शुक्रबार , अषोज १४, २०७९

एक हजार वर्ष पुरानो कलाकृति भारतलाई फर्काउँदै बेलायत

भारत फिर्ता ल्याउन लागिएको कलाकृतिमा टीपू सुल्तानको एउटा तरबार पनि रहेको छ ।

image

एजेन्सी । भारतबाट चोरी गरेर लगिएको ऐतिहासिक महत्वको कलाकृति र मूर्तिहरु बेलायतले फिर्ता गर्ने भएको भन्नेबारेमा बीबीसी हिन्दीले एक समाचार लेखेको छ । ग्लास्गो संग्रहालयमा राखिएका मूर्तिहरु फिर्ता गर्ने विषयमा बेलायतस्थित भारतीय दूतावास र केलविनग्रोव आर्ट ग्यालेरी एन्ड म्यूजियमबिच सहमति भएको उसले बताएको छ ।

फिर्ता गरिने मूर्तिहरु भारतको कानपुर, कोलकता, ग्वालियर, बिहार र हैदरावादबाट ल्याइएका थिए । केही मूर्तिहरु एक हजार वर्ष पुरानो रहेको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

मूर्ति फिर्ता गर्ने सहमतिसँगै बेलायतबाट यसरी पहिलोपटक मूर्तिहरु भारत फिर्ता हुँदैछन् । अब बेलायतमा रहेका अन्य भारतीय मर्ति र कलाकृति फिर्ता ल्याउन प्रक्रिया पनि अघि बढ्ने बताइएको छ ।

बेलायतबाट फिर्ता हुन लागेका मूर्तिहरुमा ११ र १४ औं शताब्दीको ढुंगाले बनाइएको मूर्ति छन् । १९ औं शताब्दीमा ती मूर्तिहरु चोरी गरिएको थियो । भारत फिर्ता ल्याउन लागिएको कलाकृतिमा टीपू सुल्तानको एउटा तरबार पनि रहेको छ ।

Tags:

सम्बन्धित समाचार