अभिनेत्री मिथिला शर्मालालाई हरितारा चलचित्र पुरस्कार दिइने भएको छ
काठमाडौँ । अभिनेत्री मिथिला शर्मालालाई हरितारा चलचित्र पुरस्कार दिइने भएको छ । पुरस्कारका संरक्षक मनोज शम्शेर जबराको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेको हो ।
यो पुरस्कारको सुरुवात २०५२ सालमा समाजसेवी विजया राणा (तारा नानी)ले आफू र आफ्ना पति हरि शम्सेरको नाममा गरेकी थिइन् । अभिनेत्री शर्माको नेपाली चलचित्र क्षेत्रप्रति लामो योगदानलाई सम्मान गर्दै २०७७ सालको पुरस्कार प्रदान गर्न लागिएको आयोजकले बताएको छ ।
त्यसैगरि रङ्ग पत्रकार विदुर गिरीलाई २०७८ सालको हरितारा चलचित्र पुरस्कार दिइने भएको छ ।चलचित्र क्षेत्रको प्रवर्धनका लागि उनले दिएको योगदानलाई मध्यनजर गर्दै यो पुरस्कार उनलाई दिइन लागेको हो ।
पुरस्कार जेठको दोस्रो हप्ता वितरण गरिने बताइएको छ।