मंगलबार , भाद्र ३०, २०८३

नसिव तामाङले जिते ‘हिमालय रोडिज सिजन ४’ को उपाधि

image

काठमाडौं । नसिव तामाङले टेलिभिजन रियालिटी शो ‘हिमालय रोडिज सिजन ४ को उपाधि जितेका छन् । सोमबार राति प्रसारण भएको ग्राण्ड फिनालेमा अर्का फाइनलिस्ट रोशन श्रेष्ठलाई पछि पार्दै तामाङले हिमालय रोडिजको चौथो सिजनको उपाधि हात पारेका हुन् ।

उपाधिसँगै उनले नगद १० लाख रुपैयाँ, यामाहाको स्कुटर र ट्रफी प्राप्त गरेका छन् । प्रतिस्पर्धाका लागि लिइएको फाइनल टास्कलाई सबैभन्दा कम समयमा पूरा गरेपछि उनलाई विजेता घोषित गरिएको हो ।

तीन महिना अघिदेखि सुरु भएको हिमालय रोडिजको यो सिजनमा १८ जनाले प्रतिस्पर्धा गरेका थिए । यसपटकको संस्करणलाई सिजन अफ सर्भाइभल पनि भनिएको छ । निर्णायकमा रेमन श्रेष्ठ, अनुपविक्रम शाही, दीया मास्के, आशिष राना ‘लाउरे’ र पहिलो संस्करणका विजेता समन श्रेष्ठ थिए । हिमालय रोडिजको यो सिजनलाई सिमोस सुनुवारले निर्देशन गरेका हुन् ।

भारतीय कम्पनी भायकमबाट लाइसेन्स लिएर नेपालमा निर्माण भएको रोडिज हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको छ ।

Tags:

सम्बन्धित समाचार