शनिबार , भाद्र २७, २०८३

अन्ततः प्रदर्शनमा आउने भयो ‘प्रेम गीत ३’

बहुप्रतिक्षित नेपाली चलचित्र ‘प्रेम गीत ३’ अन्ततः प्रदर्शनमा आउने भएको छ

image

काठमाडौं । बहुप्रतिक्षित नेपाली चलचित्र ‘प्रेम गीत ३’ अन्ततः प्रदर्शनमा आउने भएको छ । विभिन्न कारणले धेरै पटक आफ्नो प्रदर्शन मिति सारिसकेको चलचित्र यो वर्ष प्रदर्शनमा आउने भएको हो । चलचित्रका निर्देशक सन्तोष सेनले सामाजिक सञ्जालमार्फत चलचित्रको प्रदर्शन मितिबारे जानकारी दिएका हुन् । चलचित्र असोज ७ गतेबाट प्रदर्शनमा आउने बताइएको छ ।

अघिल्लो वर्ष फाल्गुन १३ गतेबाट प्रदर्शनमा आउने भनिएको चलचित्र कोरोनाका कारण पछि हटेको थियो । नेपालसँगै भारतमा पनि प्रदर्शन गर्न लागिएको चलचित्र कोरोनाका कारण अनिश्चितकालका सरेको थियो । अन्ततः दसैँको मौका छोपेर चलचित्र प्रदर्शनमा ल्याइने भएको छ ।

निर्देशक सन्तोष सनेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘समयसँगको धैर्यता, टिमको अजम्बरी कामप्रतिको मिहिनत । प्रतिफल हजुरहरूमाझ यो बडा दसैँमा पोख्ने निधो गरेका छौँ ।’

चलचित्रमा प्रदीप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत, अनुभव रेग्मी आदि कलाकारहरूको अभिनय रहेको छ। चलचित्र ‘प्रेम गीत ३’ सँग अर्को चलचित्र  ‘परदेशी २’, हलिउड चलचित्र ‘अवतार’  र ‘छक्कापञ्जा ४’ को भिडन्त हुनेछ । यी चलचित्रहरू केही दिनको फरकमा प्रदर्शनमा आउन लागेका हुन् ।

Tags:

सम्बन्धित समाचार