शुक्रबार , जेठ १५, २०८३

त्रिभुवन विमानस्थलका प्रमुख ठाकुर निलम्बित

ठाकुरले थाइ स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानूनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रव्य सामाग्री प्राप्त भएपछि निलम्बन गरेकाे हाे ।

image

काठमाडौं । त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन् । थाई स्माइल एयरलाइन्सका कर्मचारीसँग ठाकुरले कुरा गरेको एक अडियो बाहिरिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ठाकुरलाई निलम्बन गरेको हो ।

“नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरले थाइ स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानूनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रव्य सामाग्री प्राप्त भएको हुँदा सो विषयमा जाँचबुझ गर्ने सिलसिलामा निजलाई पदबाट निलम्बन गर्न माननीय मन्त्रीस्तरीय निर्णयानुसार नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई लेखी पठाइएको छ”, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “साथै उक्त विषयमा थप अनुसन्धान गर्न श्री अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनुरोध गरी पठाइने व्यहोरा जानकारीका लागि अनुरोध छ ।”

प्रमुख ठाकुर र थाइ स्माइलका प्रतिनिधिबीच भएकाे १० मिनेट लामाे अडियाे सार्वजनिक भएकाे छ ।

विज्ञप्ति:

सम्बन्धित समाचार