आइतबार , अषोज ४, २०८३

चिनियाँ नागरिक घुम्न मिल्ने गन्तव्य सूचीमा नेपाल पनि

image

काठमाडौं । चीनले नेपाललाई चिनिया पर्यटकका लागि भ्रमण गर्नुपर्ने टप २० गन्तव्यको सूचिमा राखेको छ। चीनले आफ्ना नागरिकको लागि खुल्ला गरेको दोस्रो चरणको गन्तव्य सूचीमा नेपाललाई पनि समावेश गरेको हो ।

यही मार्च १५ तारिखबाट लागू हुने गरी चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयको वेइपोमा दोश्रो चरणका लागि चिनियाँ पर्यटक बाहिरी मुलुकमा यात्रा गर्नसक्ने सूचना प्रकाशित गरेको हो । शुक्रबार बेइजिङस्थित नेपाली दूतावासले पनि सूचीमा नेपालसहित २० मुलुक समेटिएको पुष्टि गरेको छ।

मार्च १५ गतेदेखि खुला गरिएको उक्त सूचीमा नेपाल सहित ४० देश संलग्न रहेका छन् ।

यसअघि गत माघ दोश्रो सातातिर पहिलो चरणमा नेपाल समावेश थिएन । यसपछि पर्यटन सम्बद्ध नेपाली निकायहरूका तर्फबाट चीन समक्ष आग्रह गरिएको थियो ।

कोरोना महामारी फैलिएपछि चीनले सन् २०२० को जनवरीदेखि आफ्ना नागरिकलाई विदेश भ्रमण गर्न रोक लगाएको थियो ।

Tags:

सम्बन्धित समाचार