शुक्रबार , जेठ ८, २०८३

ओमिक्रोनका थप दुई नयाँ भेरियन्ट फेला

image

काठमाडौं । विश्वभर कोरोना महामारीको तेस्रो लहरको कारक बनेको ओमिक्रोन भेरियन्टका थप दुई वटा भेरियन्ट फेला परेका छन् । हालै ओमिक्रोनका बीए.४ र बीए.५ भेरियन्ट विभिन्न मुलुकमा फेला परेपछि त्यसले थप चिन्ता बढाएको छ।

दक्षिण अफ्रिकास्थित सेन्टर फर इमिडेमिक रेस्पोन्स एण्ड इनोभेसन (सेरी) का निर्देशक टुलियो डी ओलिभेइराका अनुसार यी दुई भेरियन्ट पनि अघिल्लो बीए।२ जस्तै तीव्र गतिमा फैलने खालको हो। उनले ट्वीटरमा यी उपभेरियन्टसँग जोडिएका केही तथ्यांक पनि सेयर गरेका छन्।

ओलिभेइराका अनुसार यी दुई उपभेरियन्ट दक्षिण अफ्रिका, बोत्स्वाना, बेल्जियम, जर्मनी, डेनमार्क र बेलायतमा फेला परेका छन्। उनले यी नयाँ उपभेरियन्टमा भएको स्पाइक प्रोटिनमध्ये एक डेल्टा, कप्पा र एप्सीलोन नामक भेरियन्ट्स पनि भेटिएको जनाएका छन्।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि यी दुई नयाँ भेरियन्टको निगरानी गर्न सुरु गरिएको जनाएको छ। ओमिक्रोनमा भएका थप म्युटेसनबारे थाहा पाउन थप अध्ययनको जरुरी रहेको र यसबाट मानव शरीरमा के प्रभाव परिरहेको छ भन्ने बुझ्न सकिने डब्लुएचओको भनाइ छ।

गत साता बेलायतको स्वास्थ्य सुरक्षा निकायले १० जनवरीदेखि ३० मार्चको बीच दक्षिण अफ्रिका, डेनमार्क, बोत्स्वाना, स्कटल्याण्ड र इंगल्याण्डमा बीए.४ पाइएको जनाएको थियो। बीए.५ भने दक्षिण अफ्रिकामा पाइएको हो।

बोत्स्वानाको स्वास्थ्यमन्त्रालयले बीए. ४ का चार बिरामी फेला परेको र सबै ३० देखि ५० वर्ष उमेरको बीचका रहेको जनाएको छ। सबैले खोपको पूर्णमात्रा लगाएको र हल्का लक्षण देखा परेको बताइएको छ।

कति खतरनाक छ बीए.४ र बीए.५ भेरियन्ट ?

ओलिभेइराका अनुसार यी उपभेरियन्टहरुको संक्रमण तीव्र रुपमा फैलने कुनै खतरा छैन। दक्षिण अफ्रिकामा अधिकांश मानिसले दोस्रो डोज खोप पनि लगाइसकेका छन्। जसका कारण मानिसहरुमा प्रतिरोधी क्षमता विकास पनि भइसकेको छ। यसैले संक्रमण दर कम रहेको र अस्पताल भर्ना हुने दर डेल्टा र ओमिक्रोन बीए.१ को तुलनामा कम रहेको उनले बताए।

https://twitter.com/Tuliodna/status/1513529930046648326

Tags:

सम्बन्धित समाचार