हिउँ चितुवाको पृष्ठभूमि तयार गर्न प्रयोग गरिएको पहाडका टुक्राहरू हेर्दा फोटो सम्पादन गरिएको पुष्टि हुने म्यागजिनको दाबी छ । आफूले पत्ता लाएका कुरा र आशंकाबारे थप पुष्टि गर्न पत्रिकले केही विज्ञको भनाइ पनि राखेको छ ।
एजेन्सी । नेपाल सहित विश्वभर सुप्रसिद्ध हुन् पुगेको नेपालको सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर नक्कली भएको दाबी गरिएको छ । तस्बीर अमेरिकी फोटोग्राफर कितिया पावलोव्स्कीले खिचेकी बताइएको थियो ।
‘अलपाइन इन्टरनेसनल म्यागाजिन’ले सो दाबी गरेको हो । हिमाली जीवन, प्रकृति र फोटोग्राफीका विज्ञहरूले चलाउँदै आइरहेका म्यागाजिनले ‘फ्याक्ट चेक‘ गरी यस्तो दाबी गरेको हो । म्यागजिनले फोटोमा सिनहरू जोडजाड गरिएको हिउँ चितुवालाई असम्भव स्थानमा देखाएको बताउँदै फोटोलाई फोटोसपको सहाराले सुन्दर बनाइएको तर्क पेश गरेको छ । पत्रिकाले पावलोव्स्कीलाई फोटोसफ विज्ञ पनि भनेको छ ।

‘द फेक स्नो लिओपार्ड फोटोमोन्ताज स्प्रेड एराउन् द वर्ल्ड’ शीर्षकमा हिजो प्रकाशित रिपोर्टअनुसार वास्तविकताभन्दा भिन्न र अनौठोजस्तो लागेपछि पत्रिकाले विश्लेषण गर्ने निर्णय गरेको थियो । खासगरी दुई फोटो हेरिएपछि यसलाई सम्पादन गरिएको निचोडमा आफूहरू पुगेको पत्रिकाको रिपोर्टमा उल्लेख छ ।
हिउँ चितुवाको पृष्ठभूमि तयार गर्न प्रयोग गरिएको पहाडका टुक्राहरू हेर्दा फोटो सम्पादन गरिएको पुष्टि हुने म्यागजिनको दाबी छ । आफूले पत्ता लाएका कुरा र आशंकाबारे थप पुष्टि गर्न पत्रिकले केही विज्ञको भनाइ पनि राखेको छ । हिउँ चितुवा विशेषज्ञ फोटोग्राफर भिन्सेन्ट मुनियरले हिउँ चितुवा हिमनदीमा नभेटिने जवाफ दिएका छन् ।

कितियाले आफ्नो ब्लगमा राखेका तीन तस्वीरलाई पत्रिकाले सूक्ष्म विश्लेषण गरेको छ । तीमध्ये ७ हजार १ सय ६१ मिटरमा खिचेको भनिएको फोटोको पृष्ठभूमि पनि सम्पादन गरिएको उल्लेख छ । हिउँ चितुवाहहरू ५५ सय मिटरभन्दा माथि नजाने विज्ञको भनाइका आधारमा पत्रिकाले तर्क गरेको छ । अर्को एक तस्वीरमा त्यतिमाथिको उचाइँमा परेवा उडेको देखाइएको र त्यसलाई अप्रत्याशित भनिएको छ ।
‘एउटा कुरा निश्चित छ, कितिया पावलोव्स्की दृश्यकला र फोटोसपमा विज्ञ छिन्’ म्यागजिनले उल्लेख गरेको छ ।