सोमबार , भाद्र ८, २०८३

मनाङ एयर अपडेट: हेलिकोप्टर सोलुखुम्बुको लिखुपिकेमा दुर्घटनाग्रस्त अवस्थामा फेला

image

काठमाडौं । पाँच जना मेक्सिकनका नागरिक लिएर उडेको मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके- ५ लामाजुरामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

लिखुपिकेका उपाध्यक्ष ङवाङ ल्याहाक्पा शेर्पाका अनुसार हेलिकोप्टर लामाजुरामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।

उनका अनुसार त्यस ठाउँमा उनीहरूको टोली प्रस्थान गर्दै छ ।

बिहीबार बिहान सोलुखुम्बुबाट काठमाडौँका लागि उडेको उक्त हेलिकोप्टर करिब १०:१५ मिनेटपछि सम्पर्कविहीन भएको थियो ।

९-एनए-एमभी कलसाइन भएको हेलिकोप्टर पाइलट चेत गुरुङले उडाएका थिए ।

सम्बन्धित समाचार