आइतबार , कार्तिक १६, २०८३

१६ वर्षीया चिनियाँ युवतीले गरिन् सगरमाथाको सफल आरोहण

image

काठमाडाैं । १६ वर्षीया चिनियाँ युवती शुई चो युआनले विश्वकाे सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन् ।

युआनले यही जेठ १ गते सोमबार बिहान ५ बजेर ४२ मिनेटमा सगरमाथाको चुचुरोको दक्षिणी मोहडाबाट सफल आरोहण गरेकी हुन् । नेपाल बिग माउन्टेन ट्राभलले बुधवार काठमाडाैंमा पत्रकार सम्मेलन गरी साे जानकारी दिएकाे हाे ।

चिनियाँ युवती शुई चो युआनले सगरमाथाको आरोहणबारे आफ्नाे अनुभव सुनाइएकी थिइन् । आफ्ना बुबा शुई चियाङ लेईले सन् २००७ मा सगरमाथाको आरोहण गरेकाे र बुवाबाटै आफूले प्रेरणा पाएको उनले बताइन् ।

सम्बन्धित समाचार