बुधबार , बैसाख १९, २०८१

विश्वका घुम्नै पर्ने २३ गन्तव्यकाे सूचिमा ‘मुस्ताङ’

मुस्ताङको वर्णन गर्दै सीएनएनले भनेको छ ‘हिमालय र भारतबीचको व्यापारलाई सहज बनाउन प्राचीन कालदेखि नै ट्रेकिङ ट्रेलकाे रूपमा प्रयाेग हुँदै आएकाे मुस्ताङ  हिमाल पदयात्राका लागि प्रसिद्ध छ । नेपालको अचम्मको मुस्ताङ उपत्यका तिब्बतको द्वारमा रहेको छ ।’

image

अमेरिकी समाचारमाध्यम ‘केवल न्यूज नेटवर्क(सीएनएन) र चर्चित बेलायती ट्राभल म्यागेजिन ‘काेन्डे नास्ट ट्राभलर’ले सन् २०२३ मा घुम्नै पर्ने विश्वका २३ गन्तव्यहरूकाे सूचिमा नेपालकाे मुस्ताङलाई पनि समावेश गरेका छन् ।

सीएनएनले सार्वजनिक गरेको सूचीमा मुस्ताङको प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्त्वको संक्षिप्त वर्णन गर्दै संसारका २३ स्थानहरूमध्ये नेपालको मुस्ताङ पनि सन् २०२३ मा घुम्दै पर्ने पर्यटकीय स्थलको रूपमा रहेको जनाएका छन् ।

मुस्ताङको वर्णन गर्दै सीएनएनले भनेको छ ‘हिमालय र भारतबीचको व्यापारलाई सहज बनाउन प्राचीन कालदेखि नै ट्रेकिङ ट्रेलकाे रूपमा प्रयाेग हुँदै आएकाे मुस्ताङ  हिमाल पदयात्राका लागि प्रसिद्ध छ । नेपालको अचम्मको मुस्ताङ उपत्यका तिब्बतको द्वारमा रहेको छ ।’

मुस्ताङ पदयात्राका लागि त प्रख्यात छ नै । यहाँ घुम्न आउने पर्यटकहरूले प्राचीन गाउँहरू र बौद्ध गुम्बाहरू ‘एक्सप्लोर’ गर्न सकिने सीएनएनले बताएको छ ।

मुस्ताङमा कालीगण्डकी नदी माथि रहेको मानव निर्मित गुफा २ हजार वर्ष पुराना बौद्ध मूर्तिकला र चित्रहरूले भरिएका छन् । मुस्ताङ आउँदै गर्दा यो पनि छुटाउन नहुने सीएनएनले बताएको छ ।

चाँडै खुल्न लागेको शिन्ता मणि मुस्ताङका कारण पनि आगामी महिनाहरूमा यो दुर्गम गन्तव्यबारे धेरै कुरा सुन्न पाइने आशा गरिएको छ । मुस्ताङ उपत्यका पुग्नु साहसिक अनि रोमाञ्चक कार्य हो । राजधानी काठमाडौंबाट पोखराको लागि २५ मिनेटको उडान र त्यसपछि अर्को २० मिनेटको उडानमा जोमसोमको यात्रा गरेर पनि यात्रीहरूले मुस्ताङ जान सक्नेछन् ।

बसमा यात्रा गर्न चाहने हो भने काठमाडौंबाट १२ घण्टाको यात्रामा मनोरम अनि सुन्दर दृश्यहरू हेर्दै गन्तव्यमा पुग्न सक्नेछन् ।

त्यसैगरी चर्चित बेलायती ट्राभल म्यागेजिन काेन्डे नास्ट ट्राभलरले पनि मुस्ताङलाइ सन् २०२३ मा घुम्नै पर्ने २३ गन्तव्यहरूकाे सूचिमा राखेकाे छ । उक्त म्यागेजिनले पनि प्राकृतिक सुन्दरताकाे मज्जा लिन, शान्त वातावरणमा हराउन मन चाहनेहरू लागि मुस्ताङ उत्कृष्ट गन्तव्य भएकाे उल्लेख गरेकाे छ । त्यसैगरी निर्माणाधिन एसियाकै भव्य हाेटेल शिन्ता मणिकाे बारेमा चर्चा गर्दै यस हाेटेकाे निर्माणापछि मुस्ताङ पुग्ने पर्यटककाे संख्या वृद्धि हुने दाबी समेत गरेकाे छ ।

घुम्नै पर्ने सूचीमा पोल्यान्ड, पश्चिम अस्ट्रेलिया, बेलायतको लिभरपुल, साउथ क्यारोलिनाको चार्लेस्टन, लिथुआनियाको भिलनियस, फिजी, ब्राजिलको मानाउस पनि परेको छ ।

सूचीमा रहेको अन्य घुम्नै पर्ने ठाउँमा ग्रिसको थेसालोनिकी, रुवान्डा, स्वीडेनको गोथेनबर्ग, युएईको रास अल–खाइमाह, लाओस, स्वीटजरल्यान्डको ग्रुयर्स, मिनेसोटाको मिनिआपोलिस, कोलम्बिया बोगाटा, तान्जानिया, इजिप्टको कायरो, जापानको नाओशिमा, बेलिज, मेक्सिकोको ओआसाका, क्यानडाको ओट्टावा, युगान्डा पनि सूचीमा परेको छ ।

सम्बन्धित समाचार