शुक्रबार , मंग्सिर २३, २०७९

पर्यटन क्षेत्रमा टेवा पुर्याउने उद्देश्यले अष्ट्रेलियामा नेपाल महोत्सव हुँदै

image

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएन) अष्ट्रेलियाले विभिन्न राज्यमा नेपाल महोत्सवको आयोजना गरिरहेको छ । मेलबर्न, डार्बिन ,तास्मानिया र ब्रीजबेनमा नेपाल  महोत्सव सम्पन्न गरेको एनआरएनले पर्थमा महोत्सवलाई भव्यताका साथ सम्पन्न गर्न  तयारी तीब्र पारेको हो ।

अष्ट्रेलियामा नेपालीको पछिल्लो पुस्तालाई नेपाली भाषा, संस्कृतिका बारेमा जानकारी गराउन र नेपालको पर्यटन क्षेत्रमा टेवा पुगोस् भन्ने उद्देश्यका साथ आगामी नोभेम्बर २६ मा पर्थमा नेपाल महोत्सव आयोजना गरिएको एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष एव वेस्टर्न अष्ट्रेलियाका संयोजक दिपक बस्नेतले जानकारी दिए। ।

कार्यक्रममा सहभागी हुन पर्थ राज्य सरकारका मन्त्रीदेखि संसद्, अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल, एनआरएन अष्ट्रेलियाका पदाधिकारी र स्थानीय संघ संस्थाका प्रमुख पर्थ पुग्नेछन् ।

‘२६ नोभेम्बर बिहान मुर्रे स्ट्रिट महलबाट सुरू हुने कलश यात्रा विलियम स्ट्रीट हुँदै हे स्ट्रीटबाट घुमेर ब्यारेक स्ट्रीट महल हुँदै पुनः मुर्रे स्ट्रिट फर्केर समापन हुनेछ। कलश यात्रा स्कटिङका लागि पर्थ स्टेटको प्रहरीसँग सहयोग मागेको छ’, संयोजक बस्नेतले भने ।

कलश यात्रा बौद्धनाथ र पशुपतिनाथ समितिले आयोजना गर्ने उनले जानकारी दिए। नेपाल महोत्सव पर्थको औपचारिक कार्यक्रम १२ बजेबाट फरेस्ट चेसमा सुरू हुने संयोजक बस्नेतले बताए ।

महोत्यवमा यस पटक  १० हजार भन्दा बढी नेपाली र विदेसीको सहभागिता रहने अनुमान गरिएको संयोजक बस्नेतको भनाइ छ ।

Tags:

सम्बन्धित समाचार