hacklink betparagon betparagon giriş betparagon güncel giriş betparagon betparagon giriş betparagon güncel giriş orisbet orisbet giriş orisbet güncel orisbet güncel giriş matadorbet matadorbet giriş matadorbet güncel giriş matadobet güncel vevobahis vevobahis giriş vevobahis vevobahis giriş vevobahis güncel vevobahis güncel giriş pulibet pulibet giriş pulibet güncel pulibet güncel giriş dedebet dedebet giriş dedebet güncel dedebet güncel giriş piabellecasino piabellecasino giriş piabellecasino güncel piabellecasino güncel giriş kingroyal kingroyal giriş kingroyal güncel piabet piabet giriş piabet güncel giriş piabet mobil betlike betlike giriş betlike güncel giriş betlike mobil betticket betticket giriş betticket güncel giriş betticket mobil meritking meritking giriş meritking güncel meritking mobil betebet betebet giriş betebet güncel giriş betbet mobil vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş casinolevant casinolevant giriş casinolevant güncel casinolevant güncel giriş pulibet pulibet giriş pulibet güncel pulibet güncel giriş casinovale casinovale giriş casinovale güncel casinovale güncel giriş kingroyal giriş kingroyal kingroyal güncel kingroyal mobil interbahis interbahis giriş interbahis güncel interbahis mobil kingroyal resmi interbahis interbahis giriş interbahis güncel vevobahis vevobahis giriş vevobahis güncel vevobahis güncel giriş meybet meybet giriş meybet güncel meybet mobil interbahis interbahis giriş interbahis mobil interbahis güncel interbahis güncel giriş kingroyal kingroyal giriş kingroyal güncel kingroyal kingroyal giriş kingroyal güncel vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş casinolevant casinolevant giriş casinolevant güncel casinolevant güncel giriş orisbet orisbet giriş orisbet güncel orisbet güncel giriş piabet piabet giriş piabet güncel giriş piabet mobil meybet meybet giriş meybet güncel giriş meybet mobil pulibet pulibet giriş pulibet güncel pulibet güncel giriş galabet galabet giriş galabet güncel giriş galabet mobil kingroyal kingroyal giriş kingroyal güncel giriş kingroyal mobil polobet polobet giriş polobet güncel giriş polobet güncel vidobet vidobet giriş vidobet güncel vidoebet güncel giriş vidobet vidobet giriş vidobet güncel vidoebet güncel giriş tlcasino tlcasino giriş tlcasino güncel giriş tlcasino mobil kingbetting kingbetting giriş kingbetting güncel kingbetting güncel giriş meritbet meritbet giriş meritbet güncel meritbet güncel giriş kingroyal kingroyal giriş kingroyal güncel kingroyal mobil vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş meritbet meritbet giriş meritbet güncel meritbet güncel giriş pulibet pulibet giriş pulibet güncel pulibet güncel giriş betasus betasus giriş betasus güncel betasus güncel giriş polobet polobet giriş polobet güncel polobet güncel giriş tlcasino tlcasino giriş tcasino mobil tlcasino güncel kingroyal kingroyal giriş kingroyal güncel kingroyal mobil meritking meritking giriş meritking güncel giriş meritking mobil pulibet pulibet giriş pulibet güncel pulibet güncel giriş betmoney betmoney giriş betmoney güncel betmoney güncel giriş realbahis realbahis giriş realbahis güncel realbahis güncel giriş holiganbet holiganbet giriş holiganbet güncel holiganbet güncel giriş interbahis interbahis giriş interbahis güncel giriş interbahis mobil interbahis güncel interbahis interbahis giriş interbahis güncel giriş interbahis mobil pulibet pulibet giriş pulibet güncel pulibet güncel giriş kingroyal kingroyal giriş kingroyal güncel giriş kingroyal mobil piabet piabet giriş piabet güncel giriş piabet mobil vevobahis vevobahis giriş vevobahis güncel vevobahis güncel giriş kingroyal kingroyal giriş kingroyal güncel kingroyal mobil tlcasino tlcasino giriş tlcasino mobil tlcasino güncel portobet portobet giriş portobet güncel giriş portobet mobil pulibet pulibet giriş pulibet güncel pulibet güncel giriş meritking meritking giriş meritking güncel meritking güncel giriş meritking adres galabet galabet giriş galabet güncel giriş galabet güncel galabet mobil

बिहिबार , फागुण २८, २०८२

चलचित्र ‘बलात्कार’ बेच्छ, दर्शक ‘सिठ्ठी’ बजाउँछन् !

वास्तवमा लाज मान्नु पर्ने विषय ‘सम्भोग’ हो या 'हिंसा’ हो ? चलचित्रमार्फत समाजमा यौन शिक्षा दिनु आवश्यक छ या हिंसा सिकाउनु जरुरी छ ?

image

चलचित्र मनोरञ्जनको उद्देश्यले मात्र बनाइएको हुँदैन । चलिचित्रले यसलाई खपत गर्ने व्यक्ति र समाजमा मनोवैज्ञानिक प्रभाव पारिरहेको हुन्छ । चलचित्र समाजमा चेतना फैलाउनका लागि थियो/हो । मलाई अझै पनि याद छ, सानोमा शनिबार साढे दुई बजे आउने बलिउडका हिन्दी चलचित्र हेरेपछि मभन्दा ठुला दाइहरूले सोध्ने गर्थेँ, ‘यो चलचित्र हेरेर के शिक्षा पाइस् ?’ त्यतीबेला यो प्रश्न मेरो लागि निकै नै अप्ठ्यारो थियो । आफ्नो चेतनाले भ्याए अनुसारको जवाफ म फर्काउँथे । उनीहरू हाँस्थे, मलाई रिस उठ्थ्यो । तर अहिले सम्झिएर ल्याउँदा रिस उठ्दैन, बरु आफैँलाई हाँसो उठ्छ ।

चलचित्र सुरु हुनुअघि सबै पात्र र घटना काल्पनिक भनिए तापनि चलचित्रको पात्र र घट्ना सँग हामी यसरी जोडिन्छौँ कि उनीहरूको दुःखमा आँसु खसाइदिन्छौँ । उनीहरूको मजाकमा हासीदिन्छौँ । उनीहरूको द्वन्द्वमा जुरुक-जुरुक उचालिन्छौँ । उनीहरूको सफलतामा ताली पिटिदिन्छौँ या सिठी बजाइदिन्छौँ । समग्रमा भन्दा हामी चलचित्रको पात्र भएर बाँच्छौँ र, लामो समय सम्म त्यसको ह्याङओभरमा रहिबस्छौँ।

ती टेलिभिजनमा आउने या सिनेमा घरसम्म पुगेर हेरिएका चलचित्रले समाजमा कसरी प्रत्यक्ष असर गर्छ भन्ने कुराको उदाहरण धेरै छन् । म स्वयम् या म जस्ता धेरैले चलचित्र हेरिसकेपछि त्यसमा भएका पात्रलाई आफूभित्र बोकेर समाजमा निस्कन्थे/निस्कन्छन् । चलचित्रका नायकले गरेका स्टन्ट, फाइटको नक्कल गर्नु या उनीहरूले लगाएको पहिरन किन्न खोज्नु यसकै उपज हो ।

त्यसैगरि, खलनायकले बोलेका डाइलगहरू बाहिर आएर दोहोर्‍याउनु अथवा कमेडियनले गरेका कमेडीहरू सम्झिरहनु, नायक-नायिकाको प्रेमबाट आफू पनि सोही शैलीमा प्रेम गर्न खोज्नुबाट पनि चलचित्रको प्रभाव मूल्यांकन गर्न सकिन्छ । बलिउड चलचित्र ‘तेरे नाम’मा अभिनेता सलमान खानले काटेको स्टाइलमा कपाल काट्ने या ‘कहो ना प्यार है’को डान्स स्टेप हुबहु नक्कल गर्न खोज्नु सानो कुरा होइन, यसले चलचित्र ‘दृश्य साहित्य’ हो भन्ने कुरालाई पुष्टि गर्दछ । राजेश हमालको डाइलग बेला-बेला भट्ट्याउने या निखिल उप्रेतीको स्टन्ट गर्न खोज्नु भनेको चलचित्र ‘अभौतिक (निर्जीव) वस्तु’ होइन भन्ने प्रमाणीकरण हो । कुनै अभिनेत्रीले चलचित्रमा लगाएको पहिरन या गहनामा सजिन खोज्नु पनि त चलचित्रलाई सजिवीकरण प्रदान गर्नु हो । लापरबाही, स्वार्थ र अज्ञानताबाट प्रताडित भएका कमजोर चलचित्रहरूले पनि मानव जीवन (समाज)मा प्रभाव छाड्छ, छाड्छ ।  ‘लहरो तान्दा पहरो आउँछ’ भने झैँ केलाउँदै जाने हो भने यसका अनेक आयामहरू अगाडी आउँछन् । तर आज म ‘प्रेम र हिंसा’ को विषयमा कुरा गर्छु ।

चलचित्र : यौन लुकाउछन्, हिंसालाई बढावा दिन्छन्

अहिलेका चलचित्रहरू प्रेम र सम्भोगका कुरामा धेरै खुल्ने गरेका छन् । यद्यपि आजभन्दा केही वर्षअघिको समय भने त्यस्तो थिएन । त्यसमा नायक नायिकाले टाउको जुधाएपछि एउटा प्रेम गीत देखाइन्थ्यो । जसलाई बिम्बात्मक रूपमा उनीहरूबिच ‘सम्बन्ध रहेको’ बुझिदिनु पर्थ्यो । या त कुनै पात्रले विवाह गरेर बेहुली भित्र्याइसकेपछि घुम्टो उघार्दा-नउघार्दै बिहानको घाम देखाउनु चलचित्रको शिष्टता मानिन्थ्यो । दुई फुल एक-आपसमा जुधेको दृश्य वा चराले चुच्चो जोडेको दृश्यबाट बुझ्नु पर्थ्यो कि उनीहरूले सम्भोग गरे । यस्तै कुनै बिम्बात्मक दृश्य प्रस्तुत गरेर प्रेम या सम्भोगलाई प्रस्तुत गरिन्थ्यो । अब तपाईँलाई लाग्ला त्यतीबेलाको समय नै त्यस्तै थियो । त्यो दृश्य सोही समय अनुसार बनाइएको थियो । अहिलेको जस्तो चेतना या अन्य कुरामा एडभान्स भइसकेको समाज थिएन भन्ने लाग्ला या मान्छेहरूमा लाज थियो भन्ने सोचाइ पनि आउला ! तर सोही चलचित्रहरूमा सँगै देखाइएका हिंसाका दृश्य याद गर्नु भएको छ ?

त्यतीबेला समाजको शिष्टता कता हरायो ? या भनौँ, त्यो समयमाथि लाद्ने आरोप कत्तिको जायज भयो ? दुई पुष्पको ठक्करबा सम्भोग बिम्बित गर्न खोजिरहेको चलचित्रमा एक या एक भन्दा बढी पुरुष पात्रले एक महिला पात्रलाई आफ्नो कामवासना लागि लखेटी-लखेटी दिएको यातनाबारे के भन्नुहुन्छ ? महिलामाथि हुने हिंसालाई आखिर किन र कसरी सहजीकरण गरियो ? त्यतीबेलाका अधिकांश चलचित्रमा जबरजस्ती करणी गरेको एउटा दृश्य राख्नु अनिवार्यता थियो। सम्भोगको साधारण दृश्य पनि नपचाउने समाजले यो कुरा भने खुल्लमखुल्ला पचाइरहेको थियो । महिला पात्रको कपडा च्यात्ने, उनीहरूको सुरुवाल खोल्ने र त्यसपछिको त्यो घिनलाग्दो दृश्य देख्दा त्यसले समाजमा कस्तो असर गर्ला या गरिरहेको छ भन्ने समेत सोचिएन । चलचित्रमै पाइन्ट खोलेर पुरुष पात्र एक्लै या सामूहिक रूपमा महिलामाथि जाइलाग्दा केहीले चुचु…… गरे होलान्, पछि नायकले बदला लिएपछि केहीले नायकलाई धन्यवाद सम्म दिए होलान् तर, अन्य केहीको मस्तिष्कमा यसले कसरी काम गर्‍यो होला ? के सिकायो होला ? यतातर्फ हामीले सोचेका छौँ ?

चलचित्र चलाउनका लागि चलचित्रमा सकेसम्म यी र यस्ता घटनालाई विभत्स रूपमा देखाइन्थ्यो/देखाइन्छ । जसलाई दर्शकले सजिलै रूपमा ग्रहण समेत गर्छन् तर, सँगै सम्भोगसम्बन्धी अलिकति मात्रै खुलेका चलचित्रलाई वहिष्कार गरिन्छ । वास्तवमा लाज मान्नु पर्ने विषय ‘सम्भोग’ हो या ‘हिंसा’ हो ? चलचित्रमार्फत समाजमा यौन शिक्षा दिनु आवश्यक छ या हिंसा सिकाउनु जरुरी छ ? केही महिना अगाडी प्रदर्शनमा आएका चलचित्रले समेत विभत्सताको ललिपप देखाएर दर्शकलाई सिनेमा घरसम्म तान्ने रणनीति अपनाएको प्रस्ट बुझ्न सकिन्छ । होइन भने चलचित्रको ट्रेलरमा तिनै दृश्यलाई प्राथमिकता दिनु जरुरी थिएन । यो परिपाटी यहीँ रोकिँदैन, यसले अझै निरन्तरता पाउने देखिन्छ ।

यौनहिंसाको सिकार भएकी हिरोइनको मानसिक अवस्थाको चित्रण खोई ?

अब यहाँ नेर अर्को एक पक्षले सम्भोग नै हेर्ने भए ‘पोर्न मुभी’ हेरे भइहाल्यो नि भन्ने खालका तर्क पनि देलान् । तर, मेरो भन्नु सम्भोगलाई जसरी बिम्बात्मक रूपमा प्रस्तुत गरियो, त्यसरी नै बलात्कारको घटना र त्यसको विभत्सतालाई किन प्रस्तुत गर्न खोजिएन ? या त्यसपछि पीडितमा पर्ने मानसिक असरबारे किन केही खुलाइएन । देखाइयो त बस्- हिरोको हिरोइजम् । उसले खलनायकलाई पिटेर लिएको बदला, जुन सामान्य रूपमा सम्भव नै छैन । अधिकांश चलचित्रमा पीडितको मृत्यु या उसले न्याय नपाएको नै देखाइन्छ । जसको उद्देश्य नै मुख्य भूमिका निभाइरहेका पात्रलाई हिरो बनाउनुमा निहित हुन्छ । ‘वास्तवमै न्याय पाउन गाह्रो छ’, ‘समाजकै ऐना देखाएको’ भन्ने तर्कहरू मनमा आउलान् तर यो (कु)तर्क हो ।

यतातर्फ कुनै फिल्ममेकरले सोचिहालेछन् भने पनि यौनजन्य हिंसाबाट प्रताडित उनले न्याय पाउन गरेको शारीरिक सङ्घर्षलाई विशेष ध्यान दिइएको पाइन्छ, त्यसको मनोवैज्ञानिक तत्त्वहरू प्रस्तुत गरिँदैन, किनभने हामीलाई झिँझो लाग्छ । उनीहरू यसरी ‘बलात्कारलाई बेच्छन् ।’

बलिउड चलचित्र ‘डर्टी पिक्चर’मा एउटा डाइलग छ ‘हिरोलाई एउटी बहिनी दिनुहोस्, उसलाई इज्जत दिनुहोस् र त्यसलाई लुट्नुहोस् । बहिनीको लुटिएको इज्जत तरबारको धारमा हुनुपर्छ, अनि बल्ल क्ल्याइम्याक्समा मजा आउँछ ।’ जसले सिधै चलचित्र चलाउनलाई कसरी बलात्कारको दृश्य चलचित्रमा राख्ने गरिन्छ भन्ने कुरा प्रस्ट पार्छ । सोही चलचित्रमा अर्को एक डाइलग छ, ‘जब सराफतको कपडा खुल्छ, तब सबैभन्दा मजा सरिफलाई नै आउँछ ।’ यो डाइलगले हाम्रो चलचित्रलाई हेर्ने मानसिकता कस्तो छ भन्ने बुझ्न कठिन नपर्ला । बनाउनेले बनाइदिए तर, खपत गर्नेको यसमा महत्त्वपूर्ण भूमिका छ । त्यसतर्फ दर्शकहरू कहिले जिम्मेवार होलान् ?

यस्ता चलचित्र त अहिले बन्न निकै कम भइसके । कम भएका हुन् । बन्द भएका छैनन् । अनि ती खपत भइसकेका र युट्युब लगायत अनलाइन माध्यम अझै हेरिइरहिएका छन् । युट्युब लगायत सार्वजनिक थलोमा ती चलचित्र रहनुको पछाडी पनि ‘सोही मानसिकता’ हाबी छ, जो बलात्कार दृश्य बेच्दा खुसी रहन्थ्यो ।

हिरोइनको भूमिका हिरोसँग प्रेम गर्नु मात्रै हो ?

यहाँ कुरा ‘बलात्कार’को मात्र होइन महिलालाई कसरी ‘वस्तुकरण’ गरिन्छ भन्ने हो । भर्खरै आएका चलचित्रमध्ये नै तपाई कुनै उठाएर हेर्नुहोस्, त्यसमा मुख्य अभिनेता ‘हिरो’ लाई प्रस्तुत गरिएको र मुख्य अभिनेत्री ‘हिरोइन’लाई प्रस्तुत गरिएको दृश्य हेर्नुहोस्, जसले मेरो कुरा बुझ्न मद्धत गर्नेछ । उडिरहेका कार, खलनायकहरूसँगको भयङ्कर द्वन्द्व या कुनै स्टन्टसँगै हिरोइज्म झल्किने सङ्गीतका साथ हिरोलाई प्रस्तुत गरिन्छ । प्राय चलचित्रमा मुख्य अभिनेत्रीको काम हिरोसँग प्रेम गर्नु मात्र हुन्छ ।

अब अभिनेत्रीलाई प्रस्तुत गर्दाको दृश्य सम्झनुहोस्, पहिला त अभिनेत्रीको अनुहार देखाइँदैन । उसको हल्लिरहेको कम्मर या नितम्बबाट क्यामेरा अघि बढ्छ । उसका तिघ्रा हुँदै स्तन र ओठलाई खिचेपछि मात्र अनुहार देखाउने पालो आउँछ । र, दृश्यसँग बज्ने सङ्गीतले त्यसमा अझ मसाला थप्ने काम गर्छ । दर्शक यिनै चलचित्र हेरेर ताली र सिठी बजाउँछन्  । हिरोको हिरोइज्ममा, हिरोइनको वस्तुकरणमा ।

वस्तुकरणको मुलभूत उद्देश्य, ‘महिलाहरूलाई केबल पुरुषले आफ्नो यौनसन्तुष्टिका लागि प्रयोग गर्ने वस्तुको रूपमा बुझ्नु र व्याख्या गर्नु हो । अमेरिकन मनोवैज्ञानिकद्वय बारबरा फ्रेड्रिकसन र टोमी–एन रोबर्टसले १९९७ को आफ्नो लेखमा यस अवधारणालाई प्रस्तुत गरेका थिए  । यौनहिंसादेखि   लिएर यौनिक टिप्पणीसम्मका विभिन्न तरिकाहरू छन्, जसले कुनै  महिलालाई उसको  व्यक्तित्वसँग अलग्याएर शरीर तथा   शरीरका अंग–प्रत्यंगहरूलाई मात्रै   एक टकले हेरिरहन्छ । यस्ता कामहरू फिल्महरूमात्रै होइन, प्राचिन कलाको इतिहास (युरोपको रेनेसाकालमा सबैभन्दा धेरै), साहित्यको इतिहास, दर्शनका इतिहासहरूमा भेटिन्छ । जहाँजहाँ पुरुषले महिलाको उपभोग गरेको छ, त्यहाँत्यहाँ महिलाको वस्तुकरण भएको छ, भइरहेको छ । यस्ता चित्र बनाउने, साहित्य लेख्ने, दर्शन प्रतिपादित गर्ने पुरुषहरू नै हुन्थे, उनीहरू ने पितृसत्तात्मक सांस्कृतिक संरचनाको आड लिएर आत्मविश्वासका साथ् खुलेआम समाजमा मान-पदवी थापिरहेका हुन्थे, जुन आज सम्म आइपुग्दा पनि रोकिएको छैन  ।

यी सब कुरालाई मनोरञ्जनको रूपमा ग्रहण गरिरहेका हामीहरू कहिलेकसो साथीभाईमाझ रुपको खिसी (बडीसेमिङ) गर्नु हुँदैन भनिरहेका भेतिन्छौँ पनि होला तर,वर्णको आधारमा, उँचाइको आधारमा र शरीरको आकारमाथि मजाक गर्नु हाम्रो नित्यधर्म बनिसकेको छ । यस धर्मले मुख्य अभिनेताले हास्य कलाकारलाई हेपेको या पिटेको देखेर नै हामीलाई हाँस उठ्ने भएको छ । कि त श्रीमती या प्रेमिका माथि गरिने अभद्र टिप्पणीमा हाम्रो ओठमा हाँसो झल्किने बनाइदिएको छ ।

अन्त्यमा, यत्रो लम्बेतान कुरा गर्नुको उद्देश्य, चलचित्रले कसरी महिलालाई बस्तुकरण गरेर आफ्नो व्यापार गरिरहेको छ भन्नु नै हो । यो बुझाउनु र देखाउनु नै हो । हामीलाई कसरी चलचित्रले गलत कुरामा मनोरञ्जन लिने बानी बसाइरहेको छ र, यसलाई आजको युगसम्म आउँदा पनि निरन्तरता दिइरहेको छ भन्ने कुरा प्रस्तुत गर्नु नै हो । अझै पनि यस्ता चलचित्रहरू बनिरहन्छन् र हामी त्यसलाई सजिलै ग्रहण गर्छौँ भने यो हाम्रो चेतनामाथि प्रश्न चिन्ह बनेर बस्नेछ ।

महिलालाई मूख्य भूमिकामा राखेर या कुनै अमुक व्यक्तिको बायोग्राफीमा आधारित कथामा चलचित्र नबनेका भने होइनन् । ती मध्ये अधिकांश चलचित्र हेर्न दर्शक सिनेमा घरसम्म जाँदैनन् । उनीहरू किन गइरहेका छैनन्, यो प्रश्नको उत्तर खोज्नु ढिलो भइसकेको छ । महिलाहरू मूख्य भूमिकामा रहेका नगण्य चलचित्रहरूमध्ये आधाउधि रुचाइएको पाइदैन भने कमै चलचित्रले मात्रै व्यवसायीक सफलता पाएको पाइन्छ । यस्तो किन भइरहेको छ ?  जसको सिधा जवाफ छ, ‘हामीलाई हिरोइज्म नै मनपर्छ ।’ या हामी मनोवैज्ञानिक रूपमा ती चलचित्रले भित्र-भित्रै पारिरहेको असरबारे अनभिज्ञ छौँ । पछिल्लो समय आएका केही फरक धारका चलचित्रको असफलता यस कुराको साक्षी हो ।

सम्बन्धित समाचार