मंगलबार , अषोज ६, २०८३

नयाँ वर्षको दिन बन्दीपुरको होटलमा १ रुपैयाँमै रुम !

image

काठमाडाैं । बन्दिपुरमा नयाँ वर्ष (वैशाख १) को दिन होटलहरूका पहिलो पाहुनालाई एक रुपैयाँमै रुम दिइने भएको छ । नयाँ वर्षमा त्यहाँका होटलहरूले एक रुपैयाँमै रुम चेक इन गर्न दिने भएको हो ।

‘पहाड की रानी’ उपनामले परिचित बन्दिपुर पर्यटकहरूका लागि निकै नै लोकप्रिय गन्तव्य हो ।

त्यहाँ पुगेका पाहुनाहरूलाई नयाँ वर्षको दिन जुनसुकै होटलमा पहिले चेक इन गरेमा एक रुपैयाँमै रुम उपलब्ध गराइने बन्दिपुर पर्यटन विकास समितिका सचिव वसन्त पौडेल जानकारी दिए ।

अन्य पाहुनाहरूलाई पनि होटलहरूले विभिन्न किसिमका अफरहरू सार्वजनिक गरेको उनको भनाइ छ ।

सम्बन्धित समाचार