शुक्रबार , फागुण १८, २०८०

एनटीभीएको अध्यक्षमा बेदराज बास्तोलाको प्यानल नै हावी

image

पर्यटन सवारी सञ्चालकहरूको संस्था नेपाल टुरिजम भेकल एसोसियन (एनटीभीए)को अध्यक्ष पदमा बेदराज बास्तोलाको प्यानल हावी देखिएको छ ।

मंगलबार (भदौ १९ गते) हुने निर्वाचनमा सत्तारुढ दलको तर्फबाट उम्मेदवारी दिएका बास्तोलालाई एनटिभिएका पुर्व अध्यक्ष राम शरण कार्की , साङ्गे लामा, पुर्व प्रथम अध्यक्ष सुनिल श्रेष्ठ ,राजकुमार लामा र भिम गोले लगायतले समर्थन गरेका छन् । करीब एक सय जना सदस्य रहेको संस्थामा बास्कोटालाई दुईतिहाइ सदस्यको समर्थन रहेको छ । बास्तोला एनटीभएका वर्तमान बरिष्ठ उपाध्यक्ष समेत हुन् ।

प्यानलसहित उम्मेदवारी दर्ता गराएका बास्तोलाको समूहमा प्रथम उपाध्यक्षमा रमेश गौतम, द्वितीय उपाध्यक्षमा बिनोद तामाङ, महासचिबमा केदार कट्टेल, सचिबमा तेज लामा, कोषाध्यक्षमा रामकुमार बस्नेत रहेका छन् । त्यस्तै सदस्यमा नमराज अर्याल, राम आचार्य, टेक पुन मगर र नकुल तिमल्सिनाले उम्मेद्वार घोषणा गरेका छन् ।  आज हुने साधारणसभाले आगामी २ वर्षको लागि नयाँ नेतृत्व चयन समेत गर्नेछ । सङ्घको निर्देशिकामा अध्यक्ष पदमा दुई पटक भन्दा बढी बस्न नपाउने व्यवस्था छ ।

सम्बन्धित समाचार