बुधबार , जेठ १३, २०८३

२०औँ “हिमालयन ह्वाइट-वाटर च्यालेन्ज २०२२” त्रिशूली नदीमा सुरु

मङ्सिर १३ गते (नोभेम्बर २९) मा सम्पन्न हुने प्रतियोगितामा नेपाली तथा विदेशी नागरिकहरूकाे सहभागिता रहने (नारा)ले जनाएकाे छ ।

image

काठमाडौँ । २०औँ  ‘हिमालयन ह्वाइट वाटर च्यालेन्ज २०२२’ आज देखि त्रिशूली नदीमा हुँदै छ । नेपाल एसोशिएसन अफ र्याफ्टिङ एजेन्सीज् (नारा)ले प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगिताको प्रवर्द्धनमा नेपाल पर्यटन बोर्डले सहयोग गरेको छ ।

(नारा)ले साहसिक जल पर्यटनको प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ प्रत्येक वर्ष प्रतियोगिता आयोजना गर्दै आएको छ । मङ्सिर १३ गते (नोभेम्बर २९) मा सम्पन्न हुने प्रतियोगितामा नेपाली तथा विदेशी नागरिकहरूकाे सहभागिता रहने (नारा)ले जनाएकाे छ ।

प्रतियोगिता त्रिशूली नदीको फिस्लिङमा सुरु हुँदै छ । प्रतियोगितामा डाउन रिभर रेस, कायाक स्याललम, कायाक फ्रि स्टाइल, बोटर क्रस गरी मुख्य ४ इन्भेट हुनेछ । हरेक इभेन्टमा प्रथम हुनेलाई ३०,००० (तीस हजार रुपैयाँ), द्वितीय हुनेलाई २०,००० (बिस हजार रुपैयाँ) र तृतीय हुनेलाई १०,००० (दश हजार रुपैयाँ) बराबरको जलयात्रा सामग्री र प्रमाणपत्र तथा ट्रफि प्रदान गरिनेछ । कार्यक्रममा स्वदेशी तथा विदेशी देशका प्रतियोगीहरू समेत ३०० जना तथा आमन्त्रित पाहुनाहरू र अन्य सहभागी २०० जना गरी करिब ५०० जना सहभागी हुने जनाइएको छ । कार्यक्रममा २० भन्दा बढी देशका प्रतियोगीहरूको उपस्थिति हुने छ ।

यातायातको सहजता, भौगोलिक निकटता, खोलाको अवस्था तथा विभिन्न प्राविधिक कारणले यस वर्ष त्रिशूलीमा यस्तो प्रतियोगिता गर्न लागिएको अध्यक्ष अधिकारीले बताए ।

सन् २००२ बाट कायक र र्याफ्टिङ प्रतियोगिता गराउँदै आएको नाराले पछिल्लो समय विदेशी खेलाडीलाई समेत आमन्त्रणा गरेर प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

सम्बन्धित समाचार