बुधबार , कार्तिक १२, २०८३

दार्चुला हिमपहिरोमा कम्तीमा ८ जना पुरिएको आशङ्का

image

काठमाडाैं । दार्चुलामा मङ्गलबार गएकाे हिमपहिराेमा परि कम्तीमा ८ जना पुरिएकाे आशङ्का गरिएको छ । आज दिउँसो पौने ३ः०० बजे व्यास गाउँपालिका-१, बोलिनमा हिमपहिरो गएको हाे । यार्सागुम्बा खाेज्न गएकाहरू हिमपहिराेमा परेकाे अनुमान गरिएकाे छ ।

सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार यार्सागुम्बा खोज्न हिँडेका ८/९ जना स्थानीय त्रिपालमा बसिरहेको बेलामा हिमपहिरो गएको हो । हिमपहिरोमा पुरिएकाको खोजी गर्न सशस्त्र प्रहरी बलको टोली खटिएको छ ।

सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङरू दार्चुलाबाट डिएसपीको कमान्डमा ३० जनाको टोली घटनास्थलतर्फ गइरहेको डिएसपी थापाले बताए ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार नजिकैको चौकीबाट असईको कमान्डमा टोली खटिएको छ । यद्यपि हिँडेर नै उक्त स्थानमा पुग्न अन्दाजी ३ घण्‍‍टा लाग्ने उनले बताए । बेपत्ता भएकाहरू पनि पहिचान भइसकेको छैन ।

सम्बन्धित समाचार