सोमबार , भाद्र ८, २०८३

मङ्गलवारबाट छैटौँ शुक्लाफाँटा पर्यटन महोत्सव सुरु

image

काठमाडौं । मङ्गलवारबाट कञ्चनपुरमा छैटौँ शुक्लाफाँटा पर्यटन महोत्सव सुरु भएको छ । ‘आर्थिक समृद्धिको आधार, पर्यटन विकास र पूर्वाधार’ भन्ने मूल नाराका साथ सुरु भएको महोत्सवको उद्घाटन जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले गरेका हुन् ।

उद्घाटन गर्दै बोहराले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई पर्यटकीय गन्तव्य बनाउनुपर्ने कुरामा जोड दिए । आन्तरिक पर्यटन प्रवर्द्धनका कार्यक्रममा जिल्लाका सबै पालिकाले आ–आफ्नोतर्फबाट जोड दिनुपर्ने उनले सुझाए ।

१० दिनसम्म सञ्चालन हुने महोत्सवमा विविध कार्यक्रम राखिएको छ । महोत्सवको दोस्रो दिन कञ्चनपुरका पत्रकारलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण, तेस्रो दिन निकुञ्ज परिसरमा सरसफाइ, चौथो दिन पर्यटन प्रवर्द्धनसम्बन्धी छलफल र पाँचौँ दिन मैत्रीपूर्ण फुटबल हुनेछ । त्यसैगरी छैटौँ दिन चरा अवलोकन, सातौँ दिन संरक्षण र पर्यटनबारे माध्यमिक स्तरीय वक्तृत्वकला, आठौँ दिन हिरापुरमा अवलोकन, नवौँ दिन आन्तरिक पर्यटन प्रवर्द्धनसम्बन्धी छलफल र १०औँ दिन अन्य कार्यक्रम गरी सम्पन्न गरिने जनाइएको छ ।

सम्बन्धित समाचार