्राण) गर्नुपर्नेको चिन्ह हो । यो ब्राह्मी लिपिको ओम शब्द कुनै ग्रन्थबाट नभई गुगलबाट लिएको हो । ब्राह्मी लिपिमा यो शब्द हुनुले यसले यसको प्राचीनता देखाउछन् । हुन त मको (४) माथि एक धर्का नहुनुपर्ने हो तर यहाँ के कारणले राखेको थाहा भएन । धेरै धर्ममा ओम (ॐ,ओं ) एक पवित्र शब्द हो । ओम शब्द यो ब्रह्माण्डको पहिलो आवाज रे । आध्यात्मिक महाविद्धानदेखि साधारण मानिसहरूले समेत कसैले कसैको खण्डन नगरी आआफ्नै किसिमले यसको अर्थ, महिमा वर्णन गर्दै आइराखेका छन् । यसरी एकरूपता नहुनुको मुख्य कारण के यसको वास्तविक अर्थ थाहा नहुनाले हो  ?

धेरैको यो धारणा छ कि अ , उ र म अक्षर पछि गएर ओम शब्द बन्न गएको हो । यो पुरा गलत छ । कारण यस क्षेत्रको प्राचीन लिपि, ब्रह्माले सिर्जना गरिएको ब्राह्मी लिपिमा ओ शब्द छन् । यदि ब्राह्मी लिपिमा ओ शब्द नभएको भए त्यसो मान्न सकिन्छ ।

विभिन्न धार्मिक ग्रन्थहरू र शब्दकोश अनुसार ओम शब्दको अर्थ दुई किसिमले दिइराखेका छन्;

१) बुद्धकालभन्दा अगाडि – यो कालमा ओमको अर्थ ब्रह्मा र विष्णुलाई एकैपल्ट सम्बोधन गर्नु, बोलाउनु, आह्वान गर्नु, आराधना गर्नु (addressing, calling of compassion) हो ।

२) बुद्धकालपछि – यस कालदेखि हालसम्म ओमको अर्थ ब्रह्मा, विष्णु साथमा शिवलाई( the union of three god ) समेत बोलाउने, आह्वान गर्ने, आराधना गर्नु हो ।


१) ब्रह्मा, विष्णु र महेश्वर एक व्यक्तिको तीन रूप हो । त्यसो भए बुद्धकाल भन्दा अगाडि ओम शब्दमा महेश्वरको नाम किन समावेश गरेन त ?

यो संसार सिर्जना गर्ने भन्ने ब्रह्माको वास्तविक ऐतिहासिकताबारे धेरैलाई अज्ञान नै छन् । ब्रह्मा एक विशेषण नाम हो जसको अर्थ शब्द अनुसार अर्थ जान्ने । सर्वज्ञान सम्पन्न र सर्वशिल्प सम्पन्न र वेदमा वर्णन गरिएको ब्रह्माको एउटै मुख्यकार्य भनेको ब्राह्मी लिपि सिर्जना गर्नु हो । तर यी ब्रह्मालाई जस भन्दा अपजस धेरै खेप्नुपर्‍यो । त्यही कारण आफैले सिर्जना गरेको लिपिलाई ब्राह्मी भनेर स्त्रीलिङ्ग नामकरण समेत गर्नुपर्‍यो । यस्तै धेरै अपजसले गर्दा ऊ आफ्नो भूमिमा फिर्ता नभै पूर्वकाहरू उसलाई उतै लगियो र अन्त पनि उतै भयो । जम्मै देवताको नाममा विशेष दिन छन् तर ब्रह्मा देवताको कुनै एक विशेष दिन नहुनु कारण यसको अन्त आफ्नो भूमिमा नभै अन्त भएकाले हो । ब्रह्माको अरूसँग विमति हुनुको धेरै मध्ये मुख्य कारण ज्योतिष विद्यामा (दिन गणना) हो । ब्रह्माको राम्रो सम्बन्ध भएको व्यक्ति भनेको इन्द्र हो । बेदमा ६५% इन्द्रको बयान भएको कारणै यही हो । ब्रह्माले इन्द्रकै सहयोगमा ब्राह्मी लिपि विकास गरेको हो । साथै ज्योतिष विद्यामा पनि इन्द्रले नै प्रभाव पारेको हो ।

ब्रह्मा विद्धान रूप हो । द्विविधा (दु:खी) रूप विष्णु हो भने महेश्वर जीतको रूप हो तर, यो जित आफ्नो पक्षीय मात्र जित अर्थात् यो जीतमा अरूको विमति भएकाले यो कालमा ओम शब्दको अर्थमा महेश्वरलाई समावेश गरिएन ।

२). पशुपति स्थानको ऐतिहासिकता शाक्यमुनी बुद्धदेखि सुरु हुन्छ । पशुपतिको अर्थ स्थावर जङ्गम अर्थात् चल, अचल जगतको स्वामी हो । वास्तवमा त्यो बौद्ध बिहार हो । जसको स्थानीय नाम स्वाहा हो । त्यो विहारलाई काशिकरण महेन्द्रको राज्याभिषेकमा गरेको हो । त्यस स्थानको स्वरूप फेरेकोमा महेन्द्र राजा रोएको भनेर वर्णन छन् । १४ औँ शताब्दीको एक तिब्बती ग्रन्थमा पनि त्यो स्थान शाक्यमुनी बुद्धसँग नै सम्बन्धित छन् भनेर लेखिराखेका छन् । बुद्धकालको पवित्र वस्तुलाई १२ औँ शताब्दीका मुसलमानहरूले यहाँ आक्रमण गर्दा तरबारले तीन टुक्रा पारेको भनेर वर्णन छन् । हालको त्यसपछि स्थापना गरिएको हो । पशुपति मन्दिर दुई तहको मन्दिर हो अर्थात् भित्रको मन्दिर छोपेर बाहिर अर्को मन्दिर बनाएको हो । विशेष कारणले मन्दिर भित्र प्रवेश गर्न पाएका एक स्थानीयको अनुसार भित्र मन्दिरको ढोकाको दायाँबायाँ लोकेश्वरको मूर्तिहरू छन् । जुन मूर्तिहरू बाहिरबाट देखिँदैन ।

नेपाल माहात्म्य अनुसार पशुपति त्यस स्थानमा रहेकोले नै महादेव (शिव) त्यस स्थानमा आउनु भएको हो अर्थात् महादेव यस स्थानमा आउनु भन्दा अगाडि नै त्यहाँ पवित्र पशुपति स्थान भइसकेको थियो । वास्तवमा त्यस स्थानको पवित्रता बनाउन बुद्धको सँगसँगै शिवको पनि ठुलो योगदान छन् । बुद्ध र शिव समकालीन हो । यसकारण विरुपाक्षको कथामा बुद्ध र शिव सँगसँगै देखा परेका हुन । बुद्ध धर्मको महायान धर्मको विकासमा महादेवको पनि ठुलो योगदान भएकोले पछि आएर ओम शब्दले ब्रह्मा, विष्णु र शिव पनि समाहित गरियो । महायान ग्रन्थमा महादेवलाई अर्कै नाममा सम्बोधन गरिराखेको हुनाले बौद्धहरूले शिवलाई अर्कै धर्मको रूपमा हेर्ने गरिराखेका छन् । उपत्यकाका धेरै शाक्यहरूको साथै महर्जनहरूको कुलदेवता दुम्जाको महादेव हुनुको कारण त्यही हो । स्थानीयहरूले मनाउने पाँहाचर्हेमा पूजा गर्ने लुकुमाद्य: पनि यहीँ महादेव नै हो । यो संस्कृति विरुपाक्षलाई महादेवले गलत सल्लाह दिएको कारणले गर्दा उसले लखेट्न आउँदा स्थानीयहरू कहाँ लुकाएर बचाएको प्रतीक हो ।

धेरैलाई माथिको कुरा अपाच्य हुन्छ । यी हुनुको मुख्य कारण यिनीहरू ब्रह्मा र शिवको वास्तविक जीवनीलाई धेरै टाढा राख्नाले हो । वास्तवमा ब्रह्मा भन्ने वास्तविक व्यक्ति को हुन भन्ने खुलासा संस्कृत श्लोकहरूमा यत्रतत्र छन् ।

उपनिषद ग्रन्थ – विदेशीहरूको अनुसार ओम शब्द सबैभन्दा पहिला उपनिषदमा Mystic Monosyllable को रूपमा देखा परेको हो ।उपनिषद वेदको सार हो । यो ग्रन्थलाई लिएर यसरी वर्णन गरिराखेका छन् – उपनिषदको अर्थ गुरुको चरण नजिक आसनमा बस्नु हो । यस ग्रन्थमा जीवनको सबैभन्दा गूढ विषयमा छलफल गरिएको हुनाले यस्लाइ रहस्य विद्या भन्दछन् । उपनिषद हिन्दु र बौद्धको अध्यात्म दर्शनको आधार भएकोले यस्लाइ अध्यात्म विद्या भन्दछन् भने सुफी दर्शनमा यो ग्रन्थको प्रभाव निकै हुनाले यस्लाइ हिन्दु र इस्लाम धर्मको सेतुको रूपमा लिएका छन् ।

उपनिषद ग्रन्थ कहिले, कहाँ र कसले गरेको हो यो पूर्णतया अज्ञात छन् । अहिले जतिपनी उपनिषद मात्र होइन वेद पनि नागरी लिपिमा (देवनागरिक) लेखिएको हुनाले, जसको विकास ७ औँ शताब्दीमा भएकोले यी ग्रन्थहरूलाई त्यहाँबाट उता कुनै हालतमा पनि लानु मिल्दैन । अरू यो कुरा पनि बुझ्नु पर्दछन् कि आजकालको देवनागरिकमा लेखिएका ग्रन्थहरूको शब्द र विकसित भाषाले यी ग्रन्थहरू १३ औँ शताब्दी पछि मात्र लेखेका हुन।

नामसंगीती – बुद्ध धर्मलाई थेरवाद र महायान गरेर दुई भागमा विभाजित गरिराखेका छन् । गृहस्थी त्याग गरेर बुद्ध धर्ममा दीक्षित हुनेहरूलाई थेरवाद( हीनयान) भनिन्छन् भने गृहस्थीमा बसेर मान्नेहरूलाई महायान भन्दछन् । महायानको अर्थ बुद्ध धर्मका धेरै बाटोहरू छन् भनेको हो ।थेरवादहरूको ग्रन्थमा ओम शब्द प्रयोग छैन  । महायान ग्रन्थहरूमा भने ओम शब्दले ठुलो ठाउँ लिइराखेका छन् तर यस ग्रन्थहरूमा यो ओम नभई “ओं” भनेर आइरहेका छन् । नामसंगीती ग्रन्थलाई महायानको सबैभन्दा उच्च र पवित्र रूपमा लिइराखेका छन् । गुरु मञ्जुश्रीको ज्ञानकाय भनिराखेको यो नामसंगीती ग्रन्थको मुख्य मन्त्रमा ओम शब्द यसरी आइराखेका छन् –

“ओं वज्र तीक्ष्ण दु:खच्छेद प्रज्ञाज्ञानमूर्तये
ज्ञानकाय वागीश्वर अरपचनये ते नमः “

अर्थात् ओं बज्रजस्तो तीखो दुःखलाई नाश गर्ने प्रज्ञा ज्ञानको रूप, वागीश्वरको( मञ्जुश्री) ज्ञानकाय ती अरपचनयलाई नमस्कार !
(बौद्धहरूले अहिलेसम्म अरपचनय शब्दको वास्तविकता पत्ता लगाउन सकेको छैन)

थेरवादको मुख्य ध्येय भनेको यो संसार दुखमय छन् । बुद्ध जस्ताले त आफ्नो आमा विहीन भएर दुख देख्नु भयो भने हामीहरू जस्ताको के कुरा गर्ने ? यसकारण बारम्बार जन्म नलिई यही जुनीमा शिल पालना गर्दै निर्वाण प्राप्त गर्ने ।

यसको ठिक उल्टो महायान अनुसार हामी मनुष्यको जन्म लिएको कारण बुद्ध हुनलाई हो । यसकारण जति जन्म लिनुपर्ने भएतापनी बुद्धले जस्तै पारमिताहरू पूरा गर्दै , जगत् उद्धार गर्दै बुद्ध नै हुने कार्य गर्ने ।

नामसंगीती धर्म शाक्यमुनी बुद्धको प्रभावमा आएका त्यो बेलाका सानासाना राज्यका १३५० जना राजाहरूलाई स्वयम्भू पर्वतमा देशना गर्नु भएको हो । पछि गएर यसको नेतृत्व हालकै नेपालको सीमाना भित्रपर्ने एक शक्तिशाली सेनापति बज्रपाणिले लिनुभयो ।

नामसंगीती मञ्जुश्रीको ज्ञानकायला शाक्यमुनी बुद्धले देशना गर्नुभएको भनेतापनी यो पूरा शाक्यमुनी बुद्ध सम्बन्धी र शाक्यमुनी बुद्धको ज्ञानहरू मात्र हुन् । मञ्जुश्रीको ज्ञानकाय भनेर मायाजाल अभिसम्बोधि गाथामा माथिका एक श्लोकका साथ अरू दुई श्लोकहरू मात्र हुन् ।

नामसंगीतिको प्राचीनता – बौद्ध साहित्यमा ओम शब्द भयको नामसंगीती ग्रन्थ मञ्जुश्री र बुद्धकालको हो भनेतापनी प्रमाण स्वरूप त्यो कालको अर्थात् ब्राह्मी लिपिमा लेखिएको ग्रन्थ नभएकोले यस्लाइ त्यतिसम्म लान मिल्दैन ।

दसौँ शताब्दी ताका भुजिमोल लिपिमा लेखिएको एउटा यो ग्रन्थ जापानको म्युजियममा छ भनेर कसैले वर्णन गरी राखेकाले यस्लाइ १० औँ शताब्दीसम्म पनि लान सकिन्छन् । अहिले जति पनि हस्तलिखित वा छापेकाहरू हुन्, ती जम्मैको स्रोत तिब्बत भाषाका हुन । यो कुराले यो ग्रन्थलाई १३ औँ शताब्दी भन्दा अगाडि लान मिल्दैन ।

तर ई.६३५ ताकाका चद्रगोमिनिले नामसंगीतिका टीका अर्थात् पहिला लेखिएका यस ग्रन्थका अक्षरहरू उसले सच्याएर लेखी सकेका हुनाले प्रमाणका साथ यो ग्रन्थलाई छैटौँ भन्दा अगाडि लान सकिन्छन् ।

यहाँ यतिका लेखिएको अर्थ यो हो कि ओम शब्द पूरा बौद्ध हो । अनि माथिका जति घटनाहरू वर्णन गरी राखेका छन् ती जम्मै यसै उपत्यकामा भएका हुन् । यस्कारण सबै धर्मग्रन्थहरूमा यस उपत्यकालाई पवित्र भूमि मानिएका हुन् । (लेखकको सामाजिक सञ्जालबाट साभार)

Tags:

सम्बन्धित समाचार