मंगलबार , जेठ १६, २०८०

सरकारको नयाँ नीति तथा कार्यक्रमः पर्यटनबारे कस्ता नीति तथा कार्यक्रमहरू छन् ?

image

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८०/०८१ को  सरकारकाे नीति तथा कार्यक्रम सङ्घीय संसद्को संयुक्त बैठकमा शुक्रवार प्रस्तुत गरेका छन् ।

सरकारको नयाँ नीति तथा कार्यक्रममा पर्यटनबारे समेटिएका विषयवस्तु तथा कार्यक्रमहरूलाई तल बुँदागत ढङ्गले प्रस्तुत गरिएको छ: 

  • कपिलवस्तुको तिलौराकोट र जनकपुरधामको रामजानकी मन्दिरलाई विश्वसम्पदा सूचिमा समावेश गरिने छ ।
  • पुरातात्त्विक, ऐतिहासिक, सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका सबै प्रकारका अभिलेखहरूको आधुनिक प्रविधिबाट संरक्षण गरिने छ ।
  • गोरखा जिल्लाको उपयुक्त स्थानलाई नेपालका सम्पूर्ण जातजातिहरूको संस्कृति र पहिचान झल्कने गरी जीवन्त सङ्ग्रहालयको रूपमा विकास गर्न आवश्यक प्रक्रिया अगाडि बढाइने छ ।
  • धार्मिक तथा सांस्कृतिक स्थलहरूलाई सुन्दर र आकर्षक बनाइ हाम्रो सम्पदा, राम्रो सम्पदा कार्यक्रम सञ्चालनमा ल्याइने छ ।
  • पशुपति तथा लुम्बिनीलाई धार्मिक, आध्यात्मिक, एवम् सांस्कृतिक धरोहर तथा विशिष्टीकृत अध्ययन केन्द्रको रूपमा विकास, संरक्षण र संवर्द्धन गरिने छ ।
  • धार्मिक सांस्कृतिक परिपथको विकास गरी पर्यटन सञ्जाल विस्तार गरिने छ ।
  • राष्ट्रिय मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धनका साथै स्रष्टाहरूको वृत्तिविकास अनुसन्धानका निम्ति स्रष्टा वृत्ति अनुसन्धान वृत्ति जस्ता कार्यक्रम लागु गरिने छ ।
  • राष्ट्रिय संस्कृति नीति तर्जुमा गरिने छ ।
  • नेपाली सांस्कृतिक सम्पदाहरूको अध्ययन अनुसन्धान संरक्षण, संवर्द्धन एवम् पुस्तान्तरण गरी जीवन्तता दिइने छ ।
  • ऐतिहासिक, पुरातात्त्विक स्थलहरूको अन्वेषण उत्खनन र संरक्षण कार्यलाई निरन्तरता दिइने छ ।
  • पर्यटन ऐनमा समयानुकूल परिमार्जन गरिने छ ।
  • सूचिकृत पर्यटकीय गन्तव्यहरूको विश्वव्यापी प्रचार गरिने छ ।
  • अत्यावश्यक पूर्वाधारहरूको विकास, सुरक्षा प्रबन्ध र नयाँ पर्यटकीय गन्तव्यहरूको विस्तारमा जोड दिइने छ ।
  • सातै प्रदेशमा नयाँ पर्यटकीय गन्तव्यहरूको पहिचान र विकास गरिने छ ।
  • एक प्रदेश एक सांस्कृतिक ग्रामको अवधारणा अघि बढाइने छ ।
  • प्रकृति र संस्कृतिको सम्मिश्रणलाई आधार बनाइ विश्व पर्यटन बजारमा सबैका लागि सधैँका लागि आकर्षक गन्तव्यको रूपमा नेपालको ब्रान्डिङ गरिने छ ।
  • आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन अभियान सञ्चालन गरिने छ ।
  • नयाँ हिमाल आरोहणका लागि खुला गरिने छ । हिमाल आरोही तथा पदयात्रीहरूको सुरक्षा र आकस्मिक उद्धारका लागि भरपर्दो व्यवस्था गरिने छ ।
  • साहसिक पर्यटनका नयाँ विधाहरूको प्रवर्द्धन गर्नुका साथै चलचित्र पर्यटनको विकास र विस्तार गरिने छ ।
  • अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कनको लागि नेपालका प्रमुख आकर्षक स्थलहरूलाई प्रवर्द्धन गरिने छ ।
  • अन्तर्राष्ट्रिय स्तरमा चर्चित एवम् लोकप्रिय व्यक्तित्वलाई आमन्त्रण गरी पर्यटन क्षेत्रको प्रवर्द्धन गरिने छ ।
  • अन्तर्राष्ट्रिय स्तरमा नेपालको भूगोल, कला, साहित्य, भाषा, संस्कृति, पर्यटनको प्रवर्द्धन गर्न उत्कृष्ट योगदान पुर्‍याउने विदेशी नागरिकलाई निजी क्षेत्रसँगको सहकार्यमा सगरमाथा विशेष सम्मान प्रदान गरिने छ ।
  • सार्वजनिक निजी क्षेत्रको साझेदारीमा उपयुक्त प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिने छ ।
  • संवत् २०८० को दशकलाई नेपाल भ्रमण दशकको रूपमा र सन् २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा मनाइने छ ।
  • हवाई सेवालाई सुरक्षित र गुणस्तरीय बनाउन सुरक्षा सम्बन्धी मापदण्ड कडाइका साथ लागु गरिने छ ।
    आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थल एवम् टर्मिनल भवनको स्तरोन्नति गर्दै नियमित हवाइसेवा सञ्चालनमा जोड दिइने छ ।
  • नेपाल वायुसेवा निगमको पुनः संरचना गरिने छ ।
  • नयाँ मुलुकहरूसँग हवाइसेवा सम्झौता गरी नेपाली वायुसेवा कम्पनीहरूको अन्तर्राष्ट्रिय बजार विस्तार गरिने छ ।
    निर्माण सम्पन्न भएका अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा आन्तरिक विमानस्थलहरूलाई पूर्ण क्षमतामा उपयोगमा ल्याइने छ ।
  • निजगढ विमानस्थलको निर्माण कार्य अगाडि बढाइने छ ।
  • प्रादेशिक विमानस्थलको अध्ययन गरी निर्माण कार्य अघि बढाइने छ ।

सम्बन्धित समाचार