चलचित्रले स्त्रिलिंगी भ्रूण हत्याको विरोधमा आवाज उठाएको छ ।
काठमाडौं । बलिउड अभिनेता रणबिर सिंह अभिनीत चलचित्र ‘जयेशभाई जोरदार’ को ट्रेलर सार्वजनिक भएको छ । गुजरातको परिवेशमा आधारित चलचित्रले सामाजिक विषयवस्तु जोडदार तरिकाले देखाएको छ। चलचित्रले स्त्रिलिंगी भ्रूण हत्याको विरोधमा आवाज उठाएको छ । साथै समाजमा जनचेतना फैल्याउने प्रयास गरेको छ ।
रणबिर सिंह, बमन इरानी, रत्ना पाठक शाह, शालनी पाण्डे आदि कलाकारहरूको मुख्य भूमिका रहेको चलचित्रमा दिब्यांग ठक्करको लेखन तथा निर्देशन रहेको छ ।
यशराज फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र आउँदो मे १३ तारिखबाट प्रदर्शनमा आउनेछ।
भिडियो