काठमाडौं । जिल्ला समन्वय समिति काठमाडाैंकाे आयोजनामा बागमती नदिमा र्याफ्टिङ र्याली निकालिएको छ । बागमती नदीकाे संरक्षण र पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने अभिप्रायले र्याफ्टिङ र्याली आयोजना गरिएको हो ।
जिल्ला समन्वयन समिति, काठमाडौंको आयोजना तथा नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ सङ्घको प्राविधिक सहयोगमा काठमाडौंंको गोकर्णेश्वर नगरपालिकास्थित सुन्दरीजलबाट कीर्तिपुर नगरपालिकाको चोभारसम्म र्याफ्टिङ र्याली निकालिएको हो ।
प्रत्येक बोटमा एक गाइडसहित जनप्रतिनिधि र स्थानीयवासी सहभागी थिए, जसमा काठमाडौं महानगरपालिकासहित १० वटै पालिकाको प्रतिनिधित्व रहेको थियो ।

र्याफ्टिङ खेलको प्रवर्धन एवं बागमती नदीलाई स्वच्छ राख्नका लागि र्याफ्टिङ र्यालीको आयोजना गरेको आयोजकले जनाएको छ ।
बिहान गाेकर्णेश्वर नगरपालिकाको सुन्दरीजलबाट सुरु भएको र्याली साँझ चोभारमा पुगेर समापन गरिएको हो । करिब २५ किलोमिटर लामो र्याली गरेको हो ।
तस्बिरः नेपाल एशाेसिएसन अफ र्याफ्टिङ एजेन्सीज (नारा) का अध्यक्ष शिव अधिकारीकाे फेसबुकबाट ।